एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज (रद्द) गरेको छ। बंगलादेशका स्थानिय सञ्चार माध्यमका अनुसार शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको हो। तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू रहेका छन् ।उनीहरूमाथि जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोप छ । अब शेख हसिनाले भारतबाट बंगलादेश आउन खोजिन् भने उनलाई तत्काल पक्राउ गरिनेछ । यसअघि मंगलबार बिहान शेख हसिना र अन्य १५ जनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) मा अर्को उजुरी परेको थियो ।
एजेन्सी । अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा दुई हप्ताअघि डोनाल्ड ट्रम्पले फेरि एउटा अदालती प्रक्रिया झेल्नु पर्ने भएको छ । न्यूयोर्कको एक अदालतले ट्रम्पविरुद्ध ‘हश मनि’ मामिला अर्थात् आफूविरुद्ध नबोल्न पैसा दिएको एक मुद्दामा सजाय सुनाउने भएको हो ।१० जनवरीमा यो फैसला आउने छ । राष्ट्रपति निर्वाचित भइसकेकाले ट्रम्पविरुद्धको मुद्दामा जेल सजाय हुने सम्भावना भने न्यून छ । न्यायाधीश जुआन मर्चानले ट्रम्पविरुद्ध जरिवाना हुन सक्ने संकेत गरेका छन् । नवनिर्वाचित राष्ट्रपति ट्रम्प आफूविरुद्धको मुद्दामा फैसला सुनाउने क्रममा व्यक्तिगत रूपमा वा भिडियो कन्फ्रेन्सिङ मार्फत् अदालतमा उपस्थित हुने ठानिएको छ ।य
एजेन्सी । ‘हुन्न’, ‘नाइँ’ वा ‘गर्दिन’ भन्न सजिलो छ जस्तो तपाईंलाई लाग्न सक्छ । तर केही मानिसका लागि ‘नाइँ’ भन्नु भन्दा सहज आफैँलाई चोट पुर्याउनु हुन सक्छ । पत्याउनु भएन ? भारतको गुजरातको यस्तै घटना भएको छ । जागिर छाड्न चाहने एक पुरुषले हाकिमलाई म यो जागिरलाई निरन्तरता दिन्नँ भन्न नसकेर आफ्नो चार वटा औँला काटेका छन् । घटना डिसेम्बर महिनाको शुरुको हो । आफ्नो बायाँ हातको चार औँला काटियो भन्दै सुरतका बसिन्दा मयुर तारापारा पुलिस थाना पुगे ।आफू मोटरसाइकल चढेर साथीको घरमा गइरहँदा रिँगटा लागेको अनि सडकको छेउमा बसेको तर १० मिनेटपछि होस आउँदा चार ओटा औँला काटिएको उनको भनाइ थियो । सुरुमा त प्रहरील
एजेन्सी । हवाई विशेषज्ञहरूले धावनमार्ग (रनवे) नजिकै निर्माण गरिएको 'असामान्य' कंक्रिट पर्खाल र दक्षिण कोरियाको विमान दुर्घटनामा यसको भूमिकाबारे प्रश्न उठाएका छन्। आइतबार भएको उक्त दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो।विमान दुर्घटनाको फुटेजमा जेजु एयरको विमानले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पर्खालमा ठोकिएर आगलागी भएको देखिन्छ। विमान दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका अधिकारीहरूले रनवेको अन्त्यबाट करिब २५० मिटर टाढा कंक्रिटको पर्खाल भएको स्थानबारे अध्ययन हेरिरहेका छन्।वायु सुरक्षा विशेषज्ञ डेभिड लियरमाउन्टले पर्खाल त्यहाँ नभएको भए विमान ‘रोकिने' र धेरैजसो वा सम्भवतः जहा
एजेन्सी । दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो ।दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले जनाएको । दुई जनालाई भने जीवितै उद्धार गरिएको छ । मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो ।पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो । केहीबेरमै विमानस्थल धुवाँको मुस्लोले ढाकेको योनहाप न्युजले जना
एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोही अनुरुप शुक्रबार सबै सरकारी समारोह रद्द गरेको छ ।पूर्व प्रधानमन्त्री सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको हो । भारतीय सरकारले शनिबार राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ ।केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ । कर्नाट
एजेन्सी । डब्लुडब्लुइ सुपरस्टार रे मिस्टेरियो जुनियरका काका तथा प्रसिद्ध मेक्सिकन रेस्लर रे मिस्टेरियो सिनियरको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले डिसेम्बर २०, २०२४ मा यसको पुष्टि गरेको छ। परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै फ्यानहरूसँग यो दुखद खबर साझा गरेका छन् ।मिस्टेरियो सिनियरले मेक्सिकोमा लुचा लिब्रेको रूपमा धेरै लोकप्रियता प्राप्त गरेका थिए। विश्व कुस्ती महासंघ र लुचा लिब्रे एएए वर्ल्डवाइड जस्ता प्रमुख संस्थाहरूसँग उनले च्याम्पियनशिपको उपाधि पनि जिते । लुचा लिब्रे एएए वर्ल्डवाइडलाई प्रायः मेक्सिकोमा डब्लुडब्लुइको समकक्षको रूपमा मानिन्छ।उनले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प
एजेन्सी । भारतको बेंगलुरुमा एआई इन्जिनियरले सुसाइड नोट लेख्दै आत्महत्या गरेपछि प्रहरीले उनकी पत्नीलाई पक्राउ गरेको छ। बेंगलुरु प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इन्जिनियर अतुल सुभाषकी श्रीमती निकिता सिंघानियालाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको हो।भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले निकिता सिंघानियासँगै उनका भाइ र आमालाई पनि पक्राउ गरेको छ। बेंगलुरुको ह्वाइटफिल्ड डिभिजनका डीसीपी शिवकुमारले बीबीसी हिन्दीसँग भनेका छन्, ‘निकिता सिंघानियालाई हरियाणाको गुरुग्रामबाट पक्राउ गरिएको हो। उनकी आमा र भाइलाई उत्तर प्रदेशको प्रयागराजमा पक्राउ गरिएको हो। उनीहरूलाई बेंगलुरु ल्याइएको छ।’उनीहरूल
एजेन्सी । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ। गृह मन्त्रालयलाई उद्धृत गर्दै आधिकारिक साउदी प्रेस एजेन्सीले लागुऔषध तस्करीमा दोषी ठहरिएका तीन जनालाई र अर्का हत्याका अपराधीलाई मृत्युदण्ड दिइएको जनाएको छ। राज्य सञ्चारमाध्यमको रिपोर्टमा आधारित तथ्याङ्कअनुसार यसले यस वर्षका लागि मृत्युदण्डको कूल सङ्ख्या ३०३ पुर्याएको छ।खाडी राजतन्त्रात्मक मुलुक साउदी अरेबियाले सेप्टेम्बर महिनासम्म मृत्युदण्ड दुई सयपटक लागू गरेको थियो।
एजेन्सी । अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको शानदार र अभूतपूर्व जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे ।‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन् । आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताएका छन् । आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भएपनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ ।विभिन्न राज्यमा आफ्नो