अन्तरास्ट्रिय

    Showing २२१-२३० of २५३ items.
  • मेक्सिकोमा शक्तिशाली भूकम्पको धक्का महसुस

    एजेन्सी । मेक्सिकोमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रबाट प्राप्त जानकारी अनुसार भूकम्पको तीव्रता ६ दशमलव ३ मापन गरिएको छ ।भूकम्पबाट हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन ।

    • प्रकाशित मितिः असार ४, २०८०
    • १३५ पटक पढिएको
  • भारतको उत्तर प्रदेशको बलियामा गर्मीले ५४ जनाको मृत्यु

    काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यस्थित बलियामा गर्मीका कारण तीन दिनमै ५४ जनाको ज्यान गएको छ। अहिले ४ सयभन्दा धेरै बिरामी छन्। उनीहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। १५ देखि १७ जुनबीच ज्वरो, दम बढ्ने जस्ता कारणले अस्पताल भर्ना हुने बिरामीको संख्या तीव्र गतिमा बढेको छ।जानकारी अनुसार १५ जुनमा २३, १६ जुन २० र १७ जुनमा ११ जनाको ज्यान गएको छ। जिल्लामा बढ्दो मृत्युलाई देखेर आजमगढ मण्डलका स्वास्थ्य निर्देशकले डाक्टरको एक टोलीलाई लखनऊबाट बोलाएका छन्। 

    • प्रकाशित मितिः असार ३, २०८०
    • १७० पटक पढिएको
  • ‘आदिपुरुष’ लेखक मनोजको कुतर्क ‘नेपाल १९०४ अघि भारतकै हिस्सा थियो’

    काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’का संवाद लेखक मनोज मुन्तशिरले नेपाल सन् १९०४ (वि.सं. १९६१) सम्म भारतकै हिस्सा रहेको कुतर्क गरेका छन्।फिल्मको विवादित संवादबारे भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै संवाद लेखक मुन्तशिरले नेपाल १९०४ सम्म भारतकै हिस्सा भएको बताएका हुन्।उनले नेपालमा विरोध गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादको विषयमा प्रश्न उठेपछि यस्तो अभिव्यक्ति दिएका हुन्।फिल्मको कथा देखाइएको समयमा नेपाल भारतकै हिस्सा भएको बताउँदै उनले नेपाल र भारतलाई आफूले अलग नमान्ने बताए।‘यदि नेपालीहरूलाई कुनै आपत्ति छ भने मसँग कुरा गरेको खण्डमा म उनीहरूलाई सम्झाउन सक्छु। देश र भौगोलिक रूप

    • प्रकाशित मितिः असार ३, २०८०
    • २६५ पटक पढिएको
  • क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

     काठमाण्डौ । क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको हो।क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो ।जनसङ्ख्याको वार्षिक वृद्धि दर २।७ प्रतिशत पुगेको छ । सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तरराष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ।यदि जनसङ्याङ् वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने, क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्ब

    • प्रकाशित मितिः असार ३, २०८०
    • १५४ पटक पढिएको
  • ग्रिसमा प्रवासीले भरिएको डुङ्गा पल्टिँदा ७९ को मृत्यु

    एजेन्सी । दक्षिण ग्रिसको तटमा प्रवासीले भरिएको माछा मार्न प्रयोग गरिने डुङ्गा पल्टिँदा कम्तीमा ७९ को मृत्यु भएको छ । दुर्घटनामा हालसम्म सयभन्दा बढीलाई सुरक्षित निकालिएको छ ।तर यस दुर्घटनामा जोगिएकाहरूले डुङ्गामा भएका कम्तीमा सय जना अझै पनि बेपत्ता भएको बताएका छन् । यो ग्रिसमा भएको अहिलेसम्मकै सबैभन्दा ठुलो आप्रवासी त्रासदीमध्ये एक रहेको सरकारले बताएको छ । ग्रिसमा तीन दिने शोकको घोषणा गरिएको छ ।कोस्टगार्डले युरोपेली सङ्घको सीमा एजेन्सी फ्रोन्टेक्सको एक विमानले मंगलबार अबेर राती अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुङ्गा देखेको जानकारी दिए । डुङ्गामा बसेका कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् । ग्

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १४३ पटक पढिएको
  • अर्मेनिया र अजरबैजानबीचको झडपमा झण्डै एक सय सैनिकको मृत्यु

    काठमाडौं । अर्मेनिया र अजरबैजानबीचको सीमा विवाद फेरि बल्झिएको छ । सीमा विवादका कारण भएको पछिल्लो झडपमा दुई देशका गरी झण्डै एक सय सैनिकले ज्यान गुमाएका बीबीसीले जनाएको छ ।अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार राति भएको झडपमा आफ्ना ४९ सैनिकको ज्यान गएको पुष्टि गरेका छन् । त्यस्तै अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकले ज्यान गुमाएको जानकारी दिएको छ । यी दुई देशबीच दुई वर्षपछि सीमा विवाद बल्झिएको हो ।अजरबैजानका सेना आफ्नो सीमामा प्रवेश गरेपछि प्रतिकार गर्दा घटना भएको अर्मेनियाको दाबी छ । नागोरनो कोराबाख इलाकालाई लिएर बेलाबेला अर्मेनिया र अजरबैजानका सेनाबीच झडप हुँदै आएको छ । यो

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • २०८ पटक पढिएको
  • भारतमा पनि बच्चा चोरको अफवाह, महाराष्ट्रमा चार जना साधु कुटिए

    काठमाडौं । नेपालमा बच्चा चोरहरू आएको अफवाह फैलिरहेका बेला छिमेकी भारतमा पनि त्यस्तै अफवाहका कारण चार जना साधुहरूमाथि आक्रमण भएको छ।एनडिटिभीका अनुसार मंगलबार महाराष्ट्रको सांगली जिल्लामा उत्तर प्रदेशबाट गएका चार जना साधुहरूलाई बच्चा चोरको आरोपमा भीडले कुटपिट गरेको हो।ती साधुहरूले एक जना बच्चालाई पन्धानपुर जाने बाटो सोधेका थिए। केही समयपछि स्थानीयले एउटा पसलको अगाडि उनीहरूलाई लठ्ठीले हानेका थिए। उक्त घटनाको भिडिओ अहिले भाइरल भएको छ । प्रहरीले घटनाबारे औपचारिक उजुरी नआएको भए पनि भिडिओको अनुसन्धान सुरू भएको बताएको छ।नेपालको तराईर मधेसका विभिन्न जिल्लामा केही दिनयता बच्चा चोर आएको अफवाह फैलिएक

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १९४ पटक पढिएको
  • ट्युनिसियाको तटमा डुंगा डुब्दा ११ जनाको मृत्यु

    काठमाडौं । ट्युनिसियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा मंगलबार डुबेपछि १४ जनाको उद्धार गरेको छ । शनिबार राति थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चार माध्यमा टीएपीले जनाएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष एक हजारभन्दा बढी आप्रावासीको मृत्यु भएको छ ।  ट्युनिसियाली डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको थियो । विभ

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १६५ पटक पढिएको
  • पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प

    काठमाडौं । पपुवा न्युगिनीमा आइतबार बिहान ७‍.६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकमपका कारण भएको धनजनको क्षतिको आधिकारिक विवरण भने आएको छैन। तर स्थानीयले समाजिक सञ्जालमा राखेका तस्बिरमा भने घर भत्किएको र बाटो चर्किएको देख्न सकिन्छ।भूकम्प केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । 

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १४२ पटक पढिएको
  • बेलायतकी महारानी एलिजाबेथको अन्तिम संस्कार अर्को हप्ता गरिने

    काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ तारिख अर्थात आउँदो असोज ३ गरिने भएको छ ।वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि पार्थिव शरीरलाई चार दिन श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।नागरिकलाई पनि शवपेटिका हेर्न दिइने भएको छ । महारानीको राजकीय अन्तिम संस्कारमा परिवार र आफन्तसहित राजनीतिक नेता र विश्वका शीर्ष नेताहरू सहभागी हुनेछन् ।सेप्टेम्बर १९ का दिन बेलायतमा सार्वजनिक बिदा घोषणा गरिएको बीबीसीले जनाएको छ । राजा चार्ल्स तृतीयले अन्तिम संस्कारको दिन बिदा दिइने पुष्टि गर्नुभएको थियो । महारानी एलिजाबेथको गएको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १३५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल