इटहरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा बिहीबार थप चार पार्टी समाहित हुँदैछन्।जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।

बिहीबार दिउँसो राष्ट्रिय सभागृहमा कार्यक्रम गरी ती समूहलाई स्वागत गर्न लागिएको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।