अन्तरास्ट्रिय

    Showing १२१-१३० of २५३ items.
  • इजरायल–हेजबुल्लाह युद्ध जारी : २८ स्वास्थ्यकर्मी मारिए

    एजेन्सी ।  हेजबुल्लाहका समूहका सैन्य संरचना ध्वस्त पार्न भन्दै दक्षिणी लेबनान प्रवेश गरेको इजरायली रक्षा बल (आईडीएफ) र हेजबुल्लाहबीच बिहीबार पनि युद्ध भइरहेको छ । युद्धका कारण पछिल्लो २४ घण्टामा लेबनानमा कम्तीमा २८ जना स्वास्थ्यकर्मी मारिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओ प्रमुख टेड्रोस एडहानोम गेयब्रेससले मारिनेमध्ये कपितय बमबारीपछि काम गर्ने क्षेत्रहरूबाट भागेका थिए । त्यस्तै, लेबनानको राजधानी बेरुतमा आईडीएफले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ९ सर्वसाधारण मारिएका बीबीसीले जनाएको छ । आईडीएफले कम्तीमा १५ हेजबुल्लाह सदस्य मारिएको दाबी गरेको छ ।मारुन अल–

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ३९९ पटक पढिएको
  • अमेरिकामा ‘हेलेन’ आँधी : मृत्तकको संख्या दुई सय पुग्यो

    काठमाडौँ । अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण ज्यान गुमाउनेको संख्या दुई सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झण्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले जनाएका छन् ।ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको ‘कट्रिना’ नामको विनाशकारी र घातक आँधीपछि अहिलेको ‘हेलेन’ आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको समाचारमा उल्लेख छ । आँधीका कारण विभिन्न ठाउँमा पहिरो गए पछि झण्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले हिजो फ्लोरिडा र जर्जिया भ्रमण गरेका छन् । गएको हप्ता आए

    • प्रकाशित मितिः असोज १८, २०८१
    • २९१ पटक पढिएको
  • हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु

    एजेन्सी । लेबनानमा हिजबुल्लाहविरुद्धको जमिनी लडाई लड्न गएका आठ इजरायली सेनाको मृत्यु भएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सात सैनिक मारिएको जनाएको छ । इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ ।यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन एथान यित्जाकको रूपमा खुलासा गरिएको थियो । कप्तान एथान २२ वर्षका थिए । क्याप्टेन एथान लेबनानमा भूमिगत कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए । कप्तान एथान इगोज युनिटको टोली कमाण्डर थिए । जुन एक एलिट

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ३५१ पटक पढिएको
  • लेबनानको राजधानी बेरुतमा इजरायलको भीषण आक्रमण

    एजेन्सी । इजरायलले लेबनानको राजधानी बेरूतमा भीषण आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलले बेरुतमा आक्रमण गरेको हो । यो पछिल्लो ठूलो आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । बेरूतको दक्षिणी दहियाहमा हिजबुल्लाहोक किल्ला रहेको ठाउँमा हवाई आक्रमण गरेको इजराइली डिफेन्स फोर्सको दाबी छ । आक्रमणमा ७ जनाको मृत्यु भएको छ । मारिनेहरू हिजबुल्लाहका लडाकु हुन् कि सर्वसाधारण हुन् भन्ने खुलेको छैन । समाचार संस्था सिएनएनका अनुसार बेरूतमा इसराइलले १८ वर्षपछि हवाई आक्रमण गरेको हो ।इजराइलले हिजबुल्लाहका अखाडा रहेको बताउँदै  ले

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ३०१ पटक पढिएको
  • इरान–इजरायलबीच तनाव, कच्चा तेलको मूल्य बढ्यो

    एजेन्सी । इरानले इजरायलमा मिसाइल हमला गरेपछि कच्चा तेलको मूल्य बढेको छ । यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ । इरान र इजरायलको युद्ध चर्किएमा तेल आपूर्ति पनि प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।ब्रेन्ट कच्चा तेलको मूल्यको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो । मंगलबारदेखि आजसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ प्रतिशतले बढिसकेको छ । अहिले कच्चा तेलको मूल्य प्रति ब्यारेल ७४.४० डलर पुगेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।अमेरिकी ऊर्जा सूचना प्रशासनकाअनुसार इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो । यो तेल उत्पादक देशहरूको समूह ओपेक (तेल निर्यात गर्ने देशहरूको संगठन

    • प्रकाशित मितिः असोज १६, २०८१
    • २५८ पटक पढिएको
  • सुनिता र बुचलाई फिर्ता ल्याउन ‘ड्रागन’ अन्तरिक्षमा पुग्यो

    काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्र्यागन अन्तरिक्ष यानलाई आईएसएसमा पु¥याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ । यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, जबकी दुईवटा सिट खाली छोडिएको छ जसबाट विलियम्स र विल्मोर पनि फर्कने छन् । अब यी अन्तरिक्ष यात्रीहरूले आगामी पाँच महिना अन्तरिक्ष अनुसन्धान कार्यमा बिताउने छन् ।यसै वर्षको जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनसम्म

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ३७५ पटक पढिएको
  • हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बेहोस हुन्जेल राेए समर्थक

    एजेन्सी । हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बीबीसी संवाददाता करेन टोर्बीले लेबनानको राजधानी बेरुतनजिकैको अन-अल मारासेहमा बस्ने केही विस्थापित व्यक्तिसँग कुरा गरेका छन्।उनका अनुसार हसन नसरल्लाहको मृत्युको खबरले यीमध्ये धेरै मानिस स्तब्ध भएका छन्।कतिपय बेहोस भएर भुइँमा लडे, कोही चिच्याउँदै र यताउता दौडिए।एक महिलाले भनिन्, ‘म चाहन्छु उनीहरूले बरु हामी सबैलाई मारून्, उन (नसरल्लाह) लाई छाडिदिऊन्।’ अर्की महिलाले भनिन्, ‘अब म कसरी देहिएहमा फर्किनु, जब सय्यद (नसरल्लाह) अब यो संसारमा छैनन्।’नसरल्लाह आफ्ना समर्थकका शीर्ष नेता मात्र नभई, उनीहरूको आइडल पनि थिए। उनको मृत्युपछि जनता गहिरो शोकमा छन्

    • प्रकाशित मितिः असोज १३, २०८१
    • २३० पटक पढिएको
  • त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै

    सुनसरी-  नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ ।  क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि सुरु हुने छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज आजदेखि खेल्न लागेका हुन् । यस सिरिजमा आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् । 

    • प्रकाशित मितिः असोज १२, २०८१
    • ४०३ पटक पढिएको
  • काठमाडौंभित्र चाडपर्वमा ३,७६५ प्रहरी परिचालन गरिने, ड्रोनबाट पनि निगरानी

    काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दशैं, तिहार र छठ पर्व लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्व लक्षित सुरक्षाका क्षेत्रहरु पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताए ।उनले भने, ‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्र

    • प्रकाशित मितिः असोज ११, २०८१
    • २२९ पटक पढिएको
  • इजरायलले लेबनानमा फेरि गर्‍यो आक्रमण, कम्तीमा ५१ जनाको मृत्यु

    एजेन्सी ।  इजरायलले बुधबार फेरि लेबनानमा आक्रमण गरेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस हमलामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने २२० भन्दा बढी घाइते भएका छन्। इजरायली रक्षा बलले बुधबार आफ्ना लडाकु विमानहरूले हिजबुल्लाहका करिब २८० स्थानहरूलाई निशाना बनाएको बताएको छ।यसमा बिहान उत्तरी इजरायलमा हमला गरिएका क्षेत्र पनि पर्ने इजरायली सेनाले जनाएको छ। आईडीएफका अनुसार त्यहाँ हतियार भण्डार गरिएको थियो र सैन्य पूर्वाधार पनि निर्माण गरिएको थियो।यसअघि संयुक्त राष्ट्रसंघले सोमबारयता लेबनानबाट ९० हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको थियो। साथै अक्टोबर २०२३ देखि लेबनान

    • प्रकाशित मितिः असोज १०, २०८१
    • २६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल