All Posts By इटहरी खबर संवाददाता

    Showing १३१-१४० of ३,०८० items.
  • सामाजिक सञ्जाल विधेयकविरुद्ध अनेरास्ववियूको राँके जुलुस

    काठमाडौं- संसद्मा पेस गरिएको सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनेरास्ववियूले काठमाडौंमा राँके जुलुस निकालेको छ।सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै संगठनले त्रिचन्द्र कलेजबाट सुरु भएको जुलुस दरबारमार्ग हुँदै कोण सभामा परिणत गरेको थियो। 

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ३२२ पटक पढिएको
  • राजु ढकाल कोशी प्रदेशबाट नेपाल बार काउन्सिलको पार्षदमा विजयी

    विराटनगर – कोशी प्रदेशबाट नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)को पार्षदमा अधिवक्ता राजु ढकाल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी अधिवक्ता बालकृष्ण आचार्यलाई २७ मतान्तरले पराजित गरेका हुन्।निर्वाचनका लागि विराटनगर, इलाम, झापा, धनकुटा र उदयपुर गरी ५ केन्द्रमा मतदान भएको थियो। अन्तिम मत परिणाम अनुसार ढकालले ४५० मत प्राप्त गर्दा आचार्यले ४२३ मत मात्रै ल्याए। ढकाल नेपाली कांग्रेस निकट डीएलए र नेकपा (एकीकृत समाजवादी) निकट एसपीएलएको गठबन्धनबाट उम्मेदवार बनेका थिए भने आचार्य नेकपा (एमाले), माओवादी केन्द्र, विप्लव समूह, मोहन वैद्य समूह र जसपा निकट गठबन्धनका उम्मे

    • प्रकाशित मितिः माघ २६, २०८१
    • २४६ पटक पढिएको
  • जसपाको केन्द्रीय समिति बैठकको एजेण्डा तय

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन १९–२१ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ। बैठकमा 'जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान' को समीक्षा गरिनेछ। साथै, पालिका समितिका केन्द्रीय अभियन्ताहरूले आफ्नो कार्यक्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनाबारे पनि छलफल हुने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ६९१ पटक पढिएको
  • नेपाल बार काउन्सिलको पार्षद निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

    विराटनगर- नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)को पार्षद चयनका लागि आज (शनिबार) सातै प्रदेशमा मतदान हुँदैछ। प्रत्येक प्रदेशबाट एक जना पार्षद निर्वाचित हुने व्यवस्था छ।देशभरका कानुन व्यवसायीका लागि महत्वपूर्ण मानिएको यो निर्वाचनमा सातवटा प्रदेशबाट १४ जनाले उम्मेदवारी दिएका छन्। दुई प्रमुख गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ— एकातिर नेकपा (एमाले) निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र) निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट पीएलए, मोहन वैद्यनिकट एनपीएलए र जसपा निकट एफएलएस लगायतका ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ समूह छन्। अर्कोतर्फ नेपाली

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ३४१ पटक पढिएको
  • गाजा कब्जा गर्ने ट्रम्पको भनाइले चौतर्फी विरोध

     एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा कब्जा गर्ने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने घोषणा गरेपछि चौतर्फी विरोध भइरहेको छ।ट्रम्पको भनाइविरुद्ध प्यालेस्टाइन, हमास, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, टर्की लगायतका देशहरूले कडा प्रतिक्रिया जनाएका छन्। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र हमासले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन्। रुसी राष्ट्रपति कार्यालयले इजरायल–प्यालेस्टाइन अस्तित्व नै समस्याको समाधान भएको भन्दै ट्रम्पको धारणा अस्वीकार्य भएको जनाएको छ। गाजाका स्थानीयले पनि पुनर्वास योजनाको विरोध गरेका छन्।

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ४९५ पटक पढिएको
  • अर्जुन ट्रफी टी–२० सेमिफाइनलमा न्यु होराइजन बुटवल

    काठमाडौ - सीवाईसी अत्तरियासँग ७८ रनले पराजित भए पनि न्यु होराइजन बुटवल अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न खेलमा अत्तरियाले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रनको बलियो योगफल खडा गर्यो। जवाफमा बुटवलले ८ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो। अब पहिलो सेमिफाइनलमा बुटवलले फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग प्रतिस्पर्धा गर्नेछ, भने दोस्रो सेमिफाइनलमा अत्तरिया र डीसीए धनगढी भिड्नेछन्। प्रतियोगिताको फाइनल माघ २८ गते हुनेछ। विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ।

    • प्रकाशित मितिः माघ २५, २०८१
    • ४०४ पटक पढिएको
  • विराटनगरमा ३७ वटा योग साधना केन्द्र सञ्चालन, पतञ्जलि योग महानगर समितिको नेतृत्वमा योग जागरण अभियान तीव्र

    -बिमला गिरीमोरङ  - विराटनगरमा पतञ्जलि योग महानगर समिति को नेतृत्वमा ३७ वटा योग साधना केन्द्र सञ्चालनमा आएका छन्। पतञ्जलि योग समिति नेपालअन्तर्गत विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूमा यी केन्द्रहरू नियमित रूपमा सञ्चालनमा रहँदै आएका छन्। समितिकी प्रथम अध्यक्ष शिल्पा प्याकुरेल को गतिशील नेतृत्वमा निःशुल्क योग विज्ञान शिविर तथा सह-योग शिक्षक तालिमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।योग जागरण अभियानले गति लिँदैयोग अभ्यासलाई जनस्तरमा पुर्‍याउने उद्देश्यले पतञ्जलि योग समितिले निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ। संयोजकहरूका अनुसार, दैनिक योग अभ्यासले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यम

    • प्रकाशित मितिः माघ २५, २०८१
    • ६३९ पटक पढिएको
  • प्रदेश खबरको नयाँ पहल: सुनसरीका पत्रकारलाई निःशुल्क दुर्घटना बीमा!

    इटहरी - इटहरीबाट सञ्चालित प्रदेश खबर डट कमले आफ्नो वार्षिकोत्सवको अवसरमा सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने घोषणा गरेको छ। नयन एड्भरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीका अनुसार इच्छुक सञ्चारकर्मीले आवश्यक कागजात (नागरिकता, मिडिया हाउसको परिचयपत्र वा सिफारिस पत्र) [email protected] मा पठाउनुपर्नेछ। प्रदेश खबरले फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ पनि आयोजना गर्ने तयारी गरेको छ।

    • प्रकाशित मितिः माघ २४, २०८१
    • ४०२ पटक पढिएको
  • तीन दिवसीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८१ सुरु

    पथरी शनिश्चरे - ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को उद्घाटन भएको छ । आज वडा नं. १ को सुनाखरी माध्यमिक विद्यालयमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को उद्घाटन गर्नुभएको हो । प्रमुख तुम्वापोले भलिबल रेफ्रीलाई दिएर र छेलो हानी खेलको उद्घाटन पनि गर्नुभयो । यसैगरी प्रमुख अतिथि तुम्वापोले मन्तव्यका क्रममा भन्नुभयो–‘छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ विद्यार्थीहरुको एउटा सुवर्ण अवसर हो यस कार्यक्रमलाई सबै

    • प्रकाशित मितिः माघ २४, २०८१
    • ३५८ पटक पढिएको
  • एभेन्टिस ग्र्याजुएट स्कूल र इम्बार्क कलेज बीच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौँ, – सिंगापुरस्थित एभेन्टिस ग्र्याजुएट स्कूल र इम्बार्क कलेज, पुल्चोकबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतामा विद्यार्थी र प्राध्यापकहरूको आदानप्रदान, अनुसन्धानात्मक सहकार्य, उद्यमशीलता प्रवर्द्धन, छोटो अवधिका पाठ्यक्रम सञ्चालन, र जेनेरेटिभ एआई प्रविधिमा सहकार्य गर्ने योजनाहरू समावेश छन्। सम्झौतामा इम्बार्क कलेजका प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुर र एभेन्टिस ग्र्याजुएट स्कूलका जेनेरल म्यानेजर सामुएल टियोले हस्ताक्षर गरेका छन्। यस सहकार्यले विद्यार्थीहरूलाई नयाँ अवसरहरू र अनुसन्धानका सम्भावनाहरू प्रदान गर्ने छ।

    • प्रकाशित मितिः माघ २३, २०८१
    • ३२५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल