इटहरी । पूर्वपश्चिम राजमार्गमा अन्तर्गत मोरङको मालती पुल नजिकै गाडिएको अवस्थामा चार वटा सिलिण्डर बम भेटिएका छन् । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा उक्त बम भेटिएको हो ।पुल नजिकै फेला परेकामध्ये एउटा सिलिण्डर बम डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हाे । बम रहेको हल्ला चलेपछि खोजीका लागि पूर्वपश्चिम राजमार्ग खण्डमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।खोजतलासका क्रममा मालती पुलबाट क्रिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको अवस्थामा बिहीबार दिउँसो चार वटा सिलिण्डर बम फेला परेको मोरङ प्रह
इटहरी । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । यसअघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पूरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।उनका अनुसार परियोजनाहरूको सोकेसिङ, कानुनको संशोधन र खरिद प्रक्रिया मार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको हो । उनले कतिपय कानुन र नीति संशोधनका लागि केन्दीय सरकारका ेसमेत सहयोग चाहिने भएकाले सम्मेलन सार्नुपरेको बताए ।कोशी प्रद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) सम्म थुनछेक आदेश आउने सम्भावना बढेको छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना बढेको हो ।सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्म अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरिएको जानकारी दिएकी छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।
कास्की । सेती नदीको ड्यामबाट खसेका एक २१ वर्षीय युवक मृत भेटिएका छन् । बुधबार साँझ पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेतीको ड्याममा खसेर कैलालीको धनगढी घर भई पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पोखरा–१९ लामाचौरमा डेरा गरी बस्ने संगम पौडेलको मृत्यु भएको हो ।ड्याम मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको थियो । ४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रको भर्खरै सकिएको केन्द्रीय कमिटी बैठकप्रति कडा टिप्पणी गरेका छन् । आज (बिहीबार) बिहान सामाजिक सञ्जालमार्फत् उनले दुवैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आएको टिप्पणी गरेका हुन् । बाहिरी रूप ‘समाजवादी’ देखिए पनि भित्री सार भने ‘नोकरशाही पुँजीवादी’ रहेको आरोप उनको छ ।‘ओली र प्रचण्डका कम्युनिष्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो– बाहिरी रूप समाजवादी भित्री सार नोकरशाही पुँजीवादी !
भोजपुर । भोजपुरमा सडकको मर्मत–सम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् ।कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मत सम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ । पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा रहेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुला–डढुवा सडकको २१ किलोमिटर क्षेत्रमा मर्मतसम्भारका लागि दश जना हेरालु राखिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।हेरालुहरूलाई दश खण्डमा विभाजन गरेर सडक मर्मतसम्भारको काम सुरु गरेका पूर्वाधार कार्यालय प्रमुख राजनराज रे
दिक्तेल । दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमो काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तोडफोड भएको छ । बीपी राजमार्ग अन्तर्गत पात्लेखेतमा विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना १ज ६१७२ नम्बरको टाटा सुमोमा ढुंगामुढासहित तोडफोड गरेका हुन् ।घटनापछि सार्वजनिक भिडियो क्लिपका आधारमा यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो तोडफोड गर्ने नौ जनालाई अहिले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।‘घटना बेलुकाको हो । पक्राउ परेकाहरूलाई कार्यालय ल्याउन
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक दलका निर्वाचनमा कति मत प्राप्त गर्नुपर्ने भनेर थ्रेसहोल्ड राख्न नहुने बताएका छन् । हालको थ्रेसहोल्ड अझ बढाउन लागिएको भन्दै उनले आपति जनाएका छन् ।नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्ने अध्यक्ष राउतको मत छ । सबै वर्ग, समुदाय र क्षेत्रले कम्तीमा आफ्ना समस्या सदनमा राख्न पाउनुपर्ने र यसअनुसार ऐन-कानून बन्नुपर्ने उनलाई लाग्छ । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘सबैले आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस् ।’तर यस विपरीत सरकार अगाडि बढ्
इटहरी । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । आज (बिहीबार) बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरेको हो । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।मोरङ रङ्गेली नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत
विराटनगर - गृह मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई मोरङको प्रमुख जिल्ला अधिकारी (सिडियो)को रूपमा नियुक्त गरेको छ। यादव यसअघि गृह मन्त्रालयमै कार्यरत थिए।यसअघि मोरङका सिडियो रहेका प्रेमप्रसाद भट्टराईलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ। भट्टराईले २०८० पुस २ देखि २०८१ पुस २३ सम्म मोरङको सिडियो भएर काम गरेका थिए। आफ्नो कार्यकालमा उनले कुशलतापूर्वक काम गर्दै सेवाग्राहीहरूको प्रशंसा कमाएका थिए।सहसचिव इन्द्रदेव यादव यसअघि सुनसरी, महोत्तरी, इलाम र चितवनका सिडियोको रूपमा काम गरिसकेका छन्। सिरहा जिल्ला पुख्र्यौली घर भएका यादव हाल विराटनगर महानगरपालिकाको वडा नं. ४ मा स्थायी बसोबास गर्दै आएका छन्।इन्द्रदेव