एजेन्सी । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो आवासीय क्षेत्रमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहेका छन्।पालिसेड्सको आगो रोक्न हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन्। प्यालिसेड्सको आगो १,००० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र ब्रेन्टवुड तर्फ सर्दै छ।पानी अभावका कारण जनतामा बढ्दो आक्रोश देखेर अधिकारीहरू रक्षात्मक बनेका छन्।अहिलेसम्म आगलागीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ।रातमा हावा तीव्र हुन सक्ने सम्भावना छ, जसले गर्दा आगो अझ फैलिनसक्छ।बीबीसीका अनुसार अमेरिकाको नेसनल वेदर सर्भिसले शनिबार र आइतबार हावा फेरि तीव्र हुन सक्ने चेतावनी दिएको छ। क्यालिफोर्नियाक
इटहरी । कोसी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सरकारले सिफारिस गरेको छ। कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिबेशन आगामी माघ ७ गते आह्वान गर्नका लाथि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले मन्त्रीपरिषद् बैठकले हिउँदे अधिवेशकोलागि बैठक आह्वान गर्न सिफारिस गरेको जानकारी दिए।
धनकुटा । धनकुटामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। चौबिसे गाउँपालिका वडा -७ किराँत चोकस्थित अठारसय घरका ६५ वर्षीय मुसलमान तामाङको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। शनिबार घर नजिकै रहेको गोगनेको रुखबाट घाँस झार्नेक्रममा उनी लडेका जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। रुखबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।
इटहरी । गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ। गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ ।एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए । उनी निर्देशित पहिलो चलचित्र ‘वसन्त’ मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो सम
सुवास दर्नालसोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरीर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ । तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ । उमेरले २६ वर्ष मात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो । निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि सङ्र्घषसँग साक्षत्कार गर्नुपर्यो । सानै उ
इटहरी । काठमाडौस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए ।सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर भएका हुन् । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई काठमाडौँ ज
चितवन । पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पंक्षीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।गत वर्ष नभेटिएका दुई प्रजातिका चरा समेत यस पटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए ।यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट) बाट
पथरी शनिश्चरे- पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष निर्मला भट्टराईले आफ्नो पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उनले आफ्नो पद सम्हालेकी हुन्।गत मङ्सिर २९ गते सम्पन्न भएको निर्वाचनबाट पथरी जेसीजको वर्ष २०२४ की महासचिव भट्टराई वर्ष -२०२५ का लागि निर्विरोध निर्वाचित भएकी थिईन।प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्मा को प्रमुख आतिथ्यता तथा कोशी प्रदेश सभाकी प्रमुख सचेतक तथा सांसद गीता तिम्सिना, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, संविधानसभाका सभासदद्वय चण्डी प्रसाद राई र लालबहादुर सुस्लिङ
खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शैंयाको भवन बनाउन असफल भएको हो ।सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्ने गरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मंसिर २९ गते सकिएको छ । १५ शैंयामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शैंयामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुस
इटहरी । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । पछिल्लो तीन दिनयता सुनचाँदीकै भाउ लगातार बढिरहेको छ ।बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।