इटहरी । भोलि जेठ १६ गतेदेखि सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा चौथो सुन्दरहरैंचा मेयर गोल्डकप हुने भएको छ ।सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेल मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा भोलि मोरङका बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच दिउँसो ३ बजे प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।आयोजक सुन्दरहरैंचा नगरपालिकाले जेठ १७ गते बेलका नगरपालिका उदयपुरसँग प्रतिष्पर्धा गर्ने भएको छ ।जेठ १८ गते दिउँसो ३ बजे मोरङको केराबारी गाउँपालिका र झापाको शिवसताक्षी नगरपालिकाबीच दिउँसो ३ बजे खेल हुने भएको छ ।जेठ १९ गते दिउँसो ३ बजे मोरङको लेटाङ नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालि
लेटाङः कोशी प्रदेशस्तरीय “छौखा साकेन्वा रनिङ शिल्ड महिला तथा पुरुष पालिका भलिबल प्रतियोगिता” मा ऐतिहासिक सफलता हासिल गर्दै महिलातर्फको उपाधि जित्न सफल लेटाङको महिला भलिबल टिमलाई लेटाङ नगरपालिकाले सम्मान गरेको छ ।प्रतियोगिताको फाइनलमा आयोजक आमचोकलाई पराजित गर्दै लेटाङले नगद २ लाख रुपैयाँ पुरस्कार जितेको हो ।विजेता टोलीलाई सोमबार आयोजित सम्मान कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख तथा खेलकुद विकास समिति संयोजक कृष्णकुमारी निरौलाले सम्मान गर्दै महिला खेलाडीहरूको उपलब्धि प्रशंसा गर्नुभयो । प्रतियोगिताको फाइनलमा व्यक्तिगत स्तरमा लीला लिम्बू उत्कृष्ट खेलाडी घोषित भइन् भने स्मृति राई उत्कृष्ट डिफेन्
काठमाडौंः संघर्षपूर्ण जीतसहित साफ महिला च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ ।हिजो जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा भुटानलाई १–० ले हराएसँगै समूह ‘ए’मा रहेको नेपालले ३ अंक जोड्दै सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।अब नेपालले समूह चरणको अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्नेछ ।
काठमाडौंः हिजो भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमीफाइनलमा प्रवेश गरेको छ ।समूह ए को पहिलो खेलमा भारतसँग पाँच सेटमा पुगेर पारजित भए पनि त्यसपछि लगातार कीर्गिस्तान र माल्दिभ्सलाई पराजित गरेपछि समूह ‘ए’बाट सेमीफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको हो ।नेपालले शनिबार कीर्गिस्तानलाई ३–० को सेटमा हराएको थियो । माल्दिभ्सलाई पनि ३–० कै सोझो सेटमा पराजित गरेसँगै नेपाल ७ अंकसहित सेमीफाइनलमा पुगेको हो ।दशरथ रंगशाला कभर्डहलमा भएको समूह ए को आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २५–१२, २५–९, २५–२० ले पराजित गरेको हो ।खेलमा नेपालकी कप्तान निरुता ठगुन्न
विराटचोकः यही जेठ १६ गतेदेखि चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२ हुने भएको छ ।सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेल मैदानमा आयोजना हुने भएको छ । प्रतियोगितामा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बेलका नगरपालिका, लेटाङ नगरपालिका, केराबारी गाउँपालिका, शिवसताक्षी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका तथा आयोजक सुन्दरहरैंचा नगरपालिका सहभागी हुने भएका छन् ।प्रतियोगिताको उद्घाटन खेल जेठ १६ गते दिउँसो ३ बजे धरान उपमहानगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच हुने भएको छ ।आयोजक सुन्दरहरैंचा नगरपालिका र बेलका नगरपालिकाबीच जेठ १७ गते प
काठमाडौंः राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार र सल्लाहकार राजु सिंहले एभीएम टिम टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको छ ।एभीएम टेबलटेनिस क्लबको आयोजनामा भएको प्रतियोगितामा आयोजक क्लबका सदस्यबीच प्रतिस्पर्धा भएको थियो ।सोही अवसरमा अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा यही जेठ १४ गतेदेखि शुरु हुने ४२ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने एभीएम क्लबका खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ पनि गरिएको थियो ।
काठमाडौंः काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे खेल्ने भएको छ ।नेपालले यसअघि दुई खेल खेल्दा एकमा जीत र एकमा हारको नतिजा निकाल्दै ४ अंकसहित समूहको दोस्रो स्थानमा छ । यसअघिका दुवै खेलमा पराजित माल्दिभ्स समूह चरणबाट बाहिरिइसकेको छ ।नेपाल प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो । तर दोस्रो खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएरपछि नेपालको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनेको हो । यो समूहमा भारत ५ अंकसहित शीर्ष स्थानमा छ । कीर्गिस्तान ३ अंकसहित तेस्
खोर्सानेः मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुना खेलमैदानमा हिजो भएको “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” को उपाधि सहलेश फुटबल क्लब, सिराहाले जितेको छ ।फाइनल खेलमा सहलेश फुटबल क्लबले धरान आरसी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।उपाधि विजेता सहलेश फुटबल क्लबले नगद २ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको धरान आरसी फुटबल क्लबले नगद १ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न विधा
इटहरी । हिजो काठमाडौंमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपाल ३–२ ले पराजित भएको हो ।जीतसँगै भारतले २ अङ्क हात पारेको छ । नेपालको भागमा १ अङ्क परेको छ । भारतले नेपाललाई २१–२५, २५–२०, २५–१९, २१–२५ र १५–९ ले पराजित गरेको हो ।नेपालको राष्ट्रिय टोलीमा एकै पटक पाँच खेलाडीले डेब्यु गरेका छन् । लिबेरो सुनिता खत्री, मिडल ब्लकर मीना सुनार, सेटर जस्मा महतो, सलिना बुढा मगर र वसन्ती साउदले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका हुन् ।कप्तान निरु
इटहरी । आज भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जीत हासिल गरेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटिएको थियो ।आफ्नो टिमका लागि अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए । त्यस्तै, शयान जहांगिर २७, शेहान जयसुरिया २६, कप्तान शैतेजा मुक्कामुल्ला २२, मिलिन्द कुमार १२, शुभम रन्जने २, शौरभ नेत्रभाल्कर १०, नेत्र केन्जिगेले २९ रन जोडेका थिए ।हर्मित सिंह र स्मित पटेल भने रनविहीन अवस्थामै आउट भए ।यता, बलिङमा नेपालका सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले