काठमाडौंः विश्वकप लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।नेपालका डा. इशान पाण्डेले ओडीआई डेब्यु गर्दैछन् । उनलाई करण केसीले डेब्यु क्याप दिएका थिए ।खेल टियु क्रिकेट मैदानमा जारी छ । आजको खेलमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी बेन्चमा रहेका छन् ।आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २५ खेलपछि आठमा जीत, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ ।अमेरिका २५ खेलबाट १८ मा जीत, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ ।स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जीत, आठमा हार र ६ वटा खेल अन
इटहरी । मोरङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा बेलबारीको कबिर मावि पहिलो भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, सुन्दरहरैंचा नगर कार्य समितिको आयोजनामा भएको दोस्रो खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचा दोस्रो, लक्ष्मी मावि बेलबारी तेस्रो भएका थिए । सुन्दरवाटिका एकेडेमीले सान्त्वना स्थान हासिल गरेको थियो ।सुन्दरवाटिका एकेडेमीको प्राङ्गणमा भएको प्रतियोगितामा जिल्लाका ६ वटा डोजाङका ८५ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा सुन्दरवाटिका एकेडेमीले प्राविधिक सहयोग गरेको थियो ।राष्ट्रिय तेक्वान्दो संघ नेपाल सुन्दरहरैंचा नगर कार्य समितिका
धनकुटाः हिजोदेखि श्री नं. २ बाहिनी अड्डाको आयोजनामा धनकुटाको हिलेमा ‘वाहिनीपति ट्रफी २०८३’ शुरु भएको छ ।सैनिकबीच सामुहिक भावना अभिवृद्धि, अनुशासन विकास तथा उत्कृष्ट खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । हिलेस्थित महेन्द्र सैनिक शिविरको मैदानमा शुरु भएको खेल वैशाख ३१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबड्डी, स्विमिङ र एथलेटिक्स गरी नौ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।सो प्रतियोगितामा धनकुटाको हिले स्थित श्री नं. २ बाहिनी अड्डा, सल्लेरीको भीम दल गण, सुनसरीस्थित भगवती दल र भीमकाली
काठमाडौंः आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ । आसिफ र आरिफ शेख दाजुभाइ ब्याटिङमा चम्किँदा नेपालले सो लक्ष्य दिन सफल भएको हो ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो । जसमा नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।आसिफले ९७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । ठूलो सट हान्ने चक्करमा ३५ औं ओभरको तेस्रो बलमा आसिफ बाउन्ड्री ल
काठमाडौंः स्व. रामहरि कृष्ण मानन्धर स्मृति तेस्रो राष्ट्रिय र्यापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस च्याम्पियनसिप बैशाख १६ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार बैशाख १८ गतेसम्म हुने प्रतियोगितामा र्यापिडतर्फ २ लाख र ब्लिट्ज खेलतर्फ १ लाख रुपैयाँ पुरस्कार राखिएको छ ।हालका नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसहित देशका उत्कृष्ट २ सय जना खेलाडीले प्रतियोगितामा भाग लिने जनाइएको छ ।प्रतियोगितामा खुला विधातर्फ र्यापिडमा क्रमशः ३५, २५ र १५ हजार तथा महिलातर्फ १०, ७ र ५ हजार पुरस्कार राखिएको छ । ब्लिट्ल खेलमा खुलातर्फ १५, १० र ८ हजार र
काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखी विदेश भ्रमणमा रोक लगाइएको छ ।अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको हुनाले सोही अनुसार कालोसूचीमा राखिएको छ ।सो पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो । त्यसपछि गृह मन्त्रालयबाट अध्यागमनमा पत्र पुगेपछि एन्फाका पदाधिकारीहरुको पासपोर्ट कालोसूचीमा राखिएको बताइएको छ ।पछिल्लो समय खेलकुद परिषद र एन्फाबीच विवाद छ । आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फामाथि खेलकुद परिषदले तीन महिना निलम्बन गरेको
इटहरीः १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ । हिजो राति इटहरी रंगशालामा भएको फाइनल खेलमा बुढासुब्बा गोल्डकपको विजेता प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि उचालेको हो ।खेलको ८७ औं मिनेटमा दोर्जे तामाङले गरेको गोल नै निर्णायक गोल भएको थियो । गोलकर्ता तामाङ फाइनल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पार्न सफल भए ।उपाधिसँगै गछिया युवा समाजले नगद १० लाख रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता प्लानिङ ब्वाइज युनाइटेडले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।व्यक्तिगत विधातर्फ पनि गछियाकै वर्चस्व द
विराटनगरः झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शहीद रंगशालामा आइतबार राति भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो ।उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँ पाएको छ । २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक प्रतियोगिता जितेको थियो । राजेश दाहाल र दिवस उराउले गरेको गोलले झापा विजयी भएको थियो । सम्राटका तर्फबाट सौरभ तामाङले सान्त्वना गोल फर्काएका थिए ।फाइनलको पहिलो हाफ गोलरहित बराबरी
सलकपुरः इन्द्रपुर क्रिकेट क्लबद्वारा आयोजित सुन्दरहरैंचा टी २० कप क्रिकेट प्रतियोगिताको उपाधि भुल्के वारियर्सले हात पारेको छ ।पाथीभरा टाइटन्सलाई ३३ रनले पराजित गर्दै भुल्के वारियर्सले उपाधि जितेसँगै शिल्डको साथमा नगद २० हजार प्राप्त गरेको छ ।फाइनल खेलको म्यान अफ दि म्याच भुल्के वारियर्सका उदय शाह घोषित भए ।प्रतियोगितामा बेस्ट ब्याटर भुल्के वारियर्सका ज्ञातव्य सुवेदी घोषित भए । बेस्ट बलर भुल्के वारियर्सकै युगान्त बाम्बुले राई घोषित भए ।प्रतियोगिताको उदीयमान खेलाडी विराट वारियर्सका रोहन श्रेष्ठ घोषित भए । प्लेयर अफ टुर्नामेन्ट पनि भुल्के वारियर्सका ज्ञातव्य सुवेदी नै घोषित भए ।
इटहरीः शनिबार राति इटहरी रंगशालामा सम्पन्न दोस्रो सेमीफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।शुक्रबार भएको पहिलो सेमीफाइनलमा गछिया युवा समाजले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई हराउँदै उपाधि भीडन्त तय गरिसकेको छ ।प्लानिङ ब्वाइजको जीतमा कप्तान फागुराम थारुले ४ गोल गरेका थिए । रोमन भुजेल र प्रतापसिंह राईले एक–एक गोल गरेका थिए ।खेलको चौथो मिनेटमै रोमन भुजेलले गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा कप्तान फागुराम थारुले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ३२ औँ मिनेटमा थारुले थप गोल गरेपछि प