All Posts By इटहरी खबर संवाददाता

    Showing २०१-२१० of ३,०८१ items.
  • बानेश्वरमा विपक्षी दलहरूको बैठक : सरकारमाथी दबाब बढाउन यस्ता कार्यक्रम

    इटहरी । सरकारमाथि दबाब बढाउन विपक्षी ६ दल आज (शुक्रबार) पनि छलफलमा जुटेका छन् । बानेश्वरस्थित संसद भवन परिसरमै विपक्षी दलका नेताको कार्यकक्षमा बैठक शुरू भएको हो । यसअघि पनि विपक्षी दलको बैठकले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै सत्तारुढ दलको विरोध गरेको थियो । बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल सहभागी छन् ।प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रास्वपाबाट कार्यबहाक सभापति डीपी आर्याल र सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङ, न

    • प्रकाशित मितिः माघ ४, २०८१
    • १७० पटक पढिएको
  • झापाकाे कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थपीयाे , १३ वर्ष बित्याे आधा काम पनि भएन

    झापा ।  हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ ।  हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ४७७ पटक पढिएको
  • सुन्दरहरैँचाकाे निर्माणाधीन नाट्यघरमा आगलागी

    इटहरी । मोरङको सुन्दरहरैँचा –८ सलकपुरमा निर्माणाधीन नाट्यघरमा आगलागी भएको छ । बिहीबार अपरान्ह साढ ३ बजेतिर खरले छाएका दुईवटा घरमध्ये एउटा घरमा आगलागी भएको हो । सुन्दरहरैँचा –८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेका अनुसार नगरपालिकाले लिजमा लिएर दुई वटा पौराणिक शैलीका घर बनाएका थियो । बाँस र खरमात्र प्रयोग गरी निर्माण गरिएका दुई घरमध्ये एउटा घर जलेर नष्ट भएको वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । सुन्दरहरैँचा नगरपालिकाको वारुणयन्त्र मर्मतका लागि पठाइएकाले आगजनीबाट घर जोगाउन नसकिएको उहाँले बताउनुभयो । ढिलोगरी बेलबारीबाट आएको वारुणयन्त्र, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ४१३ पटक पढिएको
  • सोलुखुम्बुमा भीरबाट लडेर फसेका जर्मन नागरिकको उद्धार

    सोलुखुम्बु  । सोलुखुम्बुमा भीरबाट लडेर फसेका जर्मन नागरिकको उद्धार गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका –३ मा पर्ने टोकटोक र बैंकरबिचमा रहेको जंगलमा बिहीबार विहान साढे ११ बजे ४१ वर्षीय जर्मन नागरिक माइकल हेनरिचको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।सगरमाथा आधार शिविर भ्रमणगरी लुक्लातर्फ फर्कनेक्रममा बाटो भुलिएर खच्चड हिड्ने पुरानो बाटोबाट जाँदा चिप्लिएर करिब ५ देखि ६ मिटर तल झरी भीरमा अल्झिरहेको अवस्थामा उद्धार गरिएको हो ।फाक्दिन प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बहादुर खड्काको नेतृत्वमा गएको टोलीले स्

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ४०७ पटक पढिएको
  • संखुवासभाको सभापोखरीमा आगलागी : पाँच घर जलेर नष्ट

    संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट रु दुई करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट बाह्रबिसेमा पाँच वटा घर जलेर नष्ट भएका हुन् । आगो नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा निभाइएको थियो । गाउँपालिकाका अध्यक्ष भिम सिङ्थाका अनुसार पाँच घर जलेर नष्ट हुनुका साथै घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्न कसैले झिक्न पाएनन् ।आगलागी पीडितलाई सभापोखरी गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाले पीडितलाई दुई थान ओड्ने र ओछ्याउने कपडा, भान्सामा प्रयोग हुने सामाग्री र खाद्यान्न वितरण गरेको अध्यक्ष सिङ्थाले बताए । अग्नी पीडित आफन

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २६६ पटक पढिएको
  • प्याब्सन नगर कार्यसमिति पथरी शनिश्चरेद्वारा प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट

    पथरी शनिश्चरे - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन)द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन आज बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल टिमहरू विजयी भएका छन् ।   आज बुधबार पथरिशनिश्चरे वडा नम्बर ०१ को जाँते मोडमा आजदेखि सञ्चालित उक्त टुर्नामेन्ट अन्तर्गतको भलिबल ( छात्र) तर्फबाट क्रमश: रेडस्टार, अरुणोदय ,भू.पु.सैनिक र एभरेष्ट बोर्डिङ स्कुल विजयी भए भने भलिबल (छात्रा) तर्फबाट क्रमश: रेडस्टार, अन्नपूर्ण एभरेस्ट र भूपु सैनिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्।यसैगरी,  कुल १६ वटा

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २५६ पटक पढिएको
  • आर्थिक अभावले पाँच वर्षदेखि अधुरै छ माेरङकाे सलहेस मन्दिर

    मोरङ । मोरङको पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । विसं २०७७/७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी धेरै टिकेन । मन्दिर निर्माणको काम अधुरै रह्यो । पाँच वर्षदेखि त्यो काम ठप्पै छ । हालसम्म मन्दिर निर्माणमा कसैले सहयोग नगरेपछि स्थानीय पासवान समुदाय आक्रोशित छ । स्थानीय भागवत पासवानले मन्दिर निर्माण शुभारम्भ भए पनि त्यसले पूर्णता नपाएको र पछिल्लो नेतृत्वले यसतर्फ कुनै चासो नदेखाएको गुनासो गरे ।मन्दिर निर्माणका लागि जग्गादान गरेका दिलीप पासवानले सलहेसको मन्दिर गाउँ

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ४७७ पटक पढिएको
  • बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

    एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित उनको घरमा एक चोरले चक्कु प्रहार गरेका हुन् । खानलाई अहिले मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । चोरले सैफमाथि हमला गरे र त्यहाँबाट भागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।सैफकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपुर र उनका दुवै छोराछोरी पूर्णरुपमा सकुशल छन् । यस हमलामा सैफ मात्र घाइते भएका छन् । मुम्बईमा सैफमाथि भएको हमलाले मुम्बईमा त्रास फैलाएको छ । बान्द्रा प्रहरीले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ५६३ पटक पढिएको
  • पाकिस्तानले भेटायो ठूलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी

    एजेन्सी  । पाकिस्तानको पञ्जाब सरकारले ७०० अर्ब पाकिस्तानी रुपैयाँभन्दा बढीको सुनको ठूलो भण्डार फेला पारेको दाबी गरेको छ । पञ्जाब प्रान्तका खानी तथा खनिज मन्त्री सरदार शेरअली गोर्चानीले पञ्जाबको अटक जिल्लामा २८ लाख तोला (३२ हजार ६५८ किलो) बराबरको सुनखानी फेला पारेको जानकारी दिए ।उनका अनुसार पाकिस्तानको भूगर्भ सर्वेक्षणले गत वर्ष अटकमा सुनको भण्डारको अध्ययन थालेपछि त्यहाँ ठूलो परिमाणमा सुन फेला पारेको हो । मन्त्री गोर्चानीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सो सुनको मुल्य ६०० देखि ७०० अर्ब पाकिस्तानी रुपैयाँ रहेको दाबी गरेका छन ।उनले सुनको लिलामीका लागि सरकारले नियम बनाएको र एक महिनाभित्र

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ३२६ पटक पढिएको
  • जासुसी उपन्यास लेखक दीर्घबाहुको निधन

    काठमाडौं । जासुसी उपन्यासकार भनेर चिनिने पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’ को निधन भएको छ । उनको आज बिहान ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा ब्रजेश खनालले जानकारी दिएका छन् । उनको २०२२ सालमा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो ।त्यसपछि उनले इन्स्पेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छऔंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ उपन्यास लेखेका छन् । यस्तै डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरू’ र ‘नांगिएकी सुन्दरी’ पनि लेखेका छन् ।साथै राम महर्जन सिरिजमा ‘हङकङको व्यापारी’, ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २७४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल