All Posts By इटहरी खबर संवाददाता

    Showing २९१-३०० of ३,०८१ items.
  • आजदेखि ऐतिहासिक ‘निसान पदमार्ग’ मा तीन दिने पदयात्रा

    इलाम । पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीन दिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने गणपति प्रल्हद घलेले जानकारी दिए । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ३४९ पटक पढिएको
  • सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी

    गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।मङ्गलबार लामिछाने तर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस सुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । सोमबार र मङ्गलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए ।यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल

    • प्रकाशित मितिः पुस २४, २०८१
    • २०० पटक पढिएको
  • भूकम्पको मनोवैज्ञानिक असर कायमै, किन जान्छ नेपालमा बारम्बार भूकम्प ?

    इटहरी । मंगलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।मङ्गलबारको

    • प्रकाशित मितिः पुस २४, २०८१
    • २५९ पटक पढिएको
  • कोशी राजमार्गमा सवारी चालकको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ जाँच

    मोरङ, बुढीगंगा गाउँपालिका–४ नेमुवामा कोशी राजमार्गअन्तर्गत सवारी चालक र सहचालकहरूको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ जाँच गरिएको छ। सडक दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि आयोजित यो कार्यक्रम मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले सवारी साधन दैनिकी सहज बनाउन महत्त्वपूर्ण भए पनि सवारी दुर्घटना ठूलो चुनौती बनेको बताए। उनले पछिल्लो तथ्यांकअनुसार धेरैजसो दुर्घटनाका कारण चालकको लापरबाही भएको प्रस्ट पारे।स्वास्थ्य परीक्षण शिविरका क्रममा ५५ जना सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षण ग

    • प्रकाशित मितिः पुस २३, २०८१
    • २८८ पटक पढिएको
  • फिदिम नगरपालिका : पूर्वी नेपालको सांस्कृतिक र प्राकृतिक गन्तव्य

    फिदिम । नेपालको सुदूरपूर्वी भूगोलमा पर्ने कोशी प्रदेशको पाँचथर जिल्लाका आठ स्थानीय तहहरूमध्ये फिदिम नगरपालिका एक महत्त्वपूर्ण स्थानीय प्रशासनिक एकाइ हो । सङ्घीय गणतान्त्रिक प्रणालीको संरचना अनुरूप यस नगरपालिकालाई प्रारम्भिक ९ वडाबाट विस्तार गरी हाल १४ वडामा विभाजन गरिएको छ । पाँचथरको सदरमुकामसमेत रहेको यो नगरपालिकाले ऐतिहासिक, सांस्कृतिक र आर्थिक दृष्टिकोणले विशिष्ट स्थान ओगटेको छ ।विभिन्न ऐतिहासिक लेखोटअनुसार फिदिमलाई प्राचीनकालमा ‘फेदेन’ भनिन्थ्यो । लिम्बू भाषामा ‘फे’ को अर्थ मैदान र ‘देन’ को अर्थ ठाउँ हुन्छ । समयक्रममा ‘फेदेन’ शब्द अपभ्रंश भएर ‘फिदिम’ रहन गएको विश्वास गरिन्छ । यस क्षेत

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३९४ पटक पढिएको
  • भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

    सोलुखुम्बु । भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए ।प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक-एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३८५ पटक पढिएको
  • तिब्बत भूकम्प : मृत्तकको संख्या ९५ पुग्यो, कति छन् घाइते ?

    काठमाडौं । चीनको तिब्बतमा आज (मंगलबार) विहान गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ ।मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु (गहिर

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३४२ पटक पढिएको
  • सकियो एमाले बैठक : पार्टीलाई निर्णायक शक्ति बनाउन अभियान चलाउने

    काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । गत आइतबार सुरु भएको बैठक मंगलबार सकिएको नेता महेश बस्नेतले जानकारी दिए । ‘बैठक विभिन्न महत्वपूर्ण समसामयिक प्रस्ताव पारितसहित सकिएको छ । तीन महिने अभियान सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने ।तीन दिनसम्म चलेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसमाथि नेताहरूले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रममा नेताहरूले उठाएको सवालको जवाफ अध्यक्ष ओलीले दिएपछि बैठक सकिएको हो । बैठकमा धेरै नेताहरूले नेतृत्वको शैली परिवर्तनसँगै बैठकको पूर्वसन्ध्यामा डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेन

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४०० पटक पढिएको
  • भूकम्पले कोसी प्रदेशमा ५ घर क्षति : ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित

    इटहरी । मंगलबार बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भुईँचालोका कारण ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन्।भूकम्पका कारण चारवटा घरमा आंशिक क्षति र एउटा घर पूर्ण रूपमा भत्किएको प्रहरीले जानकारी दिएको छ।कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ओखलढुंगामा क्षतिग्रस्त दुई घरमध्ये चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण क्षति भएको छ।ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख निवास, कार्यालय र मेस भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ।ओखलढुंगाको सिद्धिचरण नगरपालिका २ चुहानछापका हिमाल कार्कीको घर, सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ७ ल

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३५३ पटक पढिएको
  • माओवादी बैठक आजै सक्ने तयारी, प्रचण्डको प्रस्तावमाथि २ बजेसम्म बोल्न पाइने

    इटहरी । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ।बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए। बैठक आजै सकाउने माओवादीको तयारी छ। माओवादीका पूर्ण र बैकल्पिकगरी ६१४ केन्द्रीय सदस्य भए पनि छलफलका लागि १८० जनाले मात्रै नाम टिपाएकाले बैठक एक दिनअघि नै सकिने भएको हो। माओवादी बैठकको मिति पुस २१देखि २४ गतेसम्म राखिएको थियो। 

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४०९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल