खेलकुद

    Showing १७१-१८० of ५७५ items.
  • इटहरीमा आजदेखि हिसान स्पोर्टस् मिट

    इटहरीः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव ‘हिसान स्पोर्टस् मिट’ आजदेखि शुरु हुने भएको छ ।इटहरीमा आयोजित पत्रकार सम्मेलनमा संघले १२ औँ संस्करणको स्पोट्र्स मिट माघ १५ देखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । सो स्पोट्र्स मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्टहरूमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।विगत तीन वर्षदेखि आयोजना हुँदै आएको ‘हिसान इटहरी रन’ यस पटक व्यवस्थापनका कारण स्थगित गरिएको कार्यक्रम संयोजक सुभाष लुइँटेलले जानकारी दिनुभयो ।स्पोर्टस्

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २०५ पटक पढिएको
  • आईसीसी महिला टी २० विश्वकप छनोटको सुपर सिक्स पुग्ने टोलीको लाग्यो टुङ्गो

    इटहरी ।  आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ ।सुपर सिक्समा समूह ‘ए’ बाट अमेरिका, बंगलादेश र आयरल्याण्ड पुगेका छन् ।समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।सुपर सिक्सबाट शीर्ष चार टिमले आगामी जुनमा इंग्ल्याण्डमा हुने महिला टी २० विश्वकपमा प्रतिष्पर्धा गर्नेछन् ।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २८३ पटक पढिएको
  • स्कटल्यान्डसँग पराजित भएपछि नेपालको विश्वकप आईसीसी महिला टी २० विश्वकप खेल्ने सपना अधुरो

    काठमाडौंः नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । आज भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना सकिएको हो ।१४१ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकिएको हो । कप्तान इन्दू बर्माले चोटका कारण बीचमै खेल छाडेकी थिइन् । सातौं ओभरको चौथो बलमा उनलाई चोट लागेको थियो ।नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाउँदा रुबिना क्षेत्रीले १० रन बनाइन् ।स्कटल्यान्डका लागि अब्ताहा मकसुदले ३ विकेट लिइन् । कप्तान क्याथरिन ब्राइस र क्याथरिन

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २४७ पटक पढिएको
  • स्कटल्यान्डले दियो नेपाललाई १४१ रनको लक्ष्य

    इटहरी ।  आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।जीतका लागि नेपालले बलियो लक्ष्य पाएको हो । पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९–६ को अवस्थामा पुर्याएको भए पनि स्कटल्यान्डले ब्याटिङमा पुनरागमन गर्याे  । नेपालले बलिङमा शानदार सुरुवात गरेको भए पनि फिनिसिङ राम्रो भएन ।स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।नेपालका

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २२२ पटक पढिएको
  • स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

    इटहरी । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपाली टोलीले उत्कृष्ट सुरुवात गरेको छ। नेपालकी मनीषा उपाध्यायले पहिलो ओभरमा नै ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सफलता दिलाएकी छिन्।ग्लोबल छनोटमा मनीषाले पहिलो खेल खेलिरहेकी हुन्। मनीषाले ओभरको दोस्रो बलमा ओपनर क्याथेरिन फ्रासर र चौथो बलमा डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्। नेपालले पहिलो ओभरमा २ विकेट लिएर ६ रन दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गरिरहेको छ।

    • प्रकाशित मितिः माघ १२, २०८२
    • १५० पटक पढिएको
  • आमचोकले जित्यो दाेस्राे सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताकाे उपाधी

    गछियाः भाेजपुरकाे आमचोक गाउँपालिकाले दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताका उपाधी उचालेको छ ।आयोजक सुन्दरहरैँचा नगरपालिका उपविजेता बनेको छ । माघ ६ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १२ वटा पालिकाका टिम सहभागी थिए । विजेता तथा उपविजेता टिमलाई नगरप्रमुख केदारप्रसाद गुरागाईं, कार्यक्रमका अध्यक्ष उपप्रमुख अकली चौधरी, खेलकुद विकास समिति सदस्य–सचिव खड्ग श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड  र मेडल सहित १ लाख ३३ हजार ३३३ रुपैयाँ र द्वितीय हुने टिमले ६६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेक

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २५७ पटक पढिएको
  • साजीलाल मावि लगातार चार पटक विजेता बन्यो सुन्दरहरैँचा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको

    विराटचोकः साजीलाल मावि सुन्दरहरैंचास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्डको लगातार चार पटकको विजेता हुन सफल भएको छ । हिजो सुकुना माविको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा साजीलाल २१ स्वर्ण, १६ रजत र १३ कास्य पदकसहित पहिलो भएको हो ।त्यसैगरी १३ स्वर्ण, २६ रजत र १४ कास्य पदकसहित सुकुना माध्यमिक विद्यालय दोस्रो तथा ९ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित पूर्वाञ्चल एकेडेमी तेस्रो भएका छन् । विजेता विद्यालयलाई नगरप्रमुख केदारप्रसाद गुरागाईंले शिल्ड ट्रफी मेडल प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।यस्तो रह्यो नतिजासबै खेलहरू सम्पन्न हुँदा अन्तिम परिणाम यस्तो आएको प्रतियोगिता आयोजक सुकुना माविले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ७, २०८२
    • १६५ पटक पढिएको
  • राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिनसम्मको पदक तालिकामा साजीलाल अघि

    विराटचोकः मोरङको सुन्दरहरैंचामा जारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिनसम्मको पदक तालिकामा साजीलाल मावि अगाडि आएको छ । सुकुना मावि साजीलाललाई पछ्याउँदैछ । पहिलो दिनको पदक तालिकामा सुकुना अगाडि थियो ।सुकुना माविको आयोजना तथा महेन्द्र माविको सहआयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिनसम्ममा आइपुग्दा ९ विद्यालयले पदक जितेका छन् । पहिलो दिन ७ विद्यालयले पदक जितेका थिए । दोस्रो दिन श्रीखण्ड मावि र जनता मावि पचामले पदक जितेपछि पदक जित्ने विद्यालयको सङ्ख्या ९ पुगेको हो । प्रतियोगितामा २२ विद्यालय सहभागी छन् । प्रतियोगितामा १४६ स्वर्ण, १४६ रजत र १४६ कास्य पदक खेलाडीले जित्ने आयोजकले जना

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २५३ पटक पढिएको
  • सुन्दरहरैँचामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

    विराटचोकः शनिबारदेखि मोरङको सुन्दरहरैँचा नगरपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । सुकुना माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले र कार्यक्रमको अध्यक्षता सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँले गर्नुभएको थियो ।प्रतियोगिताअन्तर्गत पहिलो दिन सुकुना माध्यमिक विद्यालयले ५ स्वर्ण, ८ रजत र ३ कास्य पदक जितेर पहिलो स्थानमा रहेको छ । साजीलाल माध्यमिक विद्यालयले ५ स्वर्ण, ६ रजत र ३ कास्य, पूर्वाञ्चल एकेडेमीले ४ स्वर्ण, १ रजत र १ कास्य, सिद्धार्थ सेकेन्डरी स्कुलले १ स्वर्ण र १ कास्य

    • प्रकाशित मितिः माघ ४, २०८२
    • २६४ पटक पढिएको
  • लेटाङ रन २०८२ मा विदेशीसहित ७०० धावकको सहभागिता, केन्याका धावक पहिलो

    लेटाङः माघ १ गते लेटाङ नगरपालिकामा आयोजित तेस्रो संस्करणको लेटाङ रन–२०८२ मा स्वदेशी तथा विदेशी खेलाडीको उत्साहपूर्ण सहभागिता रह्यो । प्रतियोगितामा नेपाल, भारतका साथै केन्यासम्मका धावक सहभागी थिए ।खेलकुदमार्फत स्वास्थ्य सचेतना, जगाउँदै सामाजिक एकता र लागूऔषध दुव्र्यसनविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजना गरिएको दौड प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो ।प्रतियोगिता अन्तर्गत खुला पुरुषतर्फको १० किलोमिटर दौडमा अफ्रिकी मुलुक केन्याका धावक जुलियस मुरियुकी वाहोमेले ३० मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । दोस्रो

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २०४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल