All Posts By इटहरी खबर संवाददाता

    Showing २४१-२५० of ३,०८१ items.
  • माघीमय भए थारू बस्ती

    कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ । विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरू भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिए ।आज बिहानैदेखि थारू गाउँहरूमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरू भइसकेको थारू अगुवा चौधरीले बताए । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २६४ पटक पढिएको
  • झापामा एमबीबीएस पठनपाठन सुरू, विदेशी पनि आउन थाले पढ्न

    झापा । झापामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस) को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो । काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्ट

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३५५ पटक पढिएको
  • आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

    इटहरी । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुन प्रतितोला १ लाख ५५ हजार ७ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ भने स्थिर रही १ हजार ८६० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदी तोलामा १ हजार ८६०५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ४३३ पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त,कहाँ काे ?

    इटहरी । त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो ।क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ ।त्रिविका प्रवक्ता एमनसिंह बोहोराका अनुसार शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ४९५ पटक पढिएको
  • माघका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

    इटहरी । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलि माघ १ गतेदेखि लागू हुने यो नयाँ दरमा अधिकांश बैंकहरुले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले पुस महिनाको ब्याजदरलाई यथावत राखेका छन् ।दुई बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ । कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.५१ प्रतिशत र संस्थागत खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यो अघिल्लो महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५७ बाट घटेको हो भने संस्थागत खा

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३७५ पटक पढिएको
  • रवि लामिछानेको थुनछेक बहस सुरु, आजै आदेशको सम्भावना

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री तथा रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस सुरु भएको हो । काठमाडौँ जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो ।सुरुमा सरकारी वकिलको तर्फबाट र पछि लामिछानेका कानून व्यवसायीले बहस गर्नेछन् । उनीहरुका लागि न्यायाधीश अधिकारीले समय तोकिदिएका छन् । सरकारी वकिलका लागि २ घण्टा र लामिछानेका वकिलका लागि सवा एक घण्टा तोकिएको छ ।लामिछानेको तर्फबाट सुशील पन्त र रमन श्रेष्ठले बहस गर्दैछन् । समय नै तोकिएकाले आजै थुनछेक आदेश आउने सम्भावना र

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २१० पटक पढिएको
  • प्रजिअ यादवको प्रतिबद्धता: मोरङमा विकास, सुरक्षा र सेवा प्रवाहलाई सन्तुलित बनाउन विशेष ध्यान

    मोरङ– नेपाल सरकारका सहसचिव इन्द्रदेव यादवले मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी सम्हालेसँगै विकास, सुरक्षा र सेवा प्रवाहलाई सन्तुलित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। आइतबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले कानुनको दायराभित्र रही संघीय सरकारको प्रतिनिधिका रूपमा जिम्मेवारी पूरा गर्ने र सबै पक्षको सुझावलाई महत्व दिने बताएका छन्।सन्तुलित भूमिका र कानुनी प्रतिबद्धताप्रजिअ यादवले आफ्नो भूमिकालाई सन्तुलित राख्दै राजनीतिक, प्रशासनिक, र विकास निर्माणका काममा सबै पक्षसँग समन्वय गर्ने उल्लेख गरे।“संघीय सरकारको प्रतिनिधिका रूपमा कानुनको दायराभन्दा बाहिर गएर काम

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ३०७ पटक पढिएको
  • ठेक्का लाग्न नसक्दा धरानकाे बन कार्यालयमा कुहिदै ७ करोडको काठ

    धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।  लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिए ।  दुई दशकदेखिको काठ यहाँ रहेको छ । विशेषगरी मुद्दाको काठ वर्षौँदेखि थन्किएको छ ।  ‘ठेक्का नलाग्दा रु सात करोड बराबरको काठ त्यत्तिकै थन्किएर वन कार्यालयमै कुहिन थालेको छ’, प्रमुख साहले भने ।  अहिले ‘ए ग्रेड’ को प्रतिक्युफिट काठ रु एक हजार दुई

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ३७९ पटक पढिएको
  • सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    इटहरी । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १६०० रुपैयाँ वृद्धि भएको हो ।  जसअनुसार छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो ।  यसैबिच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ५५७ पटक पढिएको
  • क्यानडाको सडकमै बिलाए युवा गायक युनेश गिरी, शव नेपाल ल्याउन आर्थिक संकलन सुरु

    इटहरी । नेपाली युवा गायक युवा युनेश गिरीको क्यानडामा भएको सडक दुर्घटनामा परि निधन भएको छ। गैरआवासीय नेपाली संघ क्यानडा अनुसार त्यहाँकाे  ब्राम्टन शहरमा बसोवास गर्दै आएका उनकाे गत मंगलबार सडक दुर्घटनामा परि निधन भएको थियो। खोटाङ घर भएका गिरी गायक समेत थिए। उनको शव नेपाल फर्काउन गैरआवासीय नेपाली संघ क्यानडाले आर्थिक संकलन अभियान समेत संचालन गरेको छ। परिवारले गिरीको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोगको निम्ति आग्रह गरेपछि ‘गो फन्ड मी’ अभियान संचालन गरिएको संघले जनाएको छ। संघले सक्दो सहयोगको लागि सबैलाई अपिल समेत गरेको छ। 

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ४६० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल