इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल कुनै पनि राजनीतिक गठबन्धनमा नलागी चुनाव लड्ने स्पष्ट संकेत दिएका छन् ।सुनसरीको बराहक्षेत्रस्थित चक्रघट्टीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले कुलमान घिसिङसँग मिलेर चुनाव लड्ने अफर आए पनि त्यसको सम्भावना नभएको बताए । साथै उनले नेपालका ठूला दलहरू ‘चोखो’ नभएको आरोप लगाए ।धरान उपमहानगरपालिका प्रमुख समेत रहेका साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले संगठन विस्तारमा तीव्रता दिएको जानकारी दिए ।निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाए लगत्तै उनी विभिन्न जिल्लामा दौडाह गरिरहेका छन्। पूर्वका आधा दर्जन जिल्लामा पा
इटहरी । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि कुनै पनि तहका बहाल जनप्रतिनिधिलाई उम्मेदवार सिफारिस नगर्ने निर्णय गरेको छ।केन्द्रीय कार्यालयले उम्मेदवार सिफारिस मापदण्ड प्रष्ट्याउँदै समितिहरूलाई पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा कार्यरत जनप्रतिनिधिलाई सिफारिसमा नसमावेश गर्न निर्देशन दिएको छ।‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन।' परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन।’यसअघि १० बुँदे मापदण्डसहित पठाइएको परिपत्रमा ०७९ सालको स्थानीय तह निर्वाचनम
इटहरी । ११औँ महाधिवेशनको संघारमा अध्यक्ष पदका लागि तयारी गरिरहेका नेता ईश्वर पोखरेल नेतृत्वको टिम गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।पोखरेलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र योगेश भट्टराई गुण्डु पुगेका थिए ।महाधिवेशनका विषयमा झन्डै तीन घण्टा कुराकानी भएको स्रोतले जनाएको छ।एघारौँ महाधिवेशनमा तेस्रोपटक अध्यक्षमा लड्ने घोषणा गरिसकेका ओलीलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका छन् । दुवै पक्षले टिम बनाउन सक्रियता बढाएका छन्।ओलीले अन्तिम समयमा मात्र टिम बनाएर धेरै नेतालाई ‘इङगेज’ गर्ने रणनीति लिएको बताइन्छ । पोखरेलतर्फ अवसरको अपेक्षामा रहेका केह
काठमाडौंः सरकारले भदौ २३ गतेलाई जेनजी शहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदीश खरेलले बताए ।भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यहरूलाई फोटो सहितको परिचयपत्र उपलब्ध गराउने समेत निर्णय भएको उनले जानकारी दिए ।मन्त्रिपरिषद्ले गरेको अर्काे निर्णयमा माघ १ गतेदेखि एकै पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत् मात्र गर्ने गरी नगद कारोबारको सीमा निर्धारण भएको छ ।त्यस्
काठमाडौंः ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेद्वारी दिने व्यक्तिका लागि खुला आवेदन आह्वान गरेको छ ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वारी दिन चाहनेले आगामी मंसिर २९ गतेभित्र आवेदन दिन आग्रह गरिएको हो ।निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न सक्ने व्यक्तिहरुबाट उम्मेद्वारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीले जनाएको छ ।उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्र पेश गर्ने उम्मेद
विराटनगरः विभिन्न १५ वामपन्थी राजनीतिक दलहरू मिलेर बनेको नवगठित ‘नेपाली कम्युनिष्ट पार्टी’ले सोमबार विराटनगरमा विशाल ‘एकता सन्देश सभा’को आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजे हुने सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।सभालाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल लगायत एकता प्रक्रियामा सहभागी भएका सबै घटकका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।२०८२ कात्तिक १९ गते १० रा
विराटनगरः यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् ।निर्वाचन समितिका अनुसार खुला तर्फ ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल र दिलिप बगडिया सर्वसम्मत चयन भएका छन् । महिलातर्फ उषा झा र शान्ता डंगोल तथा युवातर्फ मो. हमिद आजाद सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।चयन भएकामध्ये दिलिप बगडिया र शान्ता डंगोल संस्थापान पक्षका नेताहरू हुन् । त्यस्तै, ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो. हमिद आजाद संस्थापना–इतर समूहका नेताका रूपमा चिनिन्छन् ।मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि पदका लागि
इटहरी । मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा मात्रै सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । बाँकी जिल्लामा प्रतिनिधि चयनका लागि भोलि मतदान हुने भएको छ ।सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, डुफकुमार बास्तोल, डि. बि. रानापाल, कल्पना राई, मोहनकुमारी कार्की र जगनाथ बास्तोला प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।अधिवेशनका लागि भूगोलबाट २२९ जना, जिफन्ट (ट्रेड युनियन) बाट ७ जना र प्रदेश कमिटीबाट ५ जना गरी करिब २४१ प्रतिनिधि सहभागी हुनेछन् ।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको गृह जिल्ला मोरङबाट ४६ प्रतिनिधि चयनका लागि १४५ जनाले
इटहरी । नेपाली कम्युनिष्ट पार्टीका तीन जना केन्द्रीय सदस्यसहित १० नेताले सो पार्टी परित्याग गरेका छन् ।पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेकपाबीच प्रदेश समितिहरू समायोजन भइहँदा लुम्बिनी प्रदेशका प्रभावशाली १० नेताले पार्टी छोडेको घोषणा गरेका हुन् ।बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् । केन्द्रीय सदस्यहरू वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकले पार्टी परित्याग गरेका हुन् । त्यस्तै पार्टी छाड्नेहरूमा प्रदेश कार्यालय प्रमुख सचिव यज्ञ पोख्रेल, लुम्बिनी प्रदेश सदस्यद्वय कृष्ण भण्डारी र भक्तबहादुर
इटहरी । नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ३ बाट ९ जना प्रतिनिधिका लागि ३७ जनाले क्षेत्रीय निर्वाचन समिति बेलबारीमा उम्मेद्वारी दर्ता गराएका छन् ।निर्वाचन समितिका संयोजक गणेशप्रसाद दाहालका अनुसार ४० वर्षमुनिका युवाको १ जना कोटामा ६ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । जसमा विजय डाँगी, हिमालय थापा (पर्वत), भविन पाण्डे, निरजकुमार ढकाल, प्रदीप नेपाल र नवीन पौडेल रहेका छन् । त्यसैगरी, ३ महिला कोटामा ७ जनाको दाबी परेको छ जसमा धनमाया तामाङ, यमुना विष्ट, यशोदा लिम्बू, सीता तामाङ, दुर्गा सुवेदी (दङ्गाल), रत्नदेवी गुरुङ (मधु) र अञ्जु सिग्देल रहेका छन् ।खुला कोटाका