खेलकुद

    Showing १६१-१७० of ५७५ items.
  • टी २० विश्वकपको समूह चरणमा नेपालको लक्ष्य सुपर ८ को

    इटहरी ।  नेपालले टी २० विश्वकपको दशौं संस्करणको छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेल आज खेल्दैछ । यसअघि सहभागी दुवै विश्वकपमा समूह चरण पार गर्न नसकेको नेपाली टोलीले यसपटक भने सुपर ८ सम्म पुग्ने लक्ष्य लिएर तयारी गरिरहेको छ ।नेपालको समूहमा यसअघि बंगलादेश रहेकोमा बंगलादेश हटेपछि स्कटल्यान्ड समावेश भएकाले नेपालका लागि केही सहज हुन सक्ने देखिन्छ । नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि अघिल्लोपटक विश्वकपमा खेलिसकेको हुँदा त्यसमा बटुलेको अनुभव र सिकेका कुरालाई प्रयोग गरेर यसपटक अघिल्लो चरणमा पुग्ने नेपालले लक्ष्य राखेको छ ।यसपटक समूह चरण पार गरेर सुपर ८ मा पुग्न सफल भएमा आगामी विश्व

    • प्रकाशित मितिः माघ २५, २०८२
    • १७९ पटक पढिएको
  • नेपालले टी २० विश्वकपको दशौं संस्करणको पहिलो खेल आज खेल्दै

    इटहरी ।  नेपाली क्रिकेट टोलीले हिजोदेखि शुरु भएको दशौं संस्करणको टी २० विश्वकपमा आफ्नो पहिलो खेल आज खेल्दै छ ।दुई पटकको विश्वविजेता टोली इंग्ल्यान्डसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले २९ माघमा दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ भने २ फागुनमा पूर्वविजेता वेस्ट इन्डिज र ४ फागुनमा स्कटल्यान्डसँग खेल्नेछ ।प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २८५ पटक पढिएको
  • यी हुन् टी–२० विश्वकप २०२६ खेल्ने नेपाली टोलीका १५ खेलाडी, ५ खेलाडी पहिलो पटक विश्वकप खेल्दै

    इटहरी ।  दशौं संस्करणको आइसिसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकमा हिजो शुरु भएको छ ।यो प्रतियोगितामा नेपाल तेस्रो पटक सहभागी भएको छ । समूह ‘सी’ मा रहेको नेपालले विश्वविजेताद्वय इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।नेपालले समूहका आफ्ना चारै खेल मुम्बईस्थित वाङखेडे रंगशालामा खेल्नेछ ।५ जना खेलाडी पहिलो पटक खेल्दैविश्वकप खेल्ने नेपालको १५ सदस्यीय टोलीमा शेर मल्लसहित ५ जना खेलाडी डेब्यु गर्न बाँकी खेलाडी हुन् । सोमपाल कामीले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछन् भने ९ खेलाडीले दोस्रो पटक विश्वकप खेल्न लागेका छन् । आरिफ शेख, बसिर अहमद, नन्दन यादव,

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २६५ पटक पढिएको
  • टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

    इटहरी डेस्क । नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्डसलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो। नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो। पाकिस्तानको जितमा ओपनर साहिवजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए। फहिम असरफ २९ रनमा अविजित रहे। सैम अयुब २४, बाबर अजाम १५ र कप्तान सलमान आगा १२ रनमा पेभेलियन फर्के। नेदरल्यान्ड्सका लागि आर्यन दुत र पाउल

    • प्रकाशित मितिः माघ २४, २०८२
    • १६६ पटक पढिएको
  • झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु

    झापा । झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।डोमालाल राजवंशी रङ्गशालामा आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । झापा गोल्ड कपका अध्यक्ष केदार गिरीले पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको र यसमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका क्लब सहभागी हुने जानकारी दिए।प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबका साथै भारत, भुटान र मलेसियाका क्लब सहभागी हुने छन् । प्रतियोगिताको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडील

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २२४ पटक पढिएको
  • टी–२० विश्वकप आजदेखि सुरु, भारत र अमेरिकाको पहिलो खेल

    इटहरी । आइसिसी टी–२० विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारत र श्रीलंका आयोजक रहने विश्वकपको पहिलो खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुँदैछ। शनिबार बेलुकी नेपाली समयअनुसार सवा ७ बजे आयोजक राष्ट्र भारत र अमेरिका उद्घाटन खेलमा भिड्दैछन्। उद्घाटन खेलअघि वानखेडे स्टेडियममा भव्य उद्घाटन समारोह हुँदैछन्।नेपाली समय अनुसार साँझ ६ः१५ बजे (भारतीय समय ६ बजे) देखि सुरु हुने यो समारोहमा संगीत र नृत्यको विशेष प्रस्तुति रहनेछ। त्यसपछि विश्वकपको ट्रफीलाई मैदानमा भित्र्याइनेछ।समारोहको सुरुवात ऋषभ शर्मा र शिवमणिको सांगीतिक प्रस्तुतिबाट हुनेछ। त्यसपछि सबैलाई अचम्मित पार्दै एक जेटप्याकु कलाकारले विश्वकप

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २४९ पटक पढिएको
  • प्रथम सुन्दरहरैंचा सिर्जनशील रनमा ५०० बढी धावक सहभागी

    गछियाः ‘एकताका लागि दौड’ भन्ने नाराका साथ खेलकुदमार्फत् सामाजिक एकता र स्वास्थ्यप्रति सन्देश दिने उद्देश्यले सिर्जनशील क्लबको आयोजनामा भएको सुन्दरहरैंचा सिर्जनशील रनमा ५०० जनाभन्दा बढी धावकले सहभागिता जनाएका छन् ।प्रतियोगिताको खुला १० किलोमिटर दौडमा महिलातर्फ दीपा बस्नेत, यदिका देवान र रुदिना महतारा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । पुरुषतर्फ प्रथम केन्याका जुलियाफ पहिलो भए । त्यस्तै, रमेश लिम्बू र तेन्जिन शेर्पा क्रमशः दोस्रो र तेस्रो भए । महिला र पुरुष दुवै तर्फका पहिलो, दोस्रो र तेस्रो हुने धावकले क्रमशः १७ हजार, ९ हजार र ५ हजार ५ सय रुपैयाँका साथमा मेडल प्राप्त गरे ।५ किलोमिटर भेक्ट्

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २०२ पटक पढिएको
  • टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

    इटहरी । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ ।यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो । श्रीलंका ‘ए’ सँग ३ खेल खेल्दा १ खेल मात्र जितेको नेपालले एमसीएलाई दुवै खेलमा हराएको थियो ।नेपालले यसपछि अर्को वार्म अप खेलमा क्यानडासँग बिहीबार खेल्नेछ । टी २० विश्वकप फेब्रुअरी ७ ९माघ २४० देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २४८ पटक पढिएको
  • नयाँ दिल्लीमा सुटिङ बल विश्वकप सुरु: नेपाली टोलीबाट फेरि इतिहास दोहोरिने संकेत

    दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित जे.एल.एन. स्टेडियममा दोस्रो सुटिङ बल विश्वकप प्रतियोगिता सुरु भएको छ। माघ १८ देखी २१ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको छ। विश्वकपमा भारत, क्यानडा, नेपाल, श्रीलंका, सुडान, म्यानमार, न्यूजिल्याण्ड लगायतका देशहरूको सहभागिता रहेको छ।यसअघि सम्पन्न पहिलो सुटिङ बल विश्वकपमा नेपाली टिमले ऐतिहासिक सफलता हासिल गरेको थियो। पहिलो विश्वकपमा नेपाली महिला टोली उपविजेता (दोस्रो स्थान) बन्न सफल भएको थियो भने पुरुष टोली तेस्रो स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको सुटिङ बल खेलको पहिचान स्थापित गरेको थिय

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २७५ पटक पढिएको
  • बिहीबार नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम वृद्धि

    इटहरी ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार १७.५३ अङ्कले घटेर २ हजार ७१४.०५ अडिएको छ ।नेप्सेमा सूचीकृतमध्ये ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर १ लाख ३८ हजार ८८३ पटक किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजा ८६५ रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये जलविद्युत, लगानी र सामुहिक लगानी कोषबाहेकका सबै समूह राताम्य भए । यी समूहहरु क्रमशः ०.३८, ०.०५ र ०.३६ प्रतिशतले विकास बैंक समूह सर्वाधिक २.२२ प्रतिशतले घटेको छ ।कारोबार बढेको बिहीबारको बजारमा ङादी ग्रुप पावरको सर्वाध

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २६८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल