खेलकुद

    Showing १-१० of ६८५ items.
  • दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

    इटहरी ।  दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अनौपचारिक रूपमा सञ्चालन भइरहेका खेलको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ। सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ।बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी ४५ पदक जितेको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएन) १२ स्वर्णसहित दोस्रो स्थानमा छ। कोशी प्रदेशले चार स्वर्ण, एक रजत र एक कास्य गरी ६ पदक जितेको छ।पदकविहीन हुनुमा जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्नु मुख्य कारण रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले बताए।यसैबीच, पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको

    • प्रकाशित मितिः मंसिर १३, २०८३
    • ४३ पटक पढिएको
  • दशौँ राष्ट्रिय खेलकुदमा आज यी आठ खेलमा प्रतिस्पर्धा हुँदै

    सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार (मंसिर १३) पनि विभिन्न आठ खेलका प्रतिस्पर्धा हुने भएका छन् ।राष्ट्रिय खेलकुद परिषद्ले  सार्वजनिक गरेको खेल तालिकाअनुसार, महिला क्रिकेट, पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराँते र टेनिसका खेल हुनेछन् ।सुर्खेतमा सात खेलका प्रतिस्पर्धा हुनेछन् भने टेनिस प्रतियोगिता बर्दियामा हुनेछ । महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा र पुरुष क्रिकेट कालुन्चोक मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।त्यस्तै, पुरुष फुटबल सेनाको राजदल गणमा बिहान ९ बजेदेखि हुनेछ । महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा बिहान

    • प्रकाशित मितिः मंसिर १३, २०८३
    • २३ पटक पढिएको
  • यु–१५ फुटबलको दोस्रो दिन हरैँचा मोडेल र क्वेष्ट स्कुल विजयी

    शुक्रबारेः सुन्दरहरैँचाको शुक्रबारे युवा क्लबको आयोजनामा सञ्चालित तेस्रो वडा अध्यक्ष कप यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा हरैँचा मोडेल स्कुल र क्वेष्ट स्कुल विजयी भएका छन् ।हिजो दोस्रो दिन भएको पहिलो खेलमा हरैँचा मोडेल स्कुलले जनता माध्यमिक विद्यालय, पचामलाई ४–१ गोल अन्तरले पराजित गर्दै जीत निकालेको हो । हरैंचा मोडलले मध्यान्तरअघि नै तीन गोल लगाएको थियो । मध्यान्तरपछि उसले थप १ गोल गरेको थियो भने जनता माविले सान्त्वना गोल गरेको थियो ।दोस्रो खेलमा क्वेष्ट स्कुलले लभ्ली एन्जल्स स्कुल मृगौलियालाई १–० गोल अन्तरले पराजित गरेको छ । मध्यान्तरअघि कुनै गोल हुन नसके पनि मध्यान्तरपछि क्वे

    • प्रकाशित मितिः मंसिर १३, २०८३
    • २३ पटक पढिएको
  • सुन्दरहरैंचामा यु–१५ फुटबल शुरु उद्घाटन खेलमा महेन्द्र मावि विजयी

    शुक्रबारेः शुक्रबारदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा शुरु भएको तेस्रो वडाध्यक्ष कप यु–१५ अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा महेन्द्र माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ ।हिजो भएको उद्घाटन खेलमा महेन्द्र माविले सिद्धार्थ माध्यमिक विद्यालय, खोर्सानेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमै महेन्द्र माविका जर्सी नम्बर १० का जोसेफ तामाङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । मध्यान्तरपछि सिद्धार्थ माविका जर्सी नम्बर १० का निपेश तामाङले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । तर, खेल सकिन तीन मिनेट बाँकी रहँ

    • प्रकाशित मितिः मंसिर १२, २०८३
    • ५३ पटक पढिएको
  • पथरीका १४ वर्षीय कशिव कार्की बुद्धिचालको क्लासिकल विधामा उत्कृष्ट, राष्ट्रिय प्रतियोगिताका लागि छनोट

    पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का १४ वर्षीय कशिव कार्की बुद्धिचाल प्रतियोगिताको क्लासिकल विधामा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेशबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनुभएको छ ।मोरङ जिल्लाबाट छनोट हुँदै सुनसरीमा सम्पन्न कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा उहाँले क्लासिकल विधातर्फ दोस्रो स्थान हासिल गर्नुभएको हो । उक्त उपलब्धिसँगै कार्की कोशी प्रदेशको प्रतिनिधित्व गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनुहुने भएको छ ।कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचाल प्रतियोगिताका लागि उहाँ तयारीमा जुटिरहनुभएको छ । 

    • प्रकाशित मितिः मंसिर ११, २०८३
    • ४३ पटक पढिएको
  • सुन्दरहरैँचामा शुक्रबारदेखि तेस्रो वडाध्यक्ष कप अण्डर फिफ्टिन फुटबल प्रतियोगिता हुने

    इटहरी ।  शुक्रबारदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका १२ स्थित शुक्रबारे खेलमैदानमा तेस्रो वडाध्यक्ष कप यु–१५ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।शुक्रबारे फुटबल क्लबको आयोजनामा मंसिर ११ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सो प्रतियोगितालाई सुन्दरहरैँचा नगर खेलकुद विकास समिति र वडा नम्बर १२ ले प्रवद्र्धन गर्ने भएका छन् ।१८ वटा विद्यालयले भाग लिने सो प्रतियोगिता १५ वर्षमुनिका खेलाडीलाई लक्षित गरी आयोजना गर्न लागिएको खेल संयोजक टीकाप्रसाद सुवेदीले जानकारी दिनुभयो ।आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • ९५ पटक पढिएको
  • दशौं राष्ट्रिय खेलकुदमा आज पाँच खेलमा प्रतिस्पर्धा, औपचारिक उद्घाटन १६ गते

    सुर्खेतः दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न पाँच खेलका प्रतिस्पर्धा हुँदैछन् ।औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धात्मक खेलहरू मंसिर ८ गतेदेखि नै शुरु भएका हुन् । कर्णाली प्रदेशमा आयोजना भइरहेको प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीतर्फका खेलाडीहरूले आज प्रतिस्पर्धा गर्नेछन् ।पुरुष फुटबलतर्फ आज दुई खेल हुनेछन् । बिहान ९ बजे नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा भएको छ । दिउँसो साढे २ बजे कोशी प्रदेश र बागमती प्रद

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • ८२ पटक पढिएको
  • इटहरीका १२ वर्षीय विवश राईले १० किलोमिटर दौडमा सहभागी भएर जिते सुन्दरहरैंचावासीको मन

    गछियाः सुनसरीको इटहरी उपमहानगरपालिकाको तरहरा घर भएका १२ वर्षीय विवश राईले खुला १० किलोमिटर दौडमा भाग लिएर सुन्दरहरैंचावासीको मन जितेका छन् ।कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सुन्दरहरैंचाको आयोजनामा भएको १०.२ किलोमिटर खुला दौड प्रतियोगितामा भाग लिएका उनले पुरस्कार त जितेनन् तर सुन्दरहरैंचावासीको मन जिते । ९९ जना प्रतियोगी दौडिएको प्रतियोगितामा उनले १५ औँ स्थान हासिल गरेका थिए ।इटहरीको मुनराइज एकेडेमीमा कक्षा ७ मा अध्ययनरत राईले १०.२ किलोमिटर दौड ४४ मिनेटमा पूरा गरेका थिए । प्रतियोगितामा पहिलो हुनेयसअघि ५ किलोमिटर दौडमा मात्रै सहभागिता जनाएका उनले पहिलो पटक १० किलोमिटर दौडमा सहभागिता जनाएको बत

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • ५९ पटक पढिएको
  • कनकलक्ष्मी साकोसले गरेको खुला दौड प्रतियोगितामा लेटाङका विक्रम लिम्बू पहिलो

     गछियाः कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ स्थापना दिवसका अवसरमा आयोजित १०.२ किलोमिटर खुला दौड प्रतियोगितामा लेटाङका विक्रम लिम्बू पहिलो भएका छन् ।लेटाङ नगरपालिका वडा नम्बर ३ घर भएका लिम्बू लेटाङ रनका धावक हुन् । प्रतियोगितामा धरानका उमेश थापा दोस्रो र खोटाङका गजेन्द्र राई तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने धावक भारतीय सेना र नेपाली सेनामा कार्यरत रहेका छन् । ३१ मिनेटमा १० किलोमिटर दूरी पार गरेका उनीहरुबीच २० देखि २६ सेकेण्ड समयको मात्रै अन्तर छ ।प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने धावकलाई क्रमशः १८ हजार, १२ हजार र ६ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • ७९ पटक पढिएको
  • पाकिस्तान ‘ए’लाई नेपालले गर्यो १६८ रनमा अलआउट

    काठमाडौं : एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत नेपालविरुद्धको खेलमा पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट भएको छ ।कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा मंगलबार जारी खेलमा पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको हो ।अब नेपालले जितका लागि १६९ रनको लक्ष्य पछ्याउनेछ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८३
    • ६३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल