खेलकुद

    Showing १-१० of ५७५ items.
  • हातेमालोले गरेको चेस प्रतियोगितामा गंगा ढकाल पहिलो

    खोर्सानेः मोरङको सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हिजो भएको चेस प्रतियोगितामा गंगा ढकाल पहिलो हुनुभएको छ ।संस्थाको सभाहलमा भएको प्रतियोगितामा लक्ष्मीकुमार श्रेष्ठ दोस्रो र अशोक राई तेस्रो हुनुभएको छ । प्रतियोगितामा दियोग ढकालले ‘ब्लुमिङ प्लेयर’को उपाधि प्राप्त गरेको संस्थाका अध्यक्ष हेमराज सुवेदीले जानकारी दिनुभयो ।८ टिमको सहभागिता रहेको प्रतियोगिता नकआउट चरणमा सञ्चालन गरिएको थियो । प्रतियोगिताको आर्विटर विराट चेस क्लबका उपाध्यक्ष खगेन्द्र थापा रहनुभएको थियो ।सहकारी संस्थाले रजत जयन्तीको अवसरमा सात

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ६३ पटक पढिएको
  • अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन भारत गइन् सिद्धार्थ सेकेण्डरीकी विद्यार्थी वन्दना अधिकारी

    खोर्सानेः मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत वन्दना अधिकारी अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ ।भारतको कोलकातामा हुने प्रतियोगितामा सहभागी हुने अधिकारीलाई विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतलगायत विद्यालय परिवारले जीतको अग्रिम शुभकामना दिँदै सफल यात्राको कामना गर्नुभएको छ ।

    • प्रकाशित मितिः असोज १०, २०८३
    • १५७ पटक पढिएको
  • पीएलओले विराटनगर किङ्सलाई प्रायोजन गर्ने, भयो दुवै पक्षबीच हस्ताक्षर

    विराटचोकः पूर्वाञ्चल ल्युब आयल (पीएलओ) आगामी नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विराटनगर किङ्सलाई प्रायोजन गर्ने भएको छ । एनपीएलको तेस्रो सिजनका लागि पीएलओ र विराटनगर किङ्सबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।प्रायोजक पीएलओद्वारा सञ्चालित मोरङको सुन्दरहरैंचा–९ स्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा दुवै पक्षबीच सम्झौता भएको हो ।सम्झौतापत्रमा विराटनगर किङ्सका तर्फबाट स्वामित्वकर्तामध्येका सुयस प्याकुरेल र पीएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलालले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर समारोहमा विराटनगर किङ्सका खेलाडी प्रतिस जीसी र नारायण जोशीको पनि उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः असोज ७, २०८३
    • २१२ पटक पढिएको
  • कात्तिकमा कानेपोखरीमा ‘जिल्लास्तरीय प्रथम वडाध्यक्ष कप’ तेक्वान्दो प्रतियोगिता हुने

    कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा ‘जिल्लास्तरीय प्रथम वडाध्यक्ष कप’ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ ।आयोजक मोरङ सी.एच.आईटीएफ तेक्वान्दो संघले कानेपोखरीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आगामी कार्तिक १३ र १४ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।प्रतियोगितामा कोशी प्रदेशका मोरङ, पाँचथर र तेह्रथुमका खेलाडीहरूको सहभागिता रहने छ । प्रतियोगितामा ११० जना पुरुष र १०५ जना महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।१५ जना अफिसियल र ५ जना निर्णायक टोलीमा सहभागी हुनेछन् । सहभागी अफिसियल, निर्णायक र खेलाडीहरूका लागि खाना तथा बस्नक

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १२० पटक पढिएको
  • तरहरामा भएको आर्म रेस्लिङ प्रतियोगितामा मौसम लिम्बू बने विजेता

    इटहरीः लागूऔषधविरुद्ध चेतना फैलाउँदै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले तरहरा स्पोर्ट्स क्लब इटहरी–२० को आयोजनामा ‘तरहरा आर्म रेस्लिङ कम्पिटिसन’ सम्पन्न भएको छ ।इटहरी–२० स्थित तरहरा साझा लाइनको रिजन होटल बाँसघारी कटेजमा भएको प्रतियोगिताले युवाहरूलाई कुलतबाट टाढा राख्दै स्वस्थ तथा सकारात्मक गतिविधिमा जोड्न सहयोग पुगेको आयोजकले विश्वास लिएको जनाएको छ ।तरहरा स्पोट्र्स क्लबका अध्यक्ष विभश विष्ट (राजा)को अध्यक्षतामा भएको कार्यक्रममा धरान एकता समाजका संस्थापक संरक्षक तथा नेपाली कांग्रेसका युवा नेता सन्दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा नेपाली कांग्रेसका नेता तथा तरुण दल स

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ७६ पटक पढिएको
  • एसीसी प्रिमियर कपः ओमानविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा

    काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास क्रिकेट ओभलमा  हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।  नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको हो। ओमानले समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो ।

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ९९ पटक पढिएको
  • इन्टर जिम फुटसल टुर्नामेन्टमा आयोजक ओएसिस फिटनेस बन्यो विजेता

    इटहरीः इटहरीमा आयोजित इन्टर जिम ५ ए साइड फुटसल टुर्नामेन्टको उपाधि आयोजक ओएसिस फिटनेसले जितेको छ ।शनिबार एसडी फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा ओएसिस फिटनेसले तरहरा फिटनेसलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा न्युट्री हब फिटनेस तेस्रो भएको छ ।ओएसिस फिटनेसको आयोजनामा भएको प्रतियोगितामा विभिन्न जिम तथा फिटनेस सेन्टरका १२ टोलीको सहभागिता रहेको थियो ।उपाधि विजेता ओएसिस फिटनेसले नगद २५ हजार रुपैयाँ तथा उपविजेता तरहरा फिटनेसले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो ।व्यक्तिगत विधातर्फ ओएसिस फिटनेसका स्मीत तामाङ म्यान अ

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ९० पटक पढिएको
  • राष्ट्रिय माध्यमिक विद्यालयमा गाँठो प्रतियोगिता

    इटहरीः राष्ट्रिय माध्यमिक विद्यालय तथा स्काउट ट्रुपको आयोजनामा स्काउट विद्यार्थीहरूको शारीरिक, मानसिक तथा व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित गाँठो प्रतियोगिता सम्पन्न भएको छ ।विद्यालयको प्राङ्गणमा भएको प्रतियोगिता विद्यालयका प्रधानाध्यापक तथा ट्रुप कमिटी अध्यक्ष शरणकुमार बस्नेतको सभापतित्व र विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष रतन कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।कार्यक्रममा आमा समूहकी अध्यक्ष जुनु गेलाल, सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी, यमुना बस्नेत, इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्रप्रसाद दाहाल, रोभर लिडर डिल्लीकुमार श

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १७७ पटक पढिएको
  • बक्सिङ खेलाडी चन्द्रबहादुर र कराते खेलाडी एरिका वर्षका उत्कृष्ट खेलाडी घोषित

    काठमाडौंः नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा आयोजना गरेको २३ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ को उत्कृष्ट खेलाडी बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ घोषित हुुनुभएको छ ।हिजो आयोजित कार्यक्रममा चन्द्रबहादुरलाई वर्ष उत्कृष्ट पुरुष र एरिकालाई वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो ।दुबईमा सम्पन्न आइबा पुरुष विश्व च्याम्पियनसिपमा कास्य पदक जित्दै इतिहास रचेका चन्द्रबहादुर विश्व बक्सिङमा पदक जित्ने पहिलो नेपाली बक्सर खेलाडी हुनुहुन्छ ।एरिकाले लगातार तेस्रोपटक वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्नुभएको हो । उहाँले विभिन्न अन्तर्राष्ट

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १११ पटक पढिएको
  • अण्डर फिफ्टिन फिफा वर्ल्ड कप छनोटका लागि गछिया युवा समाजका कुशल तामाङ फाइनल खेलका लागि छनोट

    गछियाः गछिया युवा समाज सुन्दरहरैंचा, मोरङका खेलाडी कुशल तामाङ अण्डर फिफ्टिन फिफा वर्ल्ड कप छनोटका लागि हुने राष्ट्रियस्तरको छनोटअन्तर्गत अन्तिम खेलका लागि छनोट भएका छन् ।कोशी प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै कुशल राष्ट्रियस्तरको अन्तिम छनोटमा प्रवेश गरेका हुन् । अब उनले काठमाडौंमा हुने फाइनल छनोटमा सहभागी हुँदै आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।कुशलको सफलताप्रति खुसी व्यक्त गर्दै गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले यो उपलब्धि खेलाडी मात्र नभई सुन्दरहरैंचाकै लागि गौरवको विषय भएको बताउनुभयो । काठमाडौंमा हुने अन्तिम छनोट खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सफल हुन कुशललाई शुभकामना दिनु

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २६५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल