एजेन्सी । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ ।उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।उनले यस सम्बन्धमा वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रहेको र परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको उत्तरकाशीको धराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा भ
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतले पारित भएको छ ।कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । मन्त्री कार्कीले कोशी प्रदेशमा अहिले पनि १२३ खानेपानी आयोजना रुग्न रहेको जानकारी दिँदै बजेटको अभाव रहे पनि प्रदेश सरकारले झापाको भद्रपुर नगरपालिका–२ र विराटनगर महानगरपालिका–१४ को खानेपानी आयोजना सङ्घीय सरकारबाट हस्तान्तर भई प्रदेशको मातहत आइसकेको जानकारी दिनु
एजेन्सी । गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् ।इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन्। केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन्।गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार त्यहाँ ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँ भन्दा बढी पर्ने अवस्था छ । नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्छ।इजरायलले विदेशी पत्रकारहरूलाई प्रवेश निषेध गरेका कारण त्यहाँबाट स्थानीय सञ्चारकर्मीहरूले रिपोर्टिङ गरिरहेका छन् ।
एजेन्सी । सोमबार दिउँसो बंगलादेशको राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुलमा बंगलादेशी वायुसेनाको एफ-७ बीजेआई प्रशिक्षण विमान खस्दा मृत्यु हुनेको संख्या १६ पुगेको छ।बीबीसी बंगलाका अनुसार विमान दुर्घटनामा १६ जनाको मृत्यु र कम्तीमा १५० जना घाइते भएका छन्।घाइतेहरूलाई राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, संयुक्त सैन्य अस्पताल र ढाका मेडिकल कलेज नजिकै रहेको उत्तरा मोडर्न अस्पताललगायत विभिन्न अस्पतालमा भर्ना गरिएको छ।माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार पढाइ सकेर बिदा हुनै लागेका बेला विमा
एजेन्सी । क्यानडामा भारतीय हास्य कलाकार (कमेडियन) कपिल शर्माको क्याफेमा गोली हानिएको घटनामा स्थानीय प्रहरीको प्रतिक्रिया आएको छ। शर्माले यही जुलाई ७ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित सरेमा उद्घाटन गरेको क्याप्स क्याफेमा गोली प्रहार गरिएको थियो।यस विषयमा सीबीसी न्युजले सरे पुलिस सर्भिस (एसपीएस) लाई उद्धृत गर्दै भनेको छ, 'बिहीबार बिहान न्युटन क्षेत्रको १२०औँ स्ट्रिटमा रहेको क्याफेमा गोली चलाइएको थियो। यस समयमा कर्मचारीहरू क्याफेभित्रै थिए।'प्रहरीले आक्रमणमा कोही पनि घाइते नभएको बताएको छ। यद्यपि क्याफेमा क्षति भएको छ। गोलीले झ्यालका सिसा फुटेका छन्।यस विषयमा कपिल शर्माले भने अहिलेसम्म
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वव्यापी भन्सार शुल्क बढाउने म्याद ९ जुलाईबाट बढाएर १ अगस्ट कायम गरेका छन्।उनले १४ देशमा भन्सार शुल्क बढाउने घोषणा पनि गरेका छन् । भन्सार शुल्क वृद्धि भएका देशहरूमा जापान र दक्षिण कोरिया पनि रहेका छन् ।अमेरिकले मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, म्यानमार, लाओस, थाईल्यान्ड, बंगलादेश, इन्डोनेसिया, ट्युनिसिया, बोस्निया एण्ड हर्जेगोभिना, सर्बिया र कम्बोडियामा पनि भन्सार शुल्क बढाएको छ।ट्रम्पले ती सबै देशहरूलाई औपचारिक पत्र पठाएर भन्सार शुल्क बढाउनेबारे जानकारी दिएका छन्।अमेरिकाले म्यानमार र लाओसबाट निर्यात हुने सामानमा सबैभन्दा धेरै ४० प्रत
एजेन्सी । भारतीय राज्य बिहारको पूर्णियामा बोक्सी भएको आरोपमा एकै परिवारका ५ जनाको निर्मम हत्या गरिएको छ।मृतकमा तीन महिला र दुई पुरुष छन्। घटनापछि गाउँमा शोक छाएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार गाउँका मानिसले बाबुलाल ओराँवकी आमालाई बोक्सी भएको आरोप लगाई परिवारै मारेका हुन्।पहिले उनीहरूलाई कुटपिट गरियो र पछि जिउँदै जलाइो।निर्मम हत्यापछि मृतकहरूको शव कुनै सुनसान ठाउँमा गाडिएको थियो।प्रहरीका अनुसार मुफस्सिल प्रहरी चौकी क्षेत्रको राजीगन्ज पञ्चायतको तेटगामा-१० मा उक्त दर्दनाक घटना भएको हो।घटनापछि प्रहरीले दुई जनालाई हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ।मृतकहरूमा सीता देवी (४८ वर्
एजेन्सी । गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी क्षेत्रको केन्द्रमा रहेको वितरण स्थल नजिकै सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या गरेको बताएको छ । यो सहायता खोज्नेहरूलाई लक्षित गरिएको पछिल्लो घातक घटना हो ।मङ्गलबार मध्य गाजामा सहायताका लागि पर्खिरहेका नागरिकहरूको जमघटलाई लक्षित गरी भएको इजरायली आक्रमणका कारण उनीहरूको मृत्यु भएको र अन्य एक सय ५० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताए । गाजा पट्टीमा मिडियामा इजरायली प्रतिबन्ध र केही क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ प्यालेस्टिनी क्षेत्रमा उद्धारकर्ता र अधिकारीहरूले प्रदान गरेको संख्या र विवरणहरू
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ बाफलमा राजेन्द्र उदासले सञ्चालन गरेको मेडल र स्टिकर गोदाममा बिजुली सर्ट भएर बिहान करिब ३ः२० बजे आगलागी भएको छ।उक्त आगलागी बालाजु, जुद्ध बारुण यन्त्र, न्युरोड दमकल, सशस्त्र प्रहरी बल नम्बर १८ नीलबाराही गणबाट नीरकुमार कार्कीको कमान्डमा ३५ जना, नेपाल प्रहरी र नेपाली सेनाको डेढ घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको छ।
एजेन्सी । अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीन वटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्।‘हामीले इरानका तीन आणविकस्थल–फोर्डो, नटान्ज र इस्फहानमा धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन्। मुख्यस्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई। विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन। अब शान्तिको समय हो ! यो