इटहरी । मोरङको सुन्दरहरैंचामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गाइघाट युनाइटेड फुटबल क्लबले सहलेश युवा क्लब सिराहालाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। सुन्दरहरैंचाको गछिया खेल मैदानमा भएको खेलको दोस्रो हाफको ३१ औँ मिनेटमा गाइघाटका सुनील खडकाले गरेको गोल नै खेलको निर्णायक गोल बनेकाे थियाे । खेलको पहिलो हाफमा दुवै टोलिले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा खेल ०–० को बराबरीमै रोकिएको थियो। निर्धारित समयभरि सहलेश युवा क्लबले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन। अन्ततः १–० को जितसहित गाइघाट युनाइटेड फाइनल यात्रा पक्का गर्
काठमाडौंः सिद्धार्थ नेपाल प्रिमियम लिगको दोस्रो सिजनका लिग चरणमा लगातार ६ खेलमा अपराजित रहँदै बाँकी खेलको नतिजा आउनुपूर्व नै सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने टिम बनेको छ ।साबिक उपविजेत सुदूर पश्चिमले क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा हिजो चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको हो । ६ खेल नै खेलेको चितवनको भने यो चौथो हार हो ।हिजो चितवन हारेपछि तेस्रो स्थानमा रहेको विराटनगर किंग्स पनि लिगको एक खेल अगावै प्लेअफमा पुगेको छ । अब विराटनगरलाई लुम्बिनी बाहेक अरु
इटहरी । सुन्दरहरैंचा गछिया युवा समाजद्वारा आयोजित एनि प्रथम गछिया गोल्डकप–२०८२को चौथो खेलमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरीले दमक फुटबल क्लबलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेल सुरूभएकाे पहिलो हाफको १३औँ मिनेटमा प्रवेश बस्नेतले पहिलो गोल गरे भने दोस्रो हाफको ३९औँ मिनेटमा योगेन्द्र कार्कीले थप गोल गर्दै जीत सुनिश्चित गरे। दमकले खेलकाे अवधिभर पाएकाे अवसरलाइ सदुपयाेग गर्न नसक्दा सुन्यमै चित्त बुझाउनुपरेकाे थियाे । खेलमा ‘म्यान अफ द म्याच’ बनेका योगेन्द्र कार्कीलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरियाे ।यससँगै सहलेश युवा क्लब सिराहा, गछिया युवा समाज, गाइघाट युन
इटहरी । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।जितसँगै काठमाडौँ गोर्खाज एनपीएल को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमाडौँले प्लेअफमा स्थान पक्का गरेको हो । साथै काठमाडौँले शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनाएको छ ।लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमाडौँले ५ जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । लिगको बाँकी खेलको नतिजापछि काठमाडौँ शीर्ष दुईमा रहने/नरहने पक्का हुनेछ ।उता ६ खेलमा चौथो हार ब्यहोरेको पोखराको ४ अंक मात्र छ र प्लेअफ सम्भावना कठिन बनेक
इटहरी । विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई कायम राखेको छ ।यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको थियो । लुम्बिनीले दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटको, तेस्रो खेलमा काठमाण्डूविरुद्ध २२ रनको र चौथो खेलमा सुदूरपश्चिमविरुद्ध सात विकेटको हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १४५ र
इटहरी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी ‘एनि प्रथम गछिया गोल्डकप–२०८२’ फुटबल प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न तेस्रो खेलमा जलथल फुटबल क्लब (झापा)लाइ हराउदै गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समय भित्र दुवै पक्षकाे १ ,१ गाेलकाे बराबरी भएपछि ट्राइबेकरमा धकेलिएकाे थियाे । पहिलाे हाफ अन्तरगत खेलको २८औँ मिनेटमा जलथलका जर्सी नं. २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको एक मिनेटमै गाईघाटका जर्सी नं. १३ विनोद राईले गोल फर्काएपछि खेल बराबरीमा पुगेकाे थियाे । निर्धारित ९० मिनेटकाे खेलमा १–१
विराटनगरः मंसिर १९ गते शुक्रबारदेखि विराटनगरमा ‘१५ औँ प्याब्सन स्पोर्टस मिट’ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले प्याब्सन कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी स्पोर्टस मिटको बारेमा जानकारी गराएको हो ।प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार स्पोर्टस् मिटमा जिल्लामा रहेका प्याब्सन आबद्ध २३५ विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीले भाग लिनेछन् । फुटबल र क्रिकेटका खेल खेल्ने टिम धेरै भएको र लामो समय लाग्ने भएकाले प्रतियोगिताको उद्घाटन अगावै ती खेल भने शुरु भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।विद्यार्थीहरूको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्
गछियाः गछिया गोल्डकप फुटबल प्रतियोगितामा आयोजक गछिया युवा समाज विदेशी पाहुना टोलीलाई ० का विरुद्ध ७ गोल गरी अघिल्लो चरणमा प्रवेश गरेको छ । आयोजकले लिजेण्ड फुटबल क्लब पश्चिम बंगाल, भारतमाथि गोलको वर्षा गरेको हो ।रातो जर्सीमा मैदानमा उत्रिएको आयोजकका तर्फबाट जर्सी नम्बर ९ का प्रदीप बुढाथोकीले ह्याट्रिक गरे । खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद ५ हजार १०० रुपैयाँ प्राप्त गरे ।जर्सी नम्बर १७ का सन्तोष उरावले २ तथा जर्सी नम्बर ८ का सन्तोष खत्रीले २ गोल गरेका थिए । पाहुना टोलीले गोल गर्नका लागि पाएको दर्जन अवसरको उपयोग गर्न नसक्दा गोलरहित खेल खेल्दै घर फर्कनुपर्याे ।भोलिको खेल जलथल फुट
काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् ।घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ ।जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले छक्का हानेको बलले उनलाई लागेको थियो । उनी रगताम्मे भएकी थिइन् ।
काठमाडौं । अनिल शाह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशक प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित हात पारेको छ ।माज सदाकत र अनिल शाहको अर्धशतकमा जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।पहिलो जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको छ । जनकपुरले यो जितबाट प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।उता चितवनको भने पाँच खेलमा यो तेस्रो हार हो । ५ खेलबाट ४ अंकसहित चितवन चौथो स्थानमा छ ।पाकिस्तानी युवा अलराउण्डर माजले