खेलकुद

    Showing २३१-२४० of ५७५ items.
  • एनि प्रथम गछिया गोल्डकप–२०८२ : टाइब्रेकरमा झापालाई हराउँदै गाईघाट युनाइटेड उदयपुर सेमिफाइनलमा प्रवेश

    इटहरी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी ‘एनि प्रथम गछिया गोल्डकप–२०८२’ फुटबल प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न तेस्रो खेलमा जलथल फुटबल क्लब (झापा)लाइ हराउदै गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समय भित्र दुवै पक्षकाे १ ,१ गाेलकाे बराबरी भएपछि ट्राइबेकरमा धकेलिएकाे थियाे । पहिलाे हाफ अन्तरगत खेलको २८औँ मिनेटमा जलथलका जर्सी नं. २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।   त्यसको एक मिनेटमै गाईघाटका जर्सी नं. १३ विनोद राईले  गोल फर्काएपछि खेल बराबरीमा पुगेकाे थियाे ।  निर्धारित ९० मिनेटकाे खेलमा १–१

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • २७० पटक पढिएको
  • मंसिर १९ गतेदेखि १५ औँ प्याब्सन स्पोर्टस मिट हुने

    विराटनगरः मंसिर १९ गते शुक्रबारदेखि विराटनगरमा ‘१५ औँ प्याब्सन स्पोर्टस मिट’ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले प्याब्सन कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी स्पोर्टस मिटको बारेमा जानकारी गराएको हो ।प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार स्पोर्टस् मिटमा जिल्लामा रहेका प्याब्सन आबद्ध २३५ विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीले भाग लिनेछन् । फुटबल र क्रिकेटका खेल खेल्ने टिम धेरै भएको र लामो समय लाग्ने भएकाले प्रतियोगिताको उद्घाटन अगावै ती खेल भने शुरु भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।विद्यार्थीहरूको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • २५० पटक पढिएको
  • आयोजक पुग्यो गछिया गोल्डकपको अघिल्लो चरणमा

    गछियाः गछिया गोल्डकप फुटबल प्रतियोगितामा आयोजक गछिया युवा समाज विदेशी पाहुना टोलीलाई ० का विरुद्ध ७ गोल गरी अघिल्लो चरणमा प्रवेश गरेको छ । आयोजकले लिजेण्ड फुटबल क्लब पश्चिम बंगाल, भारतमाथि गोलको वर्षा गरेको हो ।रातो जर्सीमा मैदानमा उत्रिएको आयोजकका तर्फबाट जर्सी नम्बर ९ का प्रदीप बुढाथोकीले ह्याट्रिक गरे । खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद ५ हजार १०० रुपैयाँ प्राप्त गरे ।जर्सी नम्बर १७ का सन्तोष उरावले २ तथा जर्सी नम्बर ८ का सन्तोष खत्रीले २ गोल गरेका थिए । पाहुना टोलीले गोल गर्नका लागि पाएको दर्जन अवसरको उपयोग गर्न नसक्दा गोलरहित खेल खेल्दै घर फर्कनुपर्याे ।भोलिको खेल जलथल फुट

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २८७ पटक पढिएको
  • कुशलको छक्का प्रहारमा चियर लिडर घाइते, बयोधा अस्पतालमा भर्ना

    काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् ।घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ ।जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल  मल्लले छक्का हानेको बलले उनलाई लागेको थियो । उनी रगताम्मे भएकी थिइन् ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २९८ पटक पढिएको
  • माज र अनिलको अर्धशतकमा जनकपुरको पहिलो जित

    काठमाडौं । अनिल शाह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशक प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित हात पारेको छ ।माज सदाकत र अनिल शाहको अर्धशतकमा जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।पहिलो जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको छ । जनकपुरले यो जितबाट प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।उता चितवनको भने पाँच खेलमा यो तेस्रो हार हो । ५ खेलबाट ४ अंकसहित चितवन चौथो स्थानमा छ ।पाकिस्तानी युवा अलराउण्डर माजले

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २९५ पटक पढिएको
  • टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन

    काठमाडौंः आज नेपाल प्रिमियर लिग (एनपीएल)मा दुई खेल हुँदैछन् । अहिले पौने १२ बजे शुरु भएको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।चितवनले आजको खेलका लागि बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाललाई अघि सारेको छ । जनकपुरले पनि आजको खेलमा ललित राजवंशी र किशोर महतोको स्थानमा अनिल साह र सचिन भट्टलाई अघि सारेको छ । हालसम्म खेलेका सबै ४ खेलमा लगातार हार बेहोरेको साबिक विजेता जनकपुर आज पनि पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • १८५ पटक पढिएको
  • प्रथम गछिया गोल्डकप शुरु, उद्घाटन खेलमा बेलबारी फुटबल क्लबलाई पछि पार्दै सलहेश फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश

    गछियाः गछिया युवा समाजको आयोजनामा सुन्दरहरैंचा–७ स्थित गछिया खेलमैदानमा हिजोदेखि प्रथम गछिया गोल्डकप शुरु भएको छ । हिजो भएको उद्घाटन खेलमा बेलबारी फुटबल क्लबमाथि ० का विरुद्ध १ गोल गर्दै सलहेश फुटबल क्लब क्वाटर फाइनलमा पुगेको छ ।पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा सलहेशका जर्सी नम्बर ११ का रोमन भुजेलले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेल अवधिमा दुवै टिमले गोल गर्ने धेरै मौकाको उपयोग गर्न सकेनन् ।खेलको निर्णायक एक मात्र गोल गर्ने सलहेशका जर्सी नम्बर ११ का रोमन भुजेल म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार १०० रुपैयाँ प्राप्त गरे ।आजको खेल आयोजक गछिया युवा

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २७४ पटक पढिएको
  • चौथो जीतसँगै काठमाण्डु गोर्खाज प्ले अफको नजिक

    काठमाडौंः त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत हिजो भएको प्रतियोगितामा चौथो जीत निकालेसँगै काठमान्डु गोर्खाज प्ले अफको नजिक पुगेको छ ।६ खेल खेलेको काठमान्डुले ४ जीतसँगै ८ अङ्क जोडेको छ । विराटनगर किंग्ससँग समान अङ्क भए पनि रनरेटमा काठमान्डु अघि छ । पाँच खेलबाट १० अंक जोडेर सुदूरपश्चिम यसअघि नै प्लेअफ पुगिसकेको छ ।आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेसँगै काठमान्डु अङ्कतालिकामा दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको हो ।जेरार्ड एरासमस र जोन सिम्पसनले उत्कृष्ट ब्याटिङ गरेपछि कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभ

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २८९ पटक पढिएको
  • आजदेखि गछिया गोल्डकप, सम्पूर्ण तयारी पूरा

    गछियाः आजदेखि मंसिर २२ गतेसम्म गछिया युवा समाज मोरङको आयोजनामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप–२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।खेलमैदान सम्याउने, घाँस काट्ने, खेलमैदानको घेराबारा, प्याराफिट निर्माणलगायतका काम सम्पन्न भइसकेको आयोजक गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिनुभएको छ ।प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार र उपविजेता टिमले नगद १ लाख १ हजार रुपैयाँ पाउनेछन् । आज उद्घाटन खेल सहलेश फुटबल क्लब र बेलबारी फुटबल क्लबबीच हुने खेल संयोजक प्रह्लाद थोप्राले बताउनुभयो ।प्रतिय

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २४३ पटक पढिएको
  • सुदूरपश्चिम पुग्यो प्लेअफमा, दुई खेल खेल्न बाँकी हुँदै अन्तिम चारमा सुरक्षित

    इटहरी ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली सुदूरपश्चिम रोयल्स बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै साबिक उपविजेता सुदूर पश्चिम लिग चरणमा दुई खेल खेल्नु अगावै शीर्ष चारमा पुगेको हो ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गरेको हो ।सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।एक रनमै २ विकेट गुमाएको सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझ

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल