इटहरी । नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग एकता गर्ने निर्णय गरेको छ ।अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैंसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै आज एकीकरण गर्ने निर्णय गरेको हो । एकताका लागि दुवै पार्टीका शीर्षनेताले समझदारी गरिसकेकाले बैठकले त्यसलाई अनुमोदन गरेको हो ।राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको हो । नेकपा (एकीकृत समाजवादी)ले आज राष्ट्रिय सभागृहमा
इटहरी डेस्क । सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा ११ बजे बोलाइएको बैठक १ बजेका लागि सारिएको छ ।यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो । विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको
इटहरी डेस्क । घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले तनाव सहन नसकेर पदबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । उनले आफूमाथि छानबिन गर्न पनि आग्रह गरेका छन् ।आज (मंगलबार) बिहान राजीनामा दिएपछि गुप्ताले तीन दिनदेखिको तनावका कारण राजीनामा दिएको बताएका हुन् । ‘राजनीतिक यात्रा लामो छ, भर्खर म ५३ वर्षको भएँ । अहिले केन्द्रीय कमिटी सदस्य छु, पार्टीमा अझ राजनीति गर्न बाँकी छ,’ गुप्ताले भने, ‘यसबीचमा मेरोबारे तथानाम आरोप लागेपछि तनाव सहन नसकेर राजीनामा दिएको हुँ ।’ गुप्ताले आफूले कसैसँग घुस नलिएको दाबीसहित छानबिनका लागि आग्रह गरेका छन् । ‘मलाई
इटहरी डेस्क । सत्तारुढ नेपाली कांग्रेसको अनुशासन समितिले बहुमतको आधारमा डेढ दर्जन नेता–कार्यकर्तामाथि कारबाही गरेको छ ।केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्व रहेको समितिमा बहुमत पक्ष सभापति शेरबहादुर देउवा पक्षका छन्। पाँच सदस्यीय समितिमा ढुंगानासहित केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले संस्थापन पक्षका हुन् । समितिमा संस्थापनइतरबाट सञ्जयकुमार गौतम र राजीव कोइराला सदस्य छन् ।अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी आएका थिए । उजुरी चुनावमा अन्तर्घात गरेका विषयमा अधिकांश रहेको समितिले जनाएको छ । प्राप्त उजुरीमाथि निर्णय लिन ९ देखि १७ असारसम्म अनुशासन समितिको बैठक बसेको
काठमाडाैं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीमाथि हुने भनिएको कारवाही कहाँ पुग्यो ? सर्वत्र जिज्ञासा छ । तर, एक सातादेखि जारी पार्टी सचिवालय बैठकले अहिलेसम्म उनीबारे केही निर्णय गरेको छैन ।असार १४ गते लुम्बिनीमा आयोजित युवा संघको भेलामा उनले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेका कारण उनले पार्टी नेतृत्वबाट बाहिरिनुपर्ने र शीघ्र (अर्ली) महाधिवेशनबाट अर्को नेतृत्व चयन हुनुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।यो कुराले गत साता बजार राम्रैसँग गर्मायो । पार्टीमा बर्खास्ती र चेतावनीमध्ये कुन तहको कारवाही गर्ने विषय उठ्यो । तर, अहिलेसम्म केही निर्णय भएको छैन ।बैठ
इटहरी डेस्क । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिटायरमेन्ट (अवकाश) आफ्नो मर्जीको कुरा भएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रिटायरमेन्टको कुरा उठाएपछि देउवाले यस्तो जवाफ दिएका हुन् ।‘म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे,’ विश्वप्रकाशलाई जवाफ दिँदै देउवाले भने, ‘म अप्ठ्यारो मान्छे हो नि विचार गर्नुस् ।’ देउवाले केही दिनअघि अब आफूले रिटायरमेन्ट लिने बेला भएको बताएका थिए । यसैमा शर्माले धन्यवाद भनेपछि देउवाले यस्तो बताएका हुन् ।देउवाले पार्टी विधान र संविधान अनुसार पार्टीको १५ औं महाधिवेशन हुने पनि बताए ।
इटहरी डेस्क । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो । ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ’, उनले भने ।गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने झाँक्रीको माग थियो ।त्यस क्रममा उनले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने समेत बताएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको
बुढीगंगा गाउँपालिकाले सार्वजनिक गर्यो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमचालू आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ।बुढीगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको सोह्रौं गाउँसभा अधिवेशनमार्फत गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताप्रति उत्तरदायी, पारदर्शी र समावेशी स्थानीय शासन प्रणालीलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।पालिका स्रोत अनुसार चालू आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ। बजेटलाई कृषि, पर्यटन, युवा तथ
इटहरी । भ्रष्टाचार मुद्दाको प्रतिवाद गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा हाजिर हुँदै छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा हाजिर हुन लागेका हुन्। पतञ्जली आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ।
इटहरी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताकै कमजोरीले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्। आज (आइतबार) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। हाल संसद् चल्नु पर्ने जसरी अघि नबढेको उनले बताएका छन्। उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।‘अहिले पनि संसद् हामीले जसरी चलाइरहेका छौँ, यस्तै गरेर संसद् टिक्छ ? लोकतन्त्रमाथि यो व्यापक आक्रमण, गणतन्त्रमाथि आक्रमण हाम्रो कमजोरीले होइन ? हाम्रो आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरता पूर्वक लिनुपर्छ’, उनले भने। सत्ता र शक्तिमा भएकाहरूको इसारामा गोटी बनेर हिँड्दा दिन प्रतिदिन इज्जत क्षय भएर जान