अन्तरास्ट्रिय

    Showing ११-२० of २५३ items.
  • भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

    एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौजना नेपालीको ज्यान गएको छ ।ज्यान गुमाउने सबैजना सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा निवासी दुई परिवारका सदस्य रहेका छन् ।सोमबार राति २ बजे उनीहरू सुतिरहेको कोठाको ग्यास सिलिन्डर विस्फोट हुँदा यो घटना भएको हो ।विस्फोटपछि आगलागी हुँदा वरपरका घर पनि जलेर ध्वस्त भएका छन् । विस्फोटपछि उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो ।सिद्धकुमाख गाउँपालिकी–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ म

    • प्रकाशित मितिः पुस २९, २०८२
    • ३०९ पटक पढिएको
  • ट्रम्पले घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

    एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ।भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको एक सातासमेत नबित्दै ट्रम्पको यस्तो पोस्ट सार्वजनिक भएको हो । मादुरोको गिरफ्तारीपछि भेनेजुएलामा डेल्सी रोड्रिगेज हाल कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहेकी छन् ।भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्र

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २४५ पटक पढिएको
  • भारतको हिमाचलमा सडक दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

    एजेन्सी । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीहरूले शनिबार बताएका छन् ।अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् भने घाइते भएका मध्ये केहीको अवस्थामा गम्भीर छ । हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एयटा यात्रु बहाक बस सडकबाट चिप्लीएर ५०० मिटर गहिरो घाटीमा खसी दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय

    • प्रकाशित मितिः पुस २६, २०८२
    • २६० पटक पढिएको
  • मदुरोका छोराले भने: राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै देश सुरक्षित रहने छैन

    एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोराका सांसद छोरा निकोलस मदुरो गुएराले अमेरिकाले आफ्ना बुवाआमालाई पक्राउ गरेका विषयमा पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।अमेरिकी हमलाको आलोचना गर्दै उनले कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने आगामी दिनमा विश्वका कुनै पनि मुलुक सुरक्षित नहुने चेतावनी दिएका छन्।मदुरो गुएराले भनेका छन्, ‘यदि कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन।’उनले अगाडि भनेका छन्, ‘यो क्षेत्रीय समस्या मात्र होइन, विश्वव्यापी राजनीतिक स्थिरताका लागि प्रत्यक्ष खतरा हो।’मदुरो गुएराले अमेरिकासँग आफ्ना आमाबाबुको र

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २८० पटक पढिएको
  • भेनेजुयलामाथि अमेरिका हमला : चीन-रूसको आपत्ती, राष्ट्रसंघ, इयू र बेलायतको चिन्ता

    एजेन्सी । भेनेजुएलामा अमेरिकाले आक्रमण गरेपछि विश्वभरिबाट यसको समर्थन र विपक्षमा प्रतिक्रिया आउन थालेका छन् । अकस्मातजस्तो देखिएको यस अवस्थाको सिधा प्रभाव कैयौँ देशहरूमा पर्न सक्ने भए तापनि त्यसको बढी प्रभाव कोलम्बियामा पर्ने देखिन्छ ।कोलम्बियाकोलम्बिया र भेनेजुयलाको लामो सीमा साझा रहेको छ । भेनेजुयलाको सबैभन्दा नजिकको छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो जनसंख्याको सुरक्षा गर्न र भेनेजुएलाबाट आउन सक्ने मानिसहरूको व्यापक संख्यासँग जुध्नका लागि सीमामा सेना तैनाथ गर्न पनि आदेश दिएका छन् । कराकसमा सुरुवाती विस्फोटनको खबर आएदे

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २६४ पटक पढिएको
  • भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्यूयोर्कको हिरासत पुर्‍याइयो

    एजेन्सी । अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्‍याइएको छ।न्यूयोर्कको स्टुवर्ट एअर न्याश्नल गार्ड बेसमा अवतरणपछि उनलाई हेलिकप्टरमार्फत म्यानहटन पुर्‍याइएको बीबीसीले जनाएको छ ।भेनेजुएलाबाट पक्राउ परेका मदुरो दम्पती न्यूयोर्कको म्यानह्याटनस्थित पश्चिमी भागमा रहेको अमेरिकी लागुऔषध नियन्त्रण निकाय डीईएको मुख्यालयमा सबैभन्दा पहिले पुर्‍याइएका थिए।शनिवार बिहान नहुँदै मदुरोलाई भेनेजुएलाको राजधानी काराकासबाट अमेरिकी हेलिकप्टरमार्फत बाहिर लगिएको थियो। त्यसपछि उनलाई क्यारिबिअन सागरको अज्ञात स्थानमा रहेको अमेरिकी युद्धपोत ‘य

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २१७ पटक पढिएको
  • स्विट्जरल्यान्ड विस्फोट : मृतकको संख्या ४० पुग्यो, घाइते १००

    एजेन्सी । स्विट्जरल्यान्डको क्रान्स-मोन्टानास्थित अल्पाइन स्कि रिसोर्ट सहरमा रहेको बारमा बिहीबार नयाँ वर्ष मनाउँदै गरेका बेला विस्फोट हुँदा मृत्यु भएकाको संख्या ४० पुगेको छ।स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै 'द मिरर'ले विस्फोटमा ४० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ।स्थानीय समयअनुसार बिहीबार बिहान १:३० बजे स्कि रिसोर्टस्थित कन्स्टेलेसन बारमा विस्फोट भएको हो।घटना भएको क्षेत्रलाई सिल गर्दै नो फ्लाई जोन घोषणा गरिएको छ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • २४१ पटक पढिएको
  • बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

    इटहरी । ८० वर्षको उमेरमा बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ ।आज बिहान उहाँको निधन भएको बिएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेको छ । उहाँ पछिल्ला केही महिनादेखि अस्वस्थ हुनुहुन्थ्यो र ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।चार दशकभन्दा बढी समय बंगलादेशको राजनीतिमा सक्रिय खालिदा जिया आफ्ना पति जियाउर रहमानको हत्यापछि राजनीतिमा प्रवेश गर्नुभएको थियो । सन् १९८१ मा राष्ट्रपति रहेका जियाउर रहमानको हत्या भएपछि उहाँले बिएनपीको नेतृत्व सम्हाल्नुभएको थियो ।उहाँ सन् १९९१ मा बंगलादेशको पहिलो महिला प

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २५५ पटक पढिएको
  • बंगलादेशमा हिन्दु युवक मारिएको विरोधमा भारतमा प्रदर्शन, प्रहरीसँग धक्कामुक्की

    एजेन्सी । बंगलादेशमा हिन्दु युवकको हत्या भएको विरोधमा भारतमा विश्व  हिन्दु परिषद्सहित हिन्दु संगठनहरूले मंगलबार प्रदर्शन गरिरहेका छन्।समाचार एजेन्सीहरू पीटीआई र एएनआईका अनुसार बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको हत्या र बंगलादेशमा हिन्दुहरूमाथि भएको हिंसाको विरोधमा दिल्लीस्थित बंगलादेश उच्चायोग बाहिर विरोध प्रदर्शन भइरहेको हो। समाचार एजेन्सीहरूले प्रदर्शनमा देखिएको ठूलो भिडका भिडिओहरू पनि सार्वजनिक गरेका छन्। पीटीआईका अनुसार विरोध प्रदर्शनका कारण बंगलादेश उच्चायोग भित्र र वरपर थप सुरक्षा बल तैनाथ गर्दै सुरक्षा कडा पारिएको छ।एएनआईले जारी गरेको एउटा भिडिओमा प्रहरी ब्यारि

    • प्रकाशित मितिः पुस ८, २०८२
    • ३२९ पटक पढिएको
  • भारतमा घुस लिएको आरोपमा लेफ्टिनेन्ट कर्नेल पक्राउ, घरबाट २.२३ करोड बरामद

    एजेन्सी । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले रक्षा उत्पादन विभागमा कार्यरत लेफ्टिनेन्ट कर्नेल दीपक कुमार शर्मा र अर्का एक व्यक्तिलाई घुसखोरीको आरोपमा पक्राउ गरेको छ।सीबीआईले लेफ्टिनेन्ट कर्नेल शर्मालाई बेंगलुरुस्थित कम्पनीबाट ३ लाख रुपैयाँ घुस लिएको आरोपमा शनिबार नियन्त्रणमा लिएको हो।अनुसन्धान एजेन्सीका अनुसार, दीपक कुमार शर्माको दिल्लीस्थित घरको खानतलासीका क्रममा २.२३ करोड रुपैयाँ नगद बरामद भएको छ।सीबीआईले लेफ्टिनेन्ट कर्नेल शर्मा र उनकी श्रीमती कर्नेल काजल बालीविरुद्ध मुद्दा दर्ता गरेको छ।शर्मा रक्षा मन्त्रालयअन्तर्गत रक्षा उत्पादन विभागमा उप-योजना अधिकृतको रूपमा कार्यरत छन् भने उ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २९१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल