All Posts By इटहरी खबर संवाददाता

    Showing २८१-२९० of ३,०८१ items.
  • इटहरीको अम्बे सहकारी समस्याग्रस्त घोषित, डुबेकाे ८० कराेड बढी रकम खाेज्दै प्रदेश सरकार

    कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ । केही दिनअघि प्रदेश सरकार आफैले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति बनाएको थियो । समितिले काम थाल्नु अघि नै सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । मंगलबार सरकारले यो निर्णय लिएको हो ।मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार प्रदेश सहकारी ऐनको दफा ८४ को उपदफा (२) मा सरकारले समस्याग्रस्त सहकारीलाई संकटग्रस्त घोषणा गर्ने अधिकार भएको र त्यसरी संकटग्रस्त घोषित सहकारीको व्यवस्थापन सरकारले भर्खरै गठन गरेको समितिले गर्ने जानकारी दिएका छन् ।अम्बे कोशीका सञ्चालकहरूले बचतकर्

    • प्रकाशित मितिः पुस २४, २०८१
    • २४४ पटक पढिएको
  • शीतलहरबाट तराई-मधेसका जिल्लामा जनजीवन प्रभावित

    नेपालगञ्ज । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताए । उनले भने, ‘चिसो र शीतलहरबाट प्रभावित भएका नागरिकलाई जोखिमबाट बचाउन कम्बल भण्डारण गरेर राखिएको छ ।’ बाक्लो हुस्सु र शीतलहरले जन

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ३१२ पटक पढिएको
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : भोलि आदेश आउने सम्भावना

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने समेत आरोपी रहेको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपीहरूको तर्फबाट बहस सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस १६ गते शुरू भएको थुनछेक बहसको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको बहस अन्तिम चरणमा पुगेको छ ।आजै जाहेरवालाका तर्फबाट जवाफी बहस शुरू भएको छ । सरकारी वकिलको जवाफी बहस भने भोलि हुने जिल्ला अदालतले जानकारी दिएको छ । बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ । अब भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सम्भवतः भोलि नै

    • प्रकाशित मितिः पुस २४, २०८१
    • १९४ पटक पढिएको
  • एफ–वान सफ्ट प्रकरण : साढे तीन करोड चोरी आरोप लागेका युवालाई धरौटीमा छाड्न आदेश

    काठमाडौं । आइटी कम्पनी एफ–वान सफ्टको ‘सिष्टम ह्याक’ गरी सिटिजन्स बैंकको खाताको साढे तीन करोड चोरी गरेको घटनामा संलग्न नौं युवालाई धरौटीमा छाड्न आदेश भएको छ । आज (बुधबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले नौं जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो ।राहुल ठाकुर र पुरूषोत्तम शाहसँग ५ लाख, दिपक थापामगरसँग ५० हजार, कमल थापा मगरसँग दुई लाख, त्रिगुणरत्न बज्राचार्य, कृष्णा रमन राउत, संजिवकुमार शर्मा, सन्देश राई र सागर कुमार साहसँग जनही एक लाख धरौटी माग गरेको हो । उनीहरूको बैंक खाता प्रयोग भई त्यस खातामार्फत रकमान्तर भएको देखिएको थियो । साइबर ब्युरोले यस घटनामा अनुसन

    • प्रकाशित मितिः पुस २४, २०८१
    • २०४ पटक पढिएको
  • लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला धरौटीमा रिहा

    इटहरी । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गरेको छ । आज (बुधबार) अदालत हाजिर भएकी कोइरालाको थुनछेक बहसपछि मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनलाई थुनामा बस्नु नपर्ने गरी १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा जोडिएकी अञ्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् । सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ३४२ पटक पढिएको
  • सल्यानमा श्रीमानसँग फोनमा बोल्दा-बोल्दै झगडा परेपछि दुई छोरीको हत्या

    सल्यान । सल्यानमा आफ्नै दुई छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छिन् । बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले जानकारी दिए ।दुई बालिका घरमै मृत भेटिएका थिए । बिहान १० बजेतिर छिमेकीले दुई जना बालिकाको शव घरभित्रै रहेको खबर गरेपछि प्रहरी पुगेको थियो । उनले श्रीमान टेकमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बयानमा बताएकी छन् । उनका श्रीमान कामको शिलशिलामा नुवाकोटमा छन् । बुधबार बिहान साढे १० बजेतिर उनले

    • प्रकाशित मितिः पुस २४, २०८१
    • १९० पटक पढिएको
  • विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्रीको आग्रह

    इटहरी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् । आज (बुधबार) मन्त्रालयमा भेटवार्ताका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री राणाले इजरायली राजदूतसँग जानकारी लिइन् । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त

    • प्रकाशित मितिः पुस २४, २०८१
    • २८८ पटक पढिएको
  • अनकन्टार जंगलमा महिलाको शव फेला , सनाखतको प्रयास हुँदै

    डोटी । डोटीकोजंगलमा एक महिलाको कंकाल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईका अनुसार सडेको अवस्थामा महिलाको शव भेटिएको हो। शवको सनाखत गर्न बाँकी छ। सडेर कंकाल मात्र बाँकी रहेको शव एक महिनाभन्दा पुरानो हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार केआईसिंह गाउँपालिका-६ र ७ को सीमामा पर्ने जंगलमा महिलाको शव भेटिएको हो।कंकाल भेटिएको स्थान घना अनकन्टार जंगलमा पर्छ। प्रहरीलाई सोमबार राति खबर आएको थियो। घाँस दाउराका लागि जंगल जाने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई शव भेटिएको स्थान पुग्नै ७ घण्टा लागेको थियो। भेटिएको कंकाल मंगलबार बेलुका जिल्ला अस्पताल पु¥य

    • प्रकाशित मितिः पुस २४, २०८१
    • २८६ पटक पढिएको
  • ताप्लेजुङ र संखुवासभाको उच्च भूभागमा हिमपात

    इटहरी । ताप्लेजुङ र संखुवासभाका उच्च हिमाली क्षेत्रमा सामान्य वर्षासँगै मंगललबार साँझदेखि हिमपात भएको छ। पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हवल्दार मिलन कटुवालले जानकारी दिए। यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो। हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो। समान्य वर्षा र हिमपात हुन शुरु भएपछि भने केही राहत पुग्ने किसानले बताएका छन्।केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेको पाथीभरा क्षेत्र विकास सम

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ३५७ पटक पढिएको
  • बंगलादेशले गर्‍यो पूर्व प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

    एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज (रद्द) गरेको छ। बंगलादेशका स्थानिय सञ्चार माध्यमका अनुसार शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको हो। तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू रहेका छन् ।उनीहरूमाथि जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोप छ । अब शेख हसिनाले भारतबाट बंगलादेश आउन खोजिन् भने उनलाई तत्काल पक्राउ गरिनेछ । यसअघि मंगलबार बिहान शेख हसिना र अन्य १५ जनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) मा अर्को उजुरी परेको थियो ।

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ३९७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल