All Posts By इटहरी खबर संवाददाता

    Showing १९१-२०० of ३,०८१ items.
  • रिपोर्ट फ्रम ल्हासा’ नेपालीमा आउँदै

    सुनसरी - राजधानीमा आयोजित समाजशास्त्री डोरबहादुर विष्टको ९८औँ जन्मदिवसमा अंग्रेजी पुस्तक ‘Report from Lhasa’ लाई नेपालीमा ‘ल्हासाको खबर’ नामले अनुवाद गर्ने घोषणा गरिएको छ।बुक हिल पब्लिकेशन र डोरबहादुर विष्ट फाउन्डेसनबीच भएको सम्झौताअनुसार पत्रकार विराट अनुपमले अनुवाद गर्नेछन्। पुस्तक चैतसम्ममा बजारमा आउने जानकारी प्रकाशक प्रतिनिधि भुपेन्द्र खड्काले दिए।डोरबहादुर विष्टका सुपुत्र केशरबहादुर विष्टले पुस्तकले नेपाली पाठकका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा विष्टको जीवनमा आधारित डकुमेन्ट्री ‘म अलम हुन चाहन्छु’ पनि प्रदर्शन गरिएको थियो।

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ६४६ पटक पढिएको
  • चितवन प्रहरीले बुझायो प्रतिवेदन : रविसहित ३१ जना र सात कम्पनीलाई मुद्दा चलाउन राय

    चितवन । चितवनको साहारा सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज (शुक्रबार) प्रतिवेदन बुझाएको छ। प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जना व्यक्ति र सात कम्पनीमाथि मुद्दा चलाउन राय दिइएको छ ।यसअघि गत असोज ८ गते पनि प्रहरीले सहारा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थि

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ४४४ पटक पढिएको
  • जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

    कास्की । कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न सरकारलाई आदेश दिएको छ । आज (शुक्रबार) न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ । उनी मलेसियामा छन् । राहदानी रद्द नभएकै कारण उनलाई मलेसियाबाट नेपाल ल्याउन नसकिएको बताइन्छ ।पाँच सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारले लाम

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ४६५ पटक पढिएको
  • एमाले नेता शंकर पाेखरेलले रिसाउदै भने : माधव नेपाल बाहेक अरु सबै नेतालाई एमालेको ढोका खुला छ

    इटहरी । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल बाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेको ढोका खुला रहेको बताएका छन् । प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्र्याउँदै पोखरेलले माधव नेपालले एमाले फुटाएर ठूलो गल्ती गरेको भन्दै उनका लागि एमालेको ढोका खुला नभएको बताएका हुन् ।नेपालले एमालेबाट अलग्गिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको समेत उनले उल्लेख गरे । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पार

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ३१८ पटक पढिएको
  • हिरासतभित्र रवि सुतेकाे भिडियाे बाहिर ल्याउने डा. निकोलस भुसाल धराैटी बुझाएर छुटे

    इटहरी । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेका डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो । न्यायाधीश शंकरबहादुर राईको इजलासले डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले एक लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।यसअघ

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ३७९ पटक पढिएको
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख घिमिरे: "कारबाही हाम्रो प्राथमिकता होइन, सचेतना र सुरक्षा हो

    मोरङ - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले ट्राफिक प्रहरीले कारबाहीलाई प्राथमिकतामा नराखी सवारी चालकलाई जिम्मेवार र सचेत बनाउनेतर्फ केन्द्रित रहेको बताएका छन्।बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले ट्राफिक व्यवस्थापनको लक्ष्य कारबाही होइन, सडक सुरक्षा सुनिश्चित गर्नु रहेको प्रस्ट पारे।कारबाहीमा कमी र प्रविधिको उपयोगघिमिरेले विगतमा धेरै सवारी साधनलाई कारबाही गरेर देखाउनतर्फ ध्यान दिइए पनि अहिले त्यो प्रवृत्तिमा कमी आएको बताए। "कारबाही भन्दा पनि चालकलाई सचेत बनाउँदै जिम्मेवार बन

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ४७३ पटक पढिएको
  • दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : नमूना लिएर प्राविधिक विज्ञ टोली चीन फर्कियो

    दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमूना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमूना लिएर विज्ञ टोली चीन गएको हो ।खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमूना ‘स्याम्पल’ लिएर चीनको प्राविधिक टोली फर्किएको बताए । उनले भने, ‘विज्ञहरूले चार हजार एक सय तीन सय मिटर गहिराइसम्म खन्दा दुई-दुई मिटरको फरकमा गहिराइबाट गिट्टी र बालुवाको नमूना सङ्कलन गरिएको थियो । प्राप्त नमूनालाई सङ्कलन ग

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ३७३ पटक पढिएको
  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमणबारे सर्वोच्च बारको ध्यानाकर्षण

    इटहरी । सर्वोच्च अदालत बार एशोसिएसनले यही माघ २ गते वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा धम्कीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।एशोसिएसनका सचिव रमणकुमार कर्णले आज जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ जिल्ला अदालतमा चलिरहेको सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा जाहेरवालाका तर्फबाट बहस गरेकै आधारमा बहस पैरवीका बुँदाहरूलाई लिएर अराजक समूहबाट यस बार एशोसिएसनका सदस्य वरिष्ठ अधिवक्ता डा त्रिपाठीमाथि व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।‘कानुन व्यवसायीमार्फत आफ्नो प्रतिरक्षा गर्न पाउने हक नेपालको संविधानले प्रत्या

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ३३९ पटक पढिएको
  • १५–२० दिनमा संसद खुल्छ, त्यहि दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम रोक्नका लागि नभइ गर्नका लागि अध्यादेश ल्याएको दाबी गरेका छन् । सरकारले जारी गरेको अध्यादेश अबको १५-२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने प्रधानमन्त्रीले बताएका छन् ।आज (शुक्रबार) काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनासम्म देशका कामहरू रोक्न नहुने बताए ।‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘१५–२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ३९३ पटक पढिएको
  • भक्तपुरको मनहरा खोलामा शव फेला

    भक्तपुर । भक्तपुरको मनहरा खोलामा एक पुरुषको शव भेटिएको छ । शुक्रबार बिहान करिब ११ः२५ बजेको समयमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनहरा स्थित वीपी आँखा अस्पताल नजिक मनहरा खोलामा ती पुरुषको शव फेला परेको हो ।अन्दाजी ४०-४५ वर्ष जतिको देखिने यकिन नाम थर वतन नखुलेको, अन्दाजी ६ फिट उचाई भएको पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी, डीएसपी ढुण्डीराज नेउपानेले बताए । कालो पाइन्ट, कालो सर्ट र एमिनिटी स्कूल तेस्रेटार भक्तपुर लेखिएको स्कुल बेल्ट लगाएको हुलिया भएको डीएसपी नेउपानेले जानकारी दिए ।

    • प्रकाशित मितिः माघ ४, २०८१
    • २३० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल