All Posts By इटहरी खबर संवाददाता

    Showing १७१-१८० of ३,०८१ items.
  • शेखर कोइरालाद्वारा अध्यादेशको दुरुपयोगप्रति आपत्ति, संसदीय प्रणाली नै उपयुक्त भएको धारणा

    विराटनगर– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशको दुरुपयोग भइरहेको भन्दै यसको विरोध गरेका छन्। विराटनगरस्थित आफ्नो निवासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले देश ठप्प हुने आपतकालीन अवस्थाबाहेक अन्य समयमा अध्यादेश ल्याउन नहुने बताए।“अध्यादेश भनेको संविधानमा रहेको एक आपतकालीन प्रावधान हो। यसलाई संसद्ले काम गर्न नसक्ने अवस्थामा मात्र प्रयोग गर्नुपर्छ। तर, अहिले यसको व्यापक दुरुपयोग भइरहेको छ,” कोइरालाले भने।उनले नेपाली कांग्रेस र नेकपा एमालेको बलियो बहुमत भएको सरकारको बेलामा पनि अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। “जब संसद्मा बहुमत छ, दुई तिहाइ नचाहिँदा पनि ऐन पारित गर्न

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ४८९ पटक पढिएको
  • अमेरिकाले चिनियाँ सामानको आयातमा १० प्रतिशत कर बढाउने

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि चिनियाँ सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको जानकारी दिएका छन्। मेक्सिको र क्यानडाबाट फेन्टनिल औषधि आयात हुने विषयमा चिन्ता व्यक्त गर्दै उनले यो कदम चालेको बताएका छन्। ट्रम्पले यसअघि पनि छिमेकी मुलुकहरूलाई कडा आयात कर लगाउने चेतावनी दिएका थिए। नयाँ करले अमेरिकी उपभोक्ताका लागि चिनियाँ सामान महँगो हुने अनुमान गरिएको छ।

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ४११ पटक पढिएको
  • बार्सिलोनाको रोमाञ्चक जित: बेनफिका विरुद्ध ५-४ गोलको थ्रिलर

    सुनसरी - बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको रोमाञ्चक खेलमा बेनफिका विरुद्ध ५-४ को उत्कृष्ट जित दर्ता गरेको छ। पहिलो हाफमा बेनफिकाले ३-१ को अग्रता लिए पनि बार्सिलोनाले दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।खेलको सुरुमा नै बेनफिकाले आक्रामक खेल देखाउँदै दुई गोल गर्दै बार्सिलोनालाई दबाबमा राखेको थियो। पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले एक गोल फर्काए पनि बेनफिकाले अर्को गोल थप्दै ३-१ को अग्रता बनायो।दोस्रो हाफमा बार्सिलोनाले आफ्नो शैलीमा फर्किँदै लगातार दुई गोल गर्दै खेल बराबरीमा ल्यायो। खेलको अन्त्यतिर दुवै टोलीले थप गोल गर्दै स्कोरलाई ४-४ मा पुर्‍याए। तर ९०+४ मिने

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ४२३ पटक पढिएको
  • कोशी एक्सिलेन्स अवार्ड २०८१: कोशी प्रदेशका उत्कृष्टता सम्मानित गरिँदै

    सुनसरी - इटहरीमा नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर ले फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ आयोजना गर्ने भएको छ।अध्यक्ष पवन अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, कृषि, खेलकुदलगायत १३ विधामा योगदान दिने व्यक्तिहरूलाई पारदर्शी रूपमा चयन गरेर सम्मान गरिनेछ।कार्यक्रम इटहरीको सोल्टी वेस्टेन्ड होटलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ। कार्यक्रम संयोजक विवेक रेग्मीले अवार्डले कोशी प्रदेशको व्यापार र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ५९० पटक पढिएको
  • एमालेबाट निष्कासित रावललाई १,०८६ जनाको समर्थन

    सुनसरी - नेकपा एमालेबाट निष्कासित भीम रावललाई १,०८६ जनाको समर्थन प्राप्त भएको छ। अनेम संघका कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका ८ प्रमुख, वडा कमिटीका २२ पदाधिकारी र ६३७ संगठित सदस्यहरूसहित अन्य पार्टीका ५ व्यक्तिले समर्थन जनाएका छन्। रावललाई एमालेले पुस १० गते पार्टी सदस्यताबाट निष्कासन गरेको थियो।

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ३६५ पटक पढिएको
  • सन्दीप लामिछाने एक खेलका लागि निलम्बित, क्यानले स्पष्टीकरण माग्यो

    इटहरी - जय ट्रफीका क्रममा अम्पायरबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि कारवाही गरिएको छ। क्यानले नियम उल्लंघन भएको भन्दै उनलाई एक खेलका लागि निलम्बित गरेको छ।सन्दीपले क्यानले आयोजना गर्ने आगामी प्रतियोगिताको कुनै एक खेल खेल्न पाउने छैनन्। साथै, उनले उक्त घटनाबारे स्पष्टिकरण दिनुपर्नेछ।

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ४८० पटक पढिएको
  • वामदेव गौतम एमालेमा फर्किने तयारीमा, राष्ट्रिय सभामा पार्टी बलियो हुने

    सुनसरी - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफ्नो पूरानो दल नेकपा (एमाले) मा फर्किन तयारीमा छन्। २०७८ सालमा एमाले छाडेका गौतम आज वा भोलि औपचारिक रूपमा पार्टी प्रवेश गर्नेछन्।गौतमको पुनरागमनपछि राष्ट्रिय सभामा एमाले सांसदहरूको संख्या १२ पुग्नेछ। यसले पार्टीको राजनीतिक र संख्यात्मक प्रभावकारिता बढाउने विश्वास गरिएको छ। हाल गौतमसहित डा. अञ्जान शाक्य राष्ट्रिय सभामा मनोनीत सांसद छन्।गौतमको यो कदमले पार्टीभित्र संगठनात्मक एकता र रणनीतिक बल थप्ने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ४०२ पटक पढिएको
  • धरानमा युवकमाथि खुकुरी प्रहार, ५ जना पक्राउ

    सुनसरी - धरान-१५ का २१ वर्षीय रिजन राईमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा १८ वर्षीय उत्सव मगर, २१ वर्षीया विश्रान्ती मगर, २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र २१ वर्षीय सुदीप तामाङ छन्।घटनापछि घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ। अभियुक्तहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ४५१ पटक पढिएको
  • एपीएफको सातौं जित, प्लेअफ समीकरण पूरा

    काठमाडौ - सातदोबाटोमा एपीएफले पुलिसलाई २–० ले हराउँदै लगातार ७ खेलमा जीत दर्ता गर्‍यो। तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले २१ अङ्क जोडेको छ।अब प्लेअफमा क्वालिफायर–१ खेल शनिवार दशरथ रङ्गशालामा एपीएफ र आर्मीबीच हुनेछ। इलिमिनेटर खेल शुक्रवार पुलिस र बाग्मतीबीच एन्फा कम्प्लेक्समा हुनेछ। फाइनल माघ १६ गते दशरथमा हुनेछ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ४१३ पटक पढिएको
  • मन्त्रिपरिषद्को बैठक बस्दै, संसद हिउँदे अधिवेशन आह्वानबारे छलफल

    सुनसरी - प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ। बैठकमा हिउँदे अधिवेशन आह्वानबारे छलफल गरी राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी छ। ५ महिनादेखि अधिवेशन नबसेको भन्दै आलोचना भइरहेको छ। सरकारले माघ १८ भित्र अधिवेशन सुरु गर्ने योजना बनाएको छ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ३४७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल