बेलबारीः दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बेलबारी सेवा कार्यालयको साधारणसभा हिजो बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।१२ वटा सेवा कार्यालय रहेको सहकारीले हिजो बेलबारी र लेटाङमा साधारणसभा गरेर सेवा कार्यालयतर्फको साधारणसभा सम्पन्न गरेको हो ।बेलबारीमा भएको साधारणसभामा सो सेवा केन्द्र अन्तर्गतका विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य तथा शेयर सदस्यका परिवारका सदस्यलाई सम्मान गरिएको थियो ।कार्यक्रममा सो संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले संस्थाले गरिरहेका काम र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।साधारणसभामा प्रस्तुत भएको
इटहरी । आर्थिक वर्ष २०८२\८३ मा जीवन बीमा कम्पनीहरूको व्यवसाय सन्तोषजनक रूपमा अगाडि बढेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो देखिएको हो ।सो विवरणअनुसार यस वर्ष जीवन बीमकहरूको समग्र व्यवसाय दोहोरो अङ्कले उकालो लाग्दा कुल बीमाशुल्क आर्जनमा १२ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । १४ वटा जीवन बीमा कम्पनीहरूले समग्रमा २ खर्ब १ अर्ब ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१\८२ मा यस्तो बीमाशुल्क १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ मात्रै थियो ।सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ खर्ब ३६ अर्ब ८८ करोड रुपैयाँको कु
काठमाडौंः कतार एयरवेजले हवाई यात्राका क्रममा चालक दलका सदस्यको लापरबाहीका कारण तातो कफी पोखिएर घाइते भएकी एक यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।काठमाडौँस्थित उपभोक्ता अदालतले यस्तो फैसला गरेको हो । ललितपुर महानगरपालिका वडा नं. २ बस्ने ५२ वर्षीया प्रीति सन् २०२३ जुलाई १० मा कतार एयरवेजको उडान नम्बर क्युआर ७४४ बाट बोस्टनबाट दोहा हुँदै काठमाडौँ आउँदै आउने क्रममा चालक दलका सदस्य (एयर होस्टेस) ले थापालाई सर्भ गर्ने क्रममा अत्यधिक तातो कफी उनको पेट र तिघ्रामा पोखिएको थियो ।कफीका कारण थापाको शरीरको तल्लो भागमा सेकेन्ड डिग्री बर्न (दोस्रो तहको जलन) भएको थियो ।
इटहरीः भदौ ७ गतेदेखि सुनसरी जिल्लाका युवालाई उद्यमशीलतासम्बन्धी ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गर्ने उद्देश्यले ‘जेनबिज सुनसरी युवा उद्यमशीलता बुटक्याम्प शृङ्खला’ सञ्चालन हुने भएको छ ।ग्लोबल युथ मोबिलाइजेसन अन्तर्गतको युवा सशक्तीकरण कोषको साझेदारीमा लक्ष्यदीपको आयोजनामा युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालन हुने कार्यक्रममा सुनसरीका १२ वटै स्थानीय तहका ६० जना युवा सहभागी हुने बताइएको छ ।१२ कक्षा र स्नातक तह अध्ययन गर्दै गरेका विद्याथीका लागि १० सातासम्म प्रत्येक शनिबार इटहरीमा प्रत्यक्ष कक्षा सञ्चालन गरिने जनाइएको छ ।कार्यक्रमको अभिमुखीकरण भदौ ६ गते हुने र पहिलो प्रशिक्षण कक्षा भदौ ७ गत
इटहरी । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख १० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।सो कम्पनीले आफ्ना शेयरधनीलाई जारी गरेको १० प्रतिशत हकप्रद शेयर सूचीकरण भएसँगै अब ती शेयर कारोबार गर्न मिल्ने भएको हो ।
काठमाडौंः नेपाल राष्ट्र बैंकको सुरपरीवेक्षण विभाग प्रमुखका रूपमा कार्यरत कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नर नियुक्त हुनुभएको छ ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।रावल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा वित्त विषयमा विद्यावारिधिका शोधार्थी हुुनुहुन्छ । उहाँले वित्तमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए तथा समाजशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।रावलले राष्ट्र बैंकमा २० वर्ष काम गरिसक्नुभएको छ ।
काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १९१ रुपैयाँ तिरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकमा रहेको खातामा एनसेलले उक्त रकम दाखिला गरेको हो । एनसेलले बुझाएको रकममा नवीकरण दस्तुरको बाँकी किस्ताबापत ४ अर्ब २५ करोड रुपैयाँ सावाँ रहेको छ । २०८२ भदौ ७ देखि २०८३ असार मसान्तसम्मको ३२८ दिनको ब्याजबापत ६४ करोड ९२ लाख ६० हजार २७३ रुपैयाँ र २०८३ साउन १ देखि भदौ २ सम्मको ३३ दिनको ब्याजबापत ६ करोड ५३ लाख २१ हजार ९१७ रुपैयाँ पनि तिरेको छ ।एनसेलले २०८२ भदौ ६ गतेसम्मको किस्ता तथ
इटहरी । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेसनको ३ लाख ४ हजार ६८१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।अघिल्लो आर्थिक वर्षमा कम्पनीले शेयरधनीहरुलाई ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।शेयर सूचीकृत भएपछिको कारोबारदेखि ती शेयर बिक्रीयोग्य हुने हुनाले थपिएको शेयर आजदेखि लगानीकर्ताले बिक्री गर्न मिल्छ ।
विराटचोकः आज २ घण्टाको अवधिमा १ अर्ब ४३ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से सूचक १५ अंकसम्म तल झरे पनि अहिले भने केही सम्हालिएर ४ अंकले मात्रै नकारात्मक रहेको छ ।नेप्से सूचक २६१८ आसपास रहेर कारोबार भइरहेको बजारमा सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर किनबेच भएको छ । दोस्रोमा माउण्टेन इनर्जीको उच्च कारोबार भएको छ ।
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १६० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।आज चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।