लेटाङः लेटाङ रन २०८२ अन्तर्गत खुला पुरुषतर्फको दौड प्रतियोगितामा अफ्रिकी महादेश केन्याका धावक जुलियस मुरियुकी वाहोमे विजेता बनेका छन् । उनले ३० मिनेट ५५ सेकेण्डमा निर्धारित १० किलोमिटर दूरी पूरा गरेका थिए ।खुला महिलातर्फ भने नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरीे निर्धारित १० किलोमिटर दूरी ३७ मिनेट ३२ सेकेण्डमा पूरा गरी पहिलो भएकी छिन् ।यस्तो छ पुरुष खुलातर्फको नतिजाःप्रथमः जुलियस मुरियुकी वाहोमे (केन्या) ३० मिनेट ५५ सेकेण्डदोस्रोः नागेश्वर अहिर (काठमाडौं) – समयः ३१ः०२ः००तेस्रोः हरि रिमाल (दमक) – समयः ३१ः०८ः००चौथोः बिक्रम लिम्बू (लेटाङ–३) – समयः ३१ः०९ः००पाँचौँः राजेन्द्र लिम्बू (इलाम) – समय
लेटाङः लेटाङ रन २०८२ अन्तर्गत हाम्रो लेटाङ विधाको पुरुष स्पर्धातर्फ विनोद राई र महिलातर्फ स्मृति राई पहिलो भएका छन् ।पुरुषतर्फ लेटाङ– ३ का विनोद राईले ३६ दशमलव २० सकेण्डमा निर्धारित १० किलोमिटर दूरी पूरा गरी पहिलो भएका हुन् । महिलातर्फ लेटाङ– ९ की स्मृति राई निर्धारित १० किलोमिटर दूरी ५१ मिनेट ४० सेकेण्डमा पूरा गरी पहिलो भएकी हुन् ।यस्तो छ हाम्रो लेटाङतर्फको नतिजापुरुषतर्फःप्रथमः विनोद राई, लेटाङ–३, (समयः ३६ः२०ः००)दोश्रोः प्रवीण बराइली लेटाङ–३, (समयः ३७ ः १०ः००)तेश्रोः अमिरहाङ राई लेटाङ–३, (समयः ३७ः२१ः००)चौथोः आशिष विश्वकर्मा लेटाङ–३, (समयः ३७ः३४ः००)पाँचौँः विभाग साहहाम्रो लेटाङ महिलातर्फ
लेटाङः लेटाङ रन २०८२ अन्तर्गत कक्षा ८ मुनिको प्रतिष्पर्धामा छात्रतर्फ रोहनकुमार माझी र छात्रातर्फ करुणा खोङले पहिलो स्थान हासिल गरेका छन् ।हिजो भएको दौडमा छात्रतर्फ धरानका रोहनकुमार माझीले निर्धारित ३ किलोमिटरको दूरी ९ मिनेट २२ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे ।छात्रातर्फ वराहक्षेत्रकी करुणा खोङले १२ मिनेट २ः४६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पहिलो भइन् ।छात्र र छात्रा दुवैतर्फ प्रथम हुनेले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ पुरस्कार पाएका छन् । विजेताहरुलाई लेटाङ नगरपालिकाका पूर्वनगर प्रमुख शंकर राईले पुरस्कार वितरण गर्नुभएको थियो ।यस्तो छ कक्षा ८ मुनिको दौडको
लेटाङः लेटाङ नगरपालिकामा हिजो आयोजित तेस्रो लेटाङ रन–२०८२ अन्तर्गत भेट्रान तर्फको १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ इटहरीका रेशम लिम्बू र महिलातर्फ धरानकी जमुना लिम्बू पहिलो भएका छन् ।रेशमले ३७ मिनेट ३७.४७ सेकेण्डमा र जमुनाले ५० मिनेट १ः६१ सेकेण्डमा दौड पूरा गरेका हुन् ।दुवै विधातर्फ पहिलो हुनेले नगद १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार पुरस्कार पाएका छन् । विजेताहरुलाई पूर्वमन्त्री डिबहादुर लिम्बू र पूर्वसांसद घनश्याम खतिवडाले पुरस्कार प्रदान गर्नुभएको थियो ।यस्तो रह्यो १० किलोमिटर दौडको नतिजाभेट्रान पुरुषतर्फ१. रेशम लिम्बू (इटहरी–९) – ३७ मिनेट ३७.४७ सेकेन्ड२. विजयकुमार राई (
गछियाः सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा यही माघ ६ गतेदेखि ८ गतेसम्म दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा आयोजना हुने आयोजकले जनाएको छ ।प्रतियोगिताबारे जानकारी हिजो आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक सिद्धार्थ युवा समाजका अध्यक्ष असिम राईले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार विभिन्न जिल्लाका १२ वटा पालिकाबाट महिला भलिबल टिमको सहभागिता सुनिश्चित भइसकेको छ । थप २ पालिका सहभागी हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।महिला खेलाडी उत्पादन तथा प्रवद्र्धन गर्न प्रतियोगित
एजेन्सी । रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले लगातार दोस्रोपटक स्पेनिस सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियाको जेद्दामा भएको फाइनलमा बार्सिलोनाले रियललाई ३–२ गोलअन्तरले हराएको हो। बार्साको जितमा राफिन्हाले २ तथा रोबर्टो लेवान्डोस्कीले एक गोल गरे।रियलका भिनिसियस जुनियर र गोन्जालो गार्सियाले समान एक गोल गरेपनि टोलीको हार टार्न सकेनन्। एल क्लासिको भिडन्तको पहिलो हाफ २–२ को बराबरीमा सकिएको खेलमा राफिन्हाले निर्णायक गोल गरे।पहिलो हाफको ३६ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा भिनिसियसको गोलमा रियल खेलमा फर्किएको थियो।
लेटाङः मोरङको लेटाङ नगरपालिकाले आयोजना गर्ने लेटाङ रनको तेस्रो संस्करणको प्रतियोगित माघ १ गते हुने भएको छ ।आयोजक लेटाङ रनका अनुसार तेस्रो संस्करणमा ८ सय धावकको सहभागिता हुने अनुमान गरिएको छ । लेटाङ रनका अध्यक्ष किरण राईले यस वर्षको लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने बताउनुभयो ।उहाँका अनुसार यस वर्ष ४ वटा विधामा महिला र पुरुषतर्फ गरि ८ वटा प्रतिस्पर्धा सञ्चालन गरिने भएको छ । सबैभन्दा ठूलो पुरस्कार राशीको खुला पुरुष तथा महिलातर्फको १० किलोमिटरको म्याराथन प्रतियोगिता सञ्चालन हुने भएको छ । जसमा देश विदेशका खेलाडीहरुले खुला रुपमा सहभागिता जनाउने पाउनेछ
इटहरी । मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माविमा कक्षा ७ मा अध्ययनरत युधिष्ठिर घिमिरेले कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।हालै भारतको सिक्किम, कालिम्पोङमा सम्पन्न कालिम्पोङ इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ अन्तर्गत पुम्से विधाको अण्डर १२ उमेर समूहमा प्रतिष्पर्धा गर्दै घिमिरेले स्वर्ण पदक जितेका हुन् ।यही पुस ५ र ६ गते भारतको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा सम्पन्न प्रतिष्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा स्वर्ण पदक जित्न सफल घिमिरेको यस उपलब्धिले विद्यालय, परिवार तथा समग्र जिल्लालाई गौरवान्वित ब
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा पुस १७ गतेदेखि १९ गतेसम्म ‘दोस्रो उपमेयर कप अन्तर–पालिका स्तरीय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ ।सिद्धार्थ युवा समाज क्लब सुन्दरहरैंचा ६ को आयोजना तथा सुन्दरहरैंचा नगरपालिका खेलकुद विकास समितिको मुख्य सहयोगमा सुन्दरहरैंचा–७ स्थित गछिया खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि पुस गतेसम्म टिम दर्ता गर्नुपर्ने जनाइएको छ ।सो प्रतियोगितामा पहिलो हुने टीमले ट्रफिसहित नगद १ लाख २५ हजार, दोस्रो हुनेले नगद ६२ हजार ५ सय र उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।
विराटचोकः नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । सो प्रतियोगितामा १० देशको सहभागिता रहने आयोजकले जनाएको छ ।सार्वजनिक खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एशिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन् ।जनावरी १४ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने सो प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, आयरल्याण्ड, अमेरिका तथा पपुवा न्यूगिनी छन् । प्रतियोगिताको खेल मूलपानी क्रिकेट