इटहरी । आज सुन र चाँदी दुवैको दाम घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ आज तोलामा १०५ रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको दाम प्रतितोला ५ हजार ११५ रुपैयाँ निर्धारण भएको छ ।


















