खेलकुद

    Showing १४१-१५० of ५७५ items.
  • विराट भेट्रान गोल्डकपको उद्घाटन खेलमा मिल्स भेट्रान विजयी

    विराटचोकः हिजोदेखि मोरङको सुन्दरहरैँचा नगरपालिकामा शुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर विजयी भएको छ ।खेलको पहिलो हाफमा भरौल भेट्रान सुनसरीसँग १–१ गोलको बराबरी खेल खेलेको मिल्स भेट्रान्सले दोस्रो हाफमा थप ३ गोल गरेको हो । मिल्स भेट्रान विराटनगरले भरौल भेट्रान सुनसरीलाई ४–१ गोल अन्तरले पराजित गरेसँगै मिल्स भेट्रानका तेजमान लिम्बूले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेका थिए ।सुन्दरहरैंचा–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा सुन्दरहरैं

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १९७ पटक पढिएको
  • चैत २१ गतेदेखि सुन्दरहरैँचामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप हुने

    विराटचोकः यही चैत २१ गतेदेखि मोरङको सुन्दरहरैँचा १२ मा रहेको विराट भेट्रान क्लबको आयोजनामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप सञ्चालन हुने भएको छ । चैत २८ गतेसम्म सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।आयोजक क्लबका अध्यक्ष राजन योञ्जनका अनुसार यस संस्करणको प्रतियोगितामा आयोजक विराट भेट्रान क्लब (सुन्दरहरैँचा) सहित काँकरभिट्टा भेट्रान (झापा), दुधे भेट्रान (झापा), हाम्रो धरान भेट्रान (सुनसरी), भरौल भेट्रान (सुनसरी), दार्जिलिङ भेट्रान (भारत), पथरी भेट्रान (मोरङ) र मिल्स भेट्रान (मोरङ) गरी ८ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।प्रतियोगि

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १५६ पटक पढिएको
  • २४ घण्टामा झण्डै डेढ करोड रकम उठेपछि साम्बाले भनिन्, ‘सहयोग रोक्नुहोस्, सानो भयो ‘धन्यवाद’ शब्द

    इटहरी ।  आफ्नो उपचारका लागि रकम अभाव भएको तथा सरकार र एन्फाले पनि सहयोग नगरेको भन्दै नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले सहयोगको अपिल गरेको २४ घण्टामा झण्डै डेढ करोड रुपैयाँ सङ्कलन भएको छ ।नसोचेको रकम प्राप्त भएपछि आफ्नो उपचारका लागि रकम पर्याप्त पुग्ने भन्दै साम्बाले आर्थिक सहयोग रोक्न अपिल गरेकी छिन् । नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको उनले जनाएकी छिन् ।आफ्नो उपचार अब सफल हुने र चाँडै मैदानमा फर्किने आशा पलाएको भन्दै साम्बाले खुशी व्यक्त गरेकी छिन् ।यस्तो छ सा

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३५८ पटक पढिएको
  • फागुन १६ गते एनवाइइ गल्फ टुर्नामेन्ट हुने

    धरानः नेपाल युवा उद्यमी मञ्च (एनवाइइ) सुनसरी च्याप्टरले फेब्रुअरी २८ अर्थात् फागुन १६ गते धरान गल्फ क्लब धरानमा एनवाइईएफ गल्फ टुर्नामेन्ट आयोजना गर्ने भएको छ ।राष्ट्रियस्तरको सो प्रतियोगितामा नेपालका विभिन्न शहरहरूबाट आउने उत्कृष्ट गल्फ खेलाडीहरूका साथै भारतबाट समेत सहभागी खेलाडीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।सो प्रतियोगिताले खेलभावना, सौहार्दता तथा व्यावसायिक नेटवर्किङलाई एकै मञ्चमा जोड्दै खेलकुद र उद्यमशीलताको समन्वय गर्ने लक्ष्य लिएको छ । उद्यमी, व्यवसायी, पेशाकर्मी तथा गल्फप्रेमीहरूबीच सहकार्य र सम्बन्ध विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा कार्यक्रमलाई लिइएको बताइएको छ ।पूर्वी न

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३४५ पटक पढिएको
  • १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रतुवामाईस्तरीय प्रतियोगिता आज समापन हुने

    सौंठाः मोरङको रतुवामाईस्थित सौंठा माध्यमिक विद्यालयमा १७ औँ रतुवामाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार शुरु भएको छ । प्रतियोगिता आज समापन हुँदैछ ।प्रतियोगिताको रतुवामाई नगरपालिकाका मेयर एवम् प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नागेश्वरप्रसाद सिंहले उद्घाटन गर्दै आगामी दिनमा नगरपालिकाबाट प्रतियोगिताका लागि थप बजेट विनियोजन गरिने बताउनुभयो । बालबालिकाको खेलप्रतिको लगाव र चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एउटा अवसर भएकाले सोही अनुसार नगरपालिकाले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित बनाउने मेयर सिंहकोे भनाइ थियो ।उपमेयर दमयन्ता चुडालले बालबालिकाले घरपछि

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ४१५ पटक पढिएको
  • गम्भीर चोटसँग जुध्दै सावित्रा भण्डारी ‘साम्बा’, उपचारका लागि सहयोग अपिल

    इटहरी ।  नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा चर्चित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला गम्भीर घुँडाको चोटका कारण मैदानबाहिर छिन् ।पछिल्ला सात हप्तादेखि उपचार प्रक्रियामा रहेकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो अवस्थाबारे जानकारी दिँदै उपचारका लागि सहयोगको अपिल गरेकी छिन् ।यसअघि घुँडाको एसीएलमा गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल दुवैमा पुनः गम्भीर चोट लागेको हुनाले चिकित्सकले जटिल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् ।अघिल्लो पटक एन्फाको पहलमा उपचार व्यवस्थापन सहज भएको स्मरण गर्दै उनले यसपटक भने अपेक्षित सहयोग नपाएको भण्डारीको भनाइ छ । भण्डारीका अनुसार क्लब

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ४१२ पटक पढिएको
  • १२ वर्षपछि विश्वकपमा जीत हासिल गर्दा अर्धशतक, छक्का, साझेदारी र विकेटमा बने यी कीर्तिमान

    इटहरी । हिजो आइसिसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि सान्त्वना जीत निकाल्दा नेपालका खेलाडीका नाममा केही कीर्तिमान बनेका छन् ।अर्धशतकः स्कटल्यान्ड दिएको १७१ रनको लक्ष्य पूरा गर्ने क्रममा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले नटआउट ५० रन जोडे । उनी नेपालका लागि विश्वकपमा सर्वाधिक (दुई) अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यस्तै उनी लगातार दुई अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने । यसअघि उनले वेस्ट इन्डिजविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए । त्यो अर्धशतक नेपालको विश्वकपमा १२ वर्षपछि (सुवास खकुरेल–२०१४ अफगानिस्तानविरूद्ध) को अर्धशतक थियो ।छक्काः ऐरी विश्वकपमा नेपालका ल

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ३१४ पटक पढिएको
  • १२ वर्षपछि विश्वकपमा नेपालको जीत दर्ता

    इटहरी ।  हिजो भएको खेलमा नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा सान्त्वना जीत हासिल गरेको छ । नेपालले मंगलबार सम्पन्न समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ७ विकेटको जीत निकालेको हो ।सन् २०१४ को विश्वकपमा विजयी भएको नेपालले विश्वकपमा १२ वर्षपछि जीत निकालेको हो । सन् २०१४ मा नेपालले हङकङ र अफगानिस्तलाई हराएको थियो । सन् २०२४ को विश्वकपमा भने नेपालले कुनै पनि खेल जितेको थिएन ।मुम्बईस्थित वनखेडे रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ३ विकेट गुमाउँदै पूरा गर्दा दीपेन्द्रसिंह ऐरीले २३ बलमा ४ चौका र ३ छक्काको मद्दतले अविजित ५० र

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २९१ पटक पढिएको
  • टी–२० विश्वकपमा नेपालको अन्तिम खेल आज स्कटल्याण्डसँग

    विराटचोकः आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्दै छ । यसअघिका तीन वटै खेल हारेको नेपालले आज जीत निकाले पनि छनोट भने हुनेछैन ।भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्डबीच खेल हुन लागेको हो । स्कटल्याण्ड पनि समूहबाट बाहिरिइसकेको हुनाले उसले निकाल्ने जीतको पनि खासै अर्थ हुनेछैन ।

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २४२ पटक पढिएको
  • २६ औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइजलाई

    धरानः २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाईज युनाईटेड काठमाडौंले जितेको छ । साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइट युनाइटेडले उपाधि हात पार्न सफल भएको हो । जीतसँगै विजेता प्लानिङ ब्वाईजले १० लाख नगद रकम सहित ट्रफी हात पारेको छ । प्लानिङ ब्वाईज पहिलो पटक बुढासुब्बा गोल्डकपमा सहभागी भएको थियो ।गत सालको उपविजेता चर्च ब्वाईज यस पटक पनि उपविजेता बन्दै पाँच लाख रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ । धरान–१६ स्थित रंगशालामा सम्पन्न फाईनल खेलमा प्लानिङ ब्वाईजका प्रताप सिंह राईले खेलको दोस्रो हाफको १८ औं मिनेटमा ग

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २५४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल