अन्तरास्ट्रिय

    Showing ४१-५० of २५३ items.
  • जम्मु-कश्मीरमा बाढी-पहिरो: मृतकको संख्या ३० पुग्यो

    एजेन्सी । जम्मुको कटरास्थित वैष्णोदेवी धाममा मंगलबार अर्धकुमारीनजिकै गएको पहिरोमा परी मृत्यु भएकाको संख्या ३० पुगेको छ।एसएसपी रियासी परमवीर सिंहले बुधबार उक्त जानकारी दिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।जम्मुमा बाढी-पहिरोग्रस्त क्षेत्रमा उद्धार जारी छ।उद्धार जारी छ। यसैबीच खराब मौसमका कारण वैष्णोदेवी यात्रा स्थगन गरिएको छ।त्यहाँ मंगलबार जम्मुको तावी नदीमा रहेको पुलनजिकैको सडक बाढीले बगाएको थियो। जहाँ धेरै सवारीसाधन फसेका थिए।भारी वर्षाका मंगलबार जम्मु-कश्मीरको डोडा जिल्लाका धेरै ठाउँमा अचानक बाढी आएको थियो। बाढीले १० देखि १५ घर बगाएको बताइएको छ। जम्मु-कश्मीरमा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ५५२ पटक पढिएको
  • गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा

    एजेन्सी । गाजामा युद्धविरामका लागि सम्झौता गर्न माग गर्दै शनिबार इजरायलमा हजारौँ मानिस सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार धेरै सहरमा आयोजित विरोध र्‍यालीमा ठूलो संख्यामा मानिस सहभागी भएका थिए। प्रदर्शनकारीहरूले गाजा सहर कब्जा गर्ने इजरायली सेनाको योजनाले बाँकी बन्धकको जीवनलाई खतरामा पार्न सक्ने बताए।इजरायलका पूर्वरक्षामन्त्री बेनी गान्ट्जले बन्धकको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठनका लागि आह्वान गरेका छन्।प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धन हाल अति दक्षिणपन्थी सदस्यहरूमा निर्भर छ, जसले युद्ध अन्त्य गर्न हमाससँग कुनै पनि सम्झौता नगर्न भनिरहेका छन

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ५५२ पटक पढिएको
  • साढे पाँच करोड विदेशी नागरिकको भिसा परीक्षण गर्दै अमेरिका

    एजेन्सी । अमेरिकाले आफ्नो देशमा बस्ने साढे पाँच करोड विदेशी नागरिकहरूको भिसा रेकर्ड जाँच गरिरहेको छ । यो जानकारी अमेरिकी विदेश विभागले दिएको छ । यी सबै मानिसहरू वैध भिसामा अमेरिकामा बसिरहेका छन् ।विभागले प्रत्येक भिसा धारकको निरन्तर निगरानी गरिने बताएको छ । यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज गरेर देश निकाला गर्ने तयारी भएको समाचारसंस्था एपीले जनाएको छ ।विभागका अनुसार अनुसन्धान विशेष गरी भिसाको म्यादभन्दा बढी बसेको, आपराधिक गतिविधिमा संलग्न भएको, सार्वजनिक सुरक्षालाई खतरामा पार्ने, आतंकवादी गतिविधिमा संलग्न भएको वा कुनै आतंकवादी संगठनलाई समर्थन गरेको जस्ता मुद्दाह

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ५२१ पटक पढिएको
  • गाजा शहर कब्जा गर्न इजराइलले बोलायो ८० हजार रिजर्भ सैनिक

    एजेन्सी । इजराइलले गाजा शहर कब्जाको पहिलो चरण घोषणा गरेको छ । गाजामा युद्धविरामका लागि नयाँ प्रस्तावमा छलफल चलिरहेको बेला इजराइलले सम्पूर्ण गाजा कब्जाको पहिलो चरण घोषणा गरेको हो ।जसअन्तर्गत ठूलो संख्या सैनिकहरू गाजा क्षेत्रमा परिचालन गरिनेछ । इजराइली सेनाले बुधबारदेखि नै प्रारम्भिक सैन्य कारबाही सुरू गरिसकेको र आफ्ना सैनिकहरू गाजा सहरको बाहिरी इलाकामा पुगिसकेको जनाएको छ । गाजा कब्जा अभियानका लागि ८० हजार रिजर्भ सैनिकलाई बोलाएको छ ।इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको अन्तिम गढमध्ये एक मानेको गाजा शहर कब्जा गर्न सेनाले ६० हजार नयाँ रिजर्भ सैनिक बोलाउने र थप २० हजार सैनिकको सेवा अ

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ३२७ पटक पढिएको
  • अमेरिकामा ‘टीपीएस’ सुविधा खारेज : ७ हजार बढि नेपाली घर फर्किदै

    एजेन्सी । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनका पक्षमा आदेश दिँदै झण्डै सात हजार नेपालीको टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) सुविधा तत्काल अन्त्य गर्न अनुमति दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो देशमा बसिरहेका नेपालीले यही अगस्ट ५ सम्म मात्र टीपीएस सुविधा पाउने निर्णय गर्दै देश छाड्ने तयारी गर्न भनेको थियो । अदालतले अनुमति दिएसँगै यो म्याद सकिएका सात हजार नेपालीलाई अमेरिकाले देश निकाला गर्ने सम्भावना देखिएको छ ।अमेरिकाको संघीय पुनरावेदन अदालतले नेपाल र मध्य अमेरिकाका झण्डै ६० हजार आप्रवासीका लागि टीपीएस सुविधा कायम राख्ने तल्लो अदालतको आदेशलाई हालका लागि

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ४४७ पटक पढिएको
  • अमेरिकाद्वारा ६ हजार विदेशी विद्यार्थीको भिसा रद्द

    एजेन्सी । अमेरिकाले ६ हजार बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने कारण ६ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको हो ।मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग सम्बन्धित थिए । यो कदमलाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयनको प्रतिफल भनिएको छ । यो नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समेत कडाइ गरिएको छ ।विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन’ भन्नाले के बुझिन्छ भनेर

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ५२१ पटक पढिएको
  • लाल किल्लाबाट मोदीको सम्बोधन : अब हामी आणविक ‘ब्ल्याकमेल’ सहन गर्दैनौं

    काठमाडौं । भारतले आज आफ्नो ७९औं स्वतन्त्रता दिवस मनाइरहेको छ । स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गरिरहेका छन् ।उनले आफ्नो सम्बोधनमा देशले धेरै दशकदेखि आतंकवादको सामना गरिरहेको उल्लेख गरे । उनले आणविक ब्ल्याकमेल लामो समयदेखि चलेको भन्दै उनले अब आफूहरु ब्ल्याकमेल सहन नसक्ने बताए ।‘हाम्रो देशले धेरै दशकदेखि आतंकवादको सामना गरिरहेको छ । देशको छाती छेडिएको छ । हामीले नयाँ सामान्यता स्थापित गरेका छौँ । हामी आतंकवादी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई फरक मान्ने छैनौँ ।’मोदीले भने, ‘भारतले आणविक धम्की सहन नसक्ने निर्णय गरेको छ । आणविक ब्

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ३८९ पटक पढिएको
  • घानामा हेलिकप्टर दुर्घटना : दुई मन्त्रीसहित आठ जनाको मृत्यु

    एजेन्सी । अफ्रिकी देश घानामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको मृत्यु भएको छ । घाना सरकारले दुर्घटनालाई ‘राष्ट्रिय त्रासदी’ भनेको छ । दुर्घटनामा घानाका कार्यवाहक उप–राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, राष्ट्रिय प्रजातान्त्रिक कांग्रेसका उपाध्यक्ष शमूएल सारपोङ र पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगेको पनि मृत्यु भएको थियो ।हेलिकप्टरमा जम्मा पाँच यात्रु र तीन चालक दलका सदस्य थिए । घानाको सेनाले बताएअनुसार हेलिकप्टरले बिहान ९ः१२ बजे राजधानी आक्राबाट उडान भरेको थियो र सुन खानी भएको शहर ओबुआसीतर्

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ३५८ पटक पढिएको
  • युवा संघबाट सुरज खरेल र युवन्तिका राई साधारण सदस्य समेत नरहनेगरि निलम्बित

    रूपन्देही । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले संगठनका दुई नेतामाथि कडा अनुशासनात्मक कारबाही गर्दै साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।संघको साउन १९ गते सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले लुम्बिनी प्रदेशका तत्कालीन अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवान्तिका राईलाई संगठनको विधानअनुसार कारबाही गर्दै पार्टी सदस्यता खारेज गर्न समेत सिफारिस गरेको हो।यसअघि साउन १० मा पार्टीविरोधी गतिविधि गरेको र आर्थिक अनियमितता गरेको भन्दै उनीहरुलाई निलम्बन गरेपछि पनि उनीहरुले चित्तबुझ्दो जवाफ नदिएको र नेताहरुलाई गालीगलौज गर्ने र मिडियाबाट अर्नगल प्रचार नरोकेका कारणउनीहरुलाई साधारण सदस्यबाट ह

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ६४५ पटक पढिएको
  • माेदि संग हात मिलाएका ट्रम्पले भारतमाथि नै लगाए ५० प्रतिशत कर , कुनमा कति ?

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात कर (ट्यारिफ) लगाउने निर्णय गरेका छन् । यो नयाँ कर लगाएसँगै पहिलेदेखिको २५ प्रतिशत करसँग जोड्दा कुल ५० प्रतिशत पुग्ने बीबीसीले जनाएको छ ।ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार, यो कर आदेश जारी भएको मितिबाट २१ दिनपछि लागु हुनेछ । प्रतिक्रियामा भारतको विदेश मन्त्रालयले यसलाई अनुचित र तर्कहीन भनेको छ ।बुधबार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भारतले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेल आयात गरिरहेकाले अमेरिकाले भारतबाट आउने सबै उत्पादनहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको बताएको छ ।भारतले रुसबाट तेल

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ३६० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल