All Posts By इटहरी खबर संवाददाता

    Showing २६१-२७० of ३,०८१ items.
  • धनकुटामा पिकअप भ्यान दुर्घटना, चालक–सहचालककै मृत्यु

    धनकुटा । धनकुटाको पाख्रिबासमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका–३ स्थित पाख्रिबास–हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुँगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।मृत्यु हुनेमा चालक पाख्रिबास–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लहान–५ का २४ वर्षीय प्रमोद मल्लिक रहेका छन् । सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामाङलाई जिल्ला अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीए

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २९३ पटक पढिएको
  • झापाकाे टिमाई नदीमा पुल बनेपछि हट्यो कृषि उपज बिक्रीको पीर

    झापा । झापा बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ ।पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ गरेका थिए । उनले पुलको आज यहाँ शुभारम्भ गर्दै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्न समेत पुलको निर्म

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २९४ पटक पढिएको
  • फुङलिङको तोक्मेमा धाननाच स्तम्भ

    ताप्लेजुङ । लिम्बू समुदायको संस्कृति संरक्षण गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा तोक्मेमा धाननाच प्रतिमा (ताक्वाजङ याःसक्मादेन) निर्माण गरिएको छ । यो प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको हो । प्रतिमा निर्माणका संयोजक कीर्तिमान मादेनका अनुसार यसबाट लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गरी जीवन्त राख्न योगदान पुर्‍याएको छ । धाननाच प्रतिमा लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई मूर्तरूप दिन खोजिएको छ ।प्रतिमामा दुई महिला र दुई पुरुषले धाननाच गर्दै गरेको दृश्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । मूर्तिकार पूर्ण वनेमको नेतृत्वमा चार जनाको टोलीले काँसको प्रयोग गरी

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २५१ पटक पढिएको
  • हात्तीको उपद्रोबाट हौरान र त्रसित छन राेतहटका स्थानीय

    रौतहट । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् । विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन् । हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन् । हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ।हात्तीको बथानले रौतहटको चन्द्रपुर–३ गैँडाटार र चन्द्रपुर ३ जुडिबेलामा लगाइएको केराखेतीमा क्षति

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २४६ पटक पढिएको
  • अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

    संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झण्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।जिल्ला प्रशासन कार्यालय संखुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँका दरले तोकेको थियो ।प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ३०८ पटक पढिएको
  • रवि लामिछाने आइतबार मात्र काठमाडौं अदालतमा हाजिर हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार (आज) काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका छन् । लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार (हिजो) धरौटीमा छाड्ने आदेश गरेको थियो ।पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् ।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा भएका कारण शुक्रबार हाजिर हुने तयारी थियो । तर, उनी आइतबार मात्र काठ

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २३४ पटक पढिएको
  • कांग्रेस–एमालेबीचको सहमति तल–माथि हुँदैन : मन्त्री गुरूङ

    काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् । आज (शुक्रबार) सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने स्पष्ट पारे ।संविधान संशोधनलई राष्ट्रिय एजेण्डाका आधारमा अघि बढाउनु पर्ने अवस्था रहेकाले केहि समय लाग्न सक्ने उनको भनाइ छ । संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुनसक्ने भएकाले केहि समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुनसक्ने उन

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २८५ पटक पढिएको
  • मोरङका नयाँ सिडियो इन्द्रदेव यादवलाई विराट व्यापार संघद्वारा भव्य स्वागत

    विराटनगर -विराट व्यापार संघ विराटनगरले मोरङका नव नियुक्त प्रमुख जिल्ला अधिकारी (सिडियो) इन्द्रदेव यादवलाई स्वागत तथा सम्मान गरेको छ। बुधवारदेखि मोरङमा सिडियोको पदभार सम्हालेका यादवलाई बिहीबार संघका अध्यक्ष अंशु बन्जाराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङमै पुगेर फूलमाला र खादा ओढाएर सम्मान गरिएको हो।स्वागत कार्यक्रममा संघका अध्यक्ष बन्जारा, उपाध्यक्ष मनोहर कार्की, प्रविण अग्रवाल, सरस्वती ओझा, उपमहासचिव श्यामलाल पौडेल, कोषाध्यक्ष सोनु गुरुङ, प्रमुख कार्यकारी अधिकृत धरणिधर निरौला लगायतका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।इन्द्रदेव यादवले यसअघि रौतहट, सर्लाही, सुनसरी, इलाम र चितवनमा प्रमु

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ५०४ पटक पढिएको
  • ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति

    इटहरी । जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिवलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।मोरङ जिल्ला अदालतका न्यायाधीश पारशमणि पोखरेलको इजलासले पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई पाँच दिन म्याद थप गरेको हो । ठगी आरोप लागेका पोखरेललाई आज बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थि

    • प्रकाशित मितिः पुस २५, २०८१
    • २४० पटक पढिएको
  • रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश

    इटहरी । सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । झण्ड तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् । पूर्व गृहमन्त्री समेत रहेका

    • प्रकाशित मितिः पुस २५, २०८१
    • २१७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल