काठमाडौं । सरकारले जेनजीका विभिन्न समूहहरूबीच सम्झौता गराउने भएको छ । जेनजीका विभिन्न समूहहरुले अलगअलग माग राखेर सरकारलाई अप्ठ्यारो पार्ने र निर्वाचनको वातावरण बिथोल्ने सम्भावना देखेपछि सरकारले ती समूहहरुसँग सम्झौता गर्ने तयारी गरेको हो । ती समूहसँग सम्झौता नगरे त्यसको फाइदा दुर्गा प्रसाई समूहले लिन सक्ने आंशकासहित सरकारले सम्झौताको तयारी गरेको अनुमान गरिएको छ । दुर्गा प्रसाईंले मसिंर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । अहिले जेनजीको आक्रोशलाई मत्थर पार्न नसके त्यसको फाइदा प्रसाईले लिन सक्ने र त्यसबाट आन्दोलन भड्किन सक्ने भन्दै सुरक्षा निकायलेसमेत खबरदारी गरेपछि प्रधानमन्त्री कार
जनकपुरः मधेस प्रदेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ ।सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोजकुमार यादवको नेतृत्वमा आज सानो सरकार गठन भएको हो ।सो सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कञ्चन बिच्छा मन्त्री नियुक्त भएका छन् । संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले हिजो कात्तिक २३ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश
बर्दिबासः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बर्दिबासको एक होटेलमा शपथ लिएका छन् । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमै शपथ गराएकी हुन् ।आइतबारकै मिति राखेर आज सोमबार बिहान बर्दिबासको पानस होटलमा मुख्यमन्त्रीको शपथ गराइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ३० वर्षमुनिका युवाहरूलाई पार्टी केन्द्रीय समितिमा ल्याउन प्रस्ताव गरेका छन्।केन्द्रीय समिति बैठकमा केही दिनअघि महामन्त्री थापाले पेस गरेको प्रस्तावमा विधान संशोधनका विषयहरू समावेश छन् जहाँ युवालाई केन्द्रीय समितिमा स्थान सुनिश्चित गर्नेदेखि चुनावमा उम्मेदवार सिफारिस गर्ने भिन्न तरिकासमेत छ।‘नयाँ परिस्थितमा पार्टीको आमूल सुधार गर्न, सदस्यता खुला र प्रक्रिया सहज बनाउँदै नेतृत्व चयन र निर्णय प्रक्रियामा सदस्यको निर्णयक भूमिका स्थापित गर्न, तहगत प्रतिनिधि र नेतृत्व चयन प्रक्रियाको विधि र संरचना, उम्मेदवार चयनमा प्राइमरीको व्
इटहरी । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् ।उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियो । सिधै आईसीयुमा राखेर उपचार गरिएको थियो र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।संलग्न चिकित्सकका अनुसार उनको मिर्गौला फेल भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस
विराटचोकः जापानमा सनई ताकाइची प्रधानमन्त्री बनेकी छिन् । त्यहाँ महिला प्रधानमन्त्री बनेको यो पहिलो पटक हो ।सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी टाकाइची संसद्को तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।उनले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेकी थिइन् । बहुमतका लागि २३३ मत आवश्यक रहेकोमा त्यो सीमा पार गरेपछि उनी प्रधानमन्त्री बनेकी हुन् ।सन् २०२१ र गत वर्ष गरी दुई पटक दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची गत महिना एलडिपीको नेता चुनिएकी थिइन् ।
विराटनगर । संघीय सरकारको परिपत्रविपरीत कोशी प्रदेश सरकारले ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । अन्तरिम सरकारले ५ असोजमा परिपत्र गर्दै सार्वजनिक सेवालाई चुस्त, छरितो र मितव्ययी बनाउन अनावश्यक संरचना र दरबन्दी घटाउन परिपत्र गरेको थियो ।आज बिहान बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका चार कार्यालयहरूमा ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो ।पर्यटन विकास आयोजना विराटनगर, पर्यटन कार्यालय धरान र काँकडभिट्टा, जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाइ विराटनगरको दरबन्दी स्वीकृत भएको हो । पर्यटन कार्यालय धरान र काँकडभिट्टामा ७÷७ जना
काठमाडौं । नियमित महाधिवेशनको मिति सार्वजनिक गर्न माग गर्दै कांग्रेस कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएका छन् ।महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न पनि उनीहरुले माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका थिए । २८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि बोलाइएको बैठक पनि बस्दै नबसी आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।तालाबन्दीपछि कांग्रेस नेतृत्वलाई केन्द्रीय समितिको बैठक
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गर्नुभएको छ । बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ ।बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ ।प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार