इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही ४ बाट उम्मेदवार हुने भएका हुन् ।
थापा ०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट संविधान सभा सदस्य निर्वाचित भए। ०७० को संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट अत्यधिक मतले निर्वाचित भएका थिए। ०७३ सालमा नौ महिना स्वास्थ्य मन्त्री बनेका थापामा ०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि काठमाडौं –४ बाट पुनः निर्वाचित भए। उनी २०७९ पनि काठमाडौं ४ बाट नै निर्वाचित भए ।


















