काठमाडौं। सत्ता सहकार्यको सहमति गरेका एमाले र कांग्रेसका नेताहरू सरकारमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्।एमाले र कांग्रेसका बीचमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिलाई दुवै दलले अनुमोदन गरिसके पनि मन्त्रीहरूको नाम भने टुंगो लाग्न सकेको छैन।ओली र देउवाका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ। सहमतिनुसार सुरुमा ओली प्रधानमन्त्री हुने र त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन्।एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारमा उपप्रधानमन्त्री नराख्नेमा सहमत छन्।उपप्रधानमन्त्री भइसकेका व्यक्तिलाई मन्त्रिपरिषदमा समेट्दा दोस्रो त
इटहरी । बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न नयाँ सत्ता समीकरणको यात्रामा रहेका नेकपा एमाले र नेपाली कांग्रेस दुबैको संसदीय दलको वैठक बस्दैछ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।भोलि (आइतबार) बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो ।बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ म
काठमाडौं । काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (बिहीबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । जसअन्तगर्त मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची आजका लागि तोकिएको छ ।प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणका लागि सोमवार सहमति गरेपछि त्यसलाई अनुमोदन गर्न बैठक बस्न लागेको हो । दुई दलबीच संविधान संशोधनलगायत ‘एजेण्डा’ सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ ।लामो छलफल र गृहकार्यपछि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा
इटहरी । नेपाली कांग्रेससँगको सहमतिको ब्रिफिङ र नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्न एमालेको सचिवालय बैठक जारी छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी छ । आजको बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू फिर्ता बोलाउनेबारे निर्णय हुने बताइएको छ ।सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबा
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै साताभित्र सरकार विस्तार हुने बताएका छन् ।सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार विस्तारबारे केही सैद्धान्तिक कुरा भइसकेको र त्यसकै आधारमा यही साताभित्र सरकार विस्तार गर्ने बताए ।सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले सरकार विस्तार गरिने उनले बताए ।
विराटनगर: नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु भएको छ। शनिवारबाट काठमाडौँको आलोकनगरस्थित पार्टी मुख्यालयमा शुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौता प्रस्तुत गरेका थिए।सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गरेका पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।उनका अनुसार भोलि
विराटनगर : कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा हिक्मतबहादुर कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।कार्कीले आजै नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्छ।प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गरी गएराति संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै शुक्रबारसम्म अर्को सरकार गठनका लागि आह्वान गरेका थिए।केदार कार्की नेतृत्वको सरकारले बहुमत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले उदयपुरगडी गाउँपालिकाका पाँच वटा वडामा वडा सम्मेलन सम्पन्न गरेको छ। भाद्र १६ गते देखि सञ्चालन भएको जनतासँग माओवादी बिशेष रूपान्तरण अभियानको समापनको रूपमा शनिबार उदयपुरगडीका वडा नम्बर १,२,३,४ र ८ मा वडा सम्मेलन सम्पन्न गरिएको हो।१ नं. वडाको वडा सम्मेलम हजारेस्थित जनजाति भवनको प्राङ्गणमा भएको थियो। उक्त समारोहलाइ उदयपुर जिल्ला संयोजक विनोद कुमार कटुवाल र पालिका कमिटी सहसचिवले सम्बोधन गरे। वडा नम्बर १ मा गम्भीर बहादुर लुङेली मगरको अध्यक्षतामा १९ सदस्यिय कमिटी गठन भएको छ।त्यसैगरी वडा नम्बर २ को सम्मेलन घट्टामा भएको थियो। सम्मेलनले बहादुर था
विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार दिउँसोबाट सुरु भएको गणना भर्खरै सकिएको हो । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले ४३९ मत प्राप्त गरे । यस्तै २६ मत भने बदर भएको छ । खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन भने ढकाल केन्द्रीय कमिटी सदस्य हुन् । प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका