इटहरी । आज शेयर बजार सामान्य अङ्कले बढे पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ५ दशमलव ०८ अङ्कले बढेर २७३१.५९ विन्दुमा पुगेको छ । नेप्से आज ० दशमलव १८ प्रतिशतले बढेको हो ।नेप्सेमा सूचीकृतमध्ये ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर १ लाख २१ हजार ९९२ पटक किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ रुपैयाँको शेयर कारोबार भएको छ । हिजो १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।नेप्सेमा सूचीकृत समूहमध्ये ८ वटामा हरियाली छाउँदा आज वित्त समूह सर्वाधिक अर्थात् १.२४ प्रतिशतले बढेको छ । लगानी समूह सर्वाधिक अर्थात ०.१६ प्रतिशतले घ
इटहरी । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ ।मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
इटहरी । आज लगातार पाँचौँ दिन सुनको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला ४३० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख १८ हजार ८०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको थियो ।
इटहरी । आज पनि सुन र चाँदी दुवैको भाउ बढेर उच्च मूल्यको रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड कायम भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ६ हजार ८७० रुपैयाँ निर्धारण भएको छ । सुनचाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।हिजो सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा २८५ रुपैयाँ बढेको थियो ।
दाङ। घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनी बताउछिन ।“स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ”, उनले भने, “यो सीप सिकेपछि मैले आफैँ यो विधिको सुरुआत गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ ।” बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको उनी बताउछिन् ।आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोलेपालन गर्दै आउनुभएका किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना बनाएको बताइन । अ
इटहरी । निरन्तर बढिरहेको शेयर बजार आज सामान्य अङ्क घटेको छ । बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्दा आज नेप्से ३.०७ अङ्कले घटेर २ हजार ७६९.०९ विन्दुमा अडिएको अनुमान गरिएको छ ।बजार घटे पनि आज कारोबार रकम भने आइतबारको तुलनामा २० प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ रुपैयाँको कारोबार भएको छ । आज ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर १ लाख ४७ हजार ६७६ पटक किनबेच भएका थिए ।आज होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको सूचक बढेको छ । वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक भने तल झ
इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारको नयाँ खाताको व्यवस्था गरिएको छ।निर्वाचन आयोगले गत शुक्रबार राष्ट्र बैंकलाई पत्राचार गरेसँगै केन्द्रीय बैंकले सोमबार सर्कुलर जारी गरेको हो। योसँगै बैंक तथा वित्तहरूलाई उम्मेदवारको छुट्टै खाता खोल्ने बाटो खुलेको छ।राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा प्रदेश निर्वाचन कार्यलय वा जिल्ला निर्वाचन कार्यलयको सिफारिसमा आम निर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार र स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न भनिए
इटहरी । आज तेस्रो दिन सुनचाँदीको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । योसँगै लगातार तीन दिन सुनको भाउ ३ लाख रुपैयाँभन्दा माथि कारोबार भएको हो । आज सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा २८५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ६ हजार ७६५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २९० रुपैयाँ बढेको थियो ।
इटहरी । भुजुङ हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरिसकेकाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिसकेको छ ।दोस्रो चरणमा कर
काठमाडौंः पूँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले नियामकीय प्रावधान अटेर गर्ने एक सयभन्दा बढी कम्पनीलाई कारबाही गरेको छ । बोर्डले गत आर्थिक वर्षमा नियामकीय व्यवस्था अटेर गर्ने १०१ कम्पनीलाई कारबाही गरेको हो ।बोर्डको कारवाहीमा पर्नेमा दुई धितोपत्र दलाल व्यवसायी, एक मर्चेन्ट बैंकर, एक हाइड्रोपावर कम्पनी, एक बीमा कम्पनी र ९६ सूचीकृत संस्थासहित रहेका छन् । उनीहरूमाथि समयमा वित्तीय विवरण नबुझाएको, शेयर बाँडफाँडमा पारदर्शिता नदेखाएको, सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन पालना नगरेको लगायतका विषयमा नियामकीय प्रावधानअनुरुप कारबाही गरिएको धितोपत्र बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।दु