अन्तरास्ट्रिय

    Showing १५१-१६० of २५३ items.
  • दक्षिण कोरियामा गर्मीले १४ जनाको मृत्यु

    एजेन्सी । दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । गृह मन्त्रालयका अनुसार मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीको संख्या एक हजार ६९० पुगेको छ । यो गत वर्षको सोही अवधिमा भएको एक हजार ६४६ भन्दा बढी हो ।हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुधन मरेका छन् । गत सातादेखि देशैभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ । यहाँ उष्णकटिबन्धीय रातहरूसँगै अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीको पूर्वानुमान छ । 

    • प्रकाशित मितिः साउन २३, २०८१
    • ३८७ पटक पढिएको
  • नोबेल पुरस्कार विजेता युनुस बन्न सक्छन् बंगलादेशको अन्तरिम प्रधानमन्त्री

    एजेन्सी । आरक्षण विरोधी आन्दोलनका संयोजक नाहिद इस्लामले मंगलबार बिहान नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार गरिने बताएका छन् । युनुसले बंगलादेशमा ग्रामीण बैंक स्थापना गरेका थिए ।उनले गरिबी विरुद्धको अभियानका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । विद्यार्थी आन्दोल चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छोडेकी थिइन् । उनले देश छोडेपछि पार्टीका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् । बंगाली अखबार प्रथम आलोका अनुसार अवामी लिगसँग सम्बद्ध नेताहरूले शेख हसिनाले देश छोडेका कारण उनीहरूले आन्दोलनकारीहरूको क्रोधको सामना गरिरहेको बताएका

    • प्रकाशित मितिः साउन २२, २०८१
    • ३८५ पटक पढिएको
  • हसिनाले थुनेकी खालिदा जियालाई रिहा गर्न आदेश

    एजेन्सी । शेख हसिनाले बंगलादेश छाडेपछि उनले थुनेकी पूर्व प्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका हुन् । राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा भएको बैठकमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तत्काल रिहा गर्ने सर्वसम्मतिले निर्णय भएको राष्ट्रपतिको प्रेस टोलीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन २२, २०८१
    • २५० पटक पढिएको
  • गाजामा पाँच बन्धक मृत भेटिए

    एजेन्सी । इजरायली सेनाले गाजाबाट पाँच इजरायली नागरिकको शव फेला पारेको जनाएको छ।यी सबै सर्वसाधारणलाई गत वर्ष दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएको थियो।बीबीसीका अनुसार खान युनिसमा अपरेसनका क्रममा किन्डरगार्टेन शिक्षिका माया गोरेन, इजरायली सेनाका मेजर रविड आर्य काट्ज, मास्टर सर्जेन्ट ओरेन गोल्डिन, स्टाफ सर्जेन्ट टोमर अहिमास र सर्जेन्ट किरिल ब्रोडस्कीको शव फेला परेको हो। इजरायली सेनाले भन्यो, ‘हामीलाई लाग्छ- शिक्षक गोरेनको बन्दीमा हुँदा हत्या गरिएको हुन सक्छ भने सेना प्रमुखको ८ अक्टोबरमा हमलाका क्रममा मृत्यु भएको हुन सक्छ र उनको शव पछि हमासले लिएको हुन सक्छ।’इजरायली सेनाले द

    • प्रकाशित मितिः साउन ११, २०८१
    • २१० पटक पढिएको
  • ट्रम्पलाई गोली लागेका कारण सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले दिइन् राजीनामा

    एजेन्सी । अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले मङ्गलबार पदबाट राजीनामा दिएकी छन्।उनले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेकी थिइन्। जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्‍यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीले दबाब दिइरहेका थिए। हाउस अफ रिप्रेजेन्टेटिभका रिपब्लिकन अध्यक्ष माइक जोनसनले पत्रकारहरूसँग भने, ‘यो धेरै ढिला भएको छ, उहाँले यो काम कम्तीमा

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ३५१ पटक पढिएको
  • ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो

    एजेन्सी । कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठूलो रकम संकलन भएको छ । मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थात करिब ६ अर्ब ११ करोड संकलन भएको छ ।डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लू मार्फत सो रकम संकलन भएको बताइएको छ । ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम संकलन भएको हो । यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो चन्दा संकलन भएको बताइएको छ ।ह्यारिसको क्याम्पेनलाई साना दाताले ठूलो संख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ । न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्

    • प्रकाशित मितिः साउन ८, २०८१
    • २०८ पटक पढिएको
  • बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, कमलालाई समर्थन

    वासिंटन । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेका छन् । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् ।बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् । उम्मेदवारीबाट पछि हटेसँगै पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उम्मेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् । आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइड

    • प्रकाशित मितिः साउन ७, २०८१
    • १९१ पटक पढिएको
  • युक्रेनी पूर्व सांसदको गोली हानी हत्या

    एजेन्सी । युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्व युक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ । युक्रेनको अतिराष्ट्रवादी स्वोबोडा पार्टीकी सदस्य रहेकी ६० वर्षीया इरिना फारियनले केही समय संसदको सदस्यको रूपमा काम गरेकी थिइन् । रूसी भाषा बोलेर अधिकारी र सैनिकलाई चिढ्याएको कारण उनी विवादमा तानिएकी थिइन् । ‘गोली लागि सख्त घाइते भएकी फारियनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ’, एल्भिभका नगर प्रमुख एन्ड्री साडोभीले शुक्रबार अबेर टेलिग्राममा गरेको पोस्टमा उनको चोट र मृत्युबारे तादाम्यता नदेखिएको बताएका छन् ।&nb

    • प्रकाशित मितिः साउन ५, २०८१
    • १८३ पटक पढिएको
  • विद्यार्थी हत्याका दोषीलाई कानूनी कठघरामा ल्याउने बंगलादेशकी प्रधानमन्त्रीको प्रतिबद्धता

    एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बुधबार निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा ६ जनाको हत्याका लागि जिम्मेवार व्यक्तिलाई सजाय दिने प्रतिक्रिया दिएकी छिन् । प्रधानमन्त्री हसिनाले हत्याको निन्दा गर्दै अपराधीहरूलाई न्यायको कठघरामा ल्याउने बताइन् । ‘म हरेक हत्याको निन्दा गर्छु’, उनले बुधबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै भनिन्, ‘हत्या, लुटपाट र हिंसा गर्नेहरू जोसुकै भए पनि म उनीहरूलाई उचित सजाय सुनिश्चित गर्नेछु ।’प्रतिद्वन्द्वी विद्यार्थी समूहहरूले एक आपसमा इँटा र बाँसको लट्ठीले आक्रमण गर्दा मंगलबार मुलुकभर भएका झडपमा ६ जनाको मृत्यु भएको थियो । साथ

    • प्रकाशित मितिः साउन ३, २०८१
    • १८५ पटक पढिएको
  • पति अरूसँग व्यस्त भएको भन्दै दुबईकी राजकुमारीले गरिन् डिभोर्स

    एजेन्सी । दुबईकी राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले सामाजिक सञ्जालमार्फत आफ्ना पति शेख मनासँग सम्बन्ध विच्छेद (डिभोर्स) को घोषणा गरेकी छन्।यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखाले इन्स्टाग्राममा पतिलाई सम्बोधन गर्दै डिभोर्सको घोषणा गरेकी हुन्।उनले लेखेकी छन्, ‘प्रिय श्रीमान्! तपाईं अन्य साथीसँग व्यस्त हुनुहुन्छ यसैले म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु। म तपाई‌ंलाई डिभोर्स दिन्छु। म तपाई‌ंलाई डिभोर्स दिन्छु। म तपाई‌ंलाई डिभोर्स दिन्छु। आफ्नो ख्याल राख्नु। तपाईंकी पूर्वपत्नी!’उनीहर

    • प्रकाशित मितिः साउन २, २०८१
    • ५४८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल