इटहरी डेस्क । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति एवम् पार्टीका पूर्वउपाध्यक्ष विद्या भण्डारीको सदस्यताबारे प्रशंग उठेको छ ।ललितपुरको भनिमण्डलमा बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्ने कतिपय नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग गरेका छन् ।अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरूले भण्डारीको पार्टी सदस्यता नवीकरण गरेर ससम्मान पार्टीमा ल्याउने निर्णय गर्न ध्यानाकर्षण गराए ।पहिलो दिनको बैठकमा बोलेका ५० जनामध्ये काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य, हरिबहादुर राई, सोम मिश्र, सरिता न्यौपाने,
इटहरी । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले दाबी पेस गर्ने भएका छन् ।नेपाली कांग्रेस र नेकपा एमालेलाई सरकार बाहिर राखेर बाँकी पाँच दलबीच सरकार गठन गर्ने सहमति भएको माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले जानकारी दिए।लोसपा, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच यस्तो सहमती जुटेको हो ।प्रदेस सभामा जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ।५६ सांसद्को बहुमत जुटाएर प्रदेश प्रमुखसँग दाबी पेस गर्न जान लागेको कुशवाहले बताए ।मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत गुमा
पूर्वसभामुख कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ , असोज २६ गतेसुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई आइतबार नेपाल प्रहरीको **केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)**ले पक्राउ गरेको सीआईबीका एआईजी मनोज केसीले जानकारी दिएका छन्।२०७९ साल पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर FZ0587 बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले दुईवटा सुटकेसमार्फत ७३ वटा बट्टामा राखिएका ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएर ल्याइएको अनुसन्धानमा खुलेको थियो।उक्त सुन भन्सारका नासु रेवन्त खड्कासहितको मिलेमतोमा बिक्री
पथरी -मोरङको पथरी शनिश्चरे–१ स्थित वडा कार्यालयलाई सञ्चालनमा सहजता ल्याउनका लागि हाम्रो फाउन्डेशन, पथरी शनिश्चरेले आवश्यक फर्निचर तथा सामग्री हस्तान्तरण गरेको छशनिबार एक संक्षिप्त कार्यक्रमबीच नेपालकी प्रथम शंकराचार्य हेमानन्द गिरीको प्रमुख आतिथ्यतामा सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपस्थित रहँदै शंकराचार्य गिरीले हालैको “जिन्जी” नामक आँधीहुरी (आन्दोलन) का कारण वडा कार्यालयमा भएको तोडफोड, आगजनी र चोरीजस्ता घटनापछि उद्धारका प्रयासमा फाउन्डेशनले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो। उहाँले देश–विदेशमा रहेका दानवीर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहयोग उपलब्ध गराएकोमा हार्दिक आभ
इटहरी । सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा कटौती गरेपछि अब उनको सुरक्षाको जिम्मा पूर्वसैनिक, पूर्वप्रहरी सङ्गठन र एमाले निकट राष्ट्रिय युवा संघ नेपालले लिने भएका छन्।सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था पुनरावलोकन गर्ने क्रममा पूर्व प्रधानमन्त्री ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या घटाएपछि एमालेले यस्तो कदम चालेको हो।पूर्व सैनिक र पूर्व प्रहरी सङ्गठनका अनुभवी सुरक्षाकर्मीहरूले सुरक्षा घेरामा रहने र युवा संघ नेपालका सदस्यहरूले यसमा आवश्यक सहयोग गर्ने गरी तयारी गरिएको जनाइएको छ। हाल ओली भक्तपुरको गुन्डु तथा प्रचण्ड ललितपुरको हात्तीव
इटहरी डेस्क । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन्।जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीलय बैठक बोलाएका हुन्।राष्ट्रपतिको सचिवालयका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार बैठक शुक्रबार दिउँसो चार बजे बस्नेछ। बैठकको लागि प्रधानमन्त्री कार्कीसहित विभिन्न राजनीतिक दलका नेतालाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
इटहरी डेस्क । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यो पटक नगर्ने भएको छ ।केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिले देशवासी शोकमा रहेकाले यस वर्ष दसैँको पूर्णिमाका दिन गर्ने गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने स्पष्ट पारेका छन् ।‘चाडबाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेतमा आगजनी गरि ध्वस्त पारिएको अवस्थाको यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्
इटहरी डेस्क । ६ असोज सोमबार साँझ नेकपा (एमाले)का केन्द्रीय सदस्य रमेश पौडेल सामाजिक सञ्जाल फेसबुकमा लाइभमा आए । २३ गते भएको ‘जेनजी’ विद्रोह र २४ गते भएको विध्वंशको बारेमा कुराकानी गरे । तर, लाइभको क्रममा उनले एउटा अप्ठ्यारो बताए । उनले भने, ‘म नेकपा (एमाले)को केन्द्रीय सदस्य हुँ । मेरो पार्टीले त्यो घटनाको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ला तर मेरो चै कुरो यस्तो छ...... ।’अहिले रमेश पौडेललाई जस्तै नेकपा (एमाले)का अधिकांस नेता तथा कार्यकर्ताहरलाई आइलागेको दुःख यही हो । २३ र २४ को घटना बारेमा नेकपा (एमाले)ले अझै संस्थागत धारणा सार्वजनिक गर्न सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले संबिधान दिवसको
विराटचोकः प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिश गरेकी छिन् । सिफारिश भएका मन्त्रीको शपथ आज हुने बताइएको छ । मन्त्रिपरिषद् दोस्रो पटक बिस्तार भएको हो । प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष आइतबार सिफारिश गरेकी हुन् । बिस्तारित मन्त्रिपरिषद्मा सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, उद्योग वाणिज्य
काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा रासससँग कुरा गर्दै पूर्वराष्ट्रपति डा यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । सबै नेपाली मिल्नुपर्ने र गल्ती गर्नेलाई सजाय हुनुपर्नेमा जोड दिँदै उहाँले अहिले आन्दोलन गर्ने पुस्ता तथा सबैलाई वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न पनि आग्रह गर्नुभयो ।