इटहरी । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बनेकोप्रति प्रश्न गरेका छन् ।सोमबार साँझ ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका हुन् ।

सभापति रवि लामिछाने र बालेन्द्र साहले कुलमानलाई उपसभापति बनाउने निर्णय गरेसँगै कुलमान रास्वपामा आफ्नो पार्टी उज्यालो नेपालसहित समाहित भएका हुन् ।गैरदलीय चुनावी सरकारका मन्त्रीले राजीनामा नदिई पार्टी उपसभापति बनेको भन्दै पोखरेलले आपत्ति जनाएका छन् ।

‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु—कति उचित हो ?’, महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।