इटहरी । रवि (आइत) बार बिहानै रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच ७ बुँदे सहमति भएको छ ।आइतबार बिहान ४ बजे भएको सहमतिमा पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै रहने बुँदा उल्लेख छ । रवि लामिछानेले पार्टीको नेतृत्व गर्ने र बालेन शाहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि सारिने सहमति भएको छ ।सो सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहले हस्ताक्षर गरेका छन् ।
काठमाडौंः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सम्हालेका तीनवटा मन्त्रालयमा रहेर पछिल्लो सय दिनमा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले आफूले सम्हालेका तीनवटा मन्त्रालयमा सय दिनमा १०१ काम गरेको दाबी गरेका छन् । आफूले तीन वटा मन्त्रालय सम्हालेलगत्तै मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको उपस्थिति कागजमा सीमित नरहेको उनले बताए ।यस्ता छन्, मन्त्री घिसिङले सम्हालेका तीनवटा मन्त्रालयमा सय दिनमा भएका १०१ कामऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय१) विगत लामो समयदेखि
इटहरी । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले राजीनामा नदिए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।सर्वदलीय सरकार गठनको माग गरेर राष्ट्रपति रामचद्र पौडेललाई १३ सुत्रीय मागपत्र बुझाएका विप्लवले १० दिनसम्म पनि मागबारे छलफल र सुनुवाई नभए आन्दोलनमा जाने बताएका हुन् ।बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई पनि भेटेर आफ्ना कुरा राख्न बताए ।‘राष्ट्रपतिलाई १३ सूत्रीय माग प्रस्तुत गरेका छौँ। हामी प्रधानमन्त्रीज्यूलाई पनि भेटेर मागपत्र प्रस्तुत गर्दछौँ। १० दिनसम्म पनि मागपत्रमा छलफल चलाइएन र सुनिएन भने नेपाली जन
हजारौँ वर्षको इतिहाससहित आफ्नै लयमा आफ्नो समग्र सत्वसहित उपस्थित नेपाल एउटा गौरवमय समाज हो । यो देशको प्रत्येक जाति एउटा सभ्यताको रूपमा उपस्थित छ । यस देशमा दर्जनौँ भाषिक राष्ट्रियताहरू सगौरव क्रियाशील छन् । त्यसैले नेपाल बहुराष्ट्रिय राज्य हो । विश्वमा विकसित पाँच महासभ्यताहरू नेपाल भूमिमा विभिन्न कालान्तरमा प्रवेश गरी महासभ्यताहरूको एक सङ्गम थलोका रूपमा नेपाल अवस्थित छ । नेपाल समग्र सांस्कृतिक र भौगोलिक रूपमा जति उर्वर छ, त्यति नै विभिन्न अन्तर्विरोधमा पनि जेलिएको छ । नेपाली समाजमा रहेका अन्तर्विरोध वा समस्याहरूलाई समाधान गर्न पटक पटक राजनीतिक प्रणाली फेरिएका छन् । तर त्यो समाधान हुनुको साटो
इटहरी ।कोसी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकारले पूर्वाधार अभावको बहाना देखाएर संसद अधिवेशन छल्न खोजेको आरोप लगाएका छन्।विराटनगरमा संसदीय पत्रकार मञ्चसँग कुरा गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि क्षतिग्रस्त भएको संसद भवन मर्मतमा सरकारले इच्छाशक्ति नदेखाउनु रहस्यमय भएको बताए। विपक्षीले उठाएका भ्रष्टाचार र बेथितिका प्रश्नहरूको सामना गर्न डराएर मुख्यमन्त्रीले हिउँदे अधिवेशन आह्वान गर्न ढिलाइ गरेको उनको दाबी छ।नेता आङ्बोले सरकारका मन्त्री र सचिवालयभित्रै चरम आर्थिक अनियमितता र अराजकता मौलाएको बताए। मुख्यमन्त्री कार्यालयबाटै क्यूआर कोड मार्फत
इटहरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५औँ महाधिवेशन सर्न सक्ने बताएका छन्। बुधबार आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक कार्यक्रममा बोल्दै डा. कोइरालाले क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइले महाधिवेशन सर्न सक्ने बताएका हुन्। ‘अधिवेशन केही लम्बिन सक्छ,’ उनले भने, ‘मैले सार्न खोजेको होइन, म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हो।’कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम तोकिएको समयमा सकिएको छैन। मंगलबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक नवीकरणको समय पुस ९ गते मध्याह्न १२ बजेसम्म थपेको छ। यसअघि पुस मसान्तभित्र नवीकरण विवरण पठाइसक्ने समय तोकिएको थियो। 
इटहरी । नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा १९ जना पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी सदस्य चयन भएका छन्। तेस्रो कार्यकालको लागि प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।त्यस्तै, उपाध्यक्षमा गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्।महासचिवमा शंकर पोखरेल दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन्।यसैगरी, उपमहासचिवमा योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका छन्।सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, र
इटहरी । आसन्न महाधिवेशनमार्फत् नेपाली कांग्रेस मोरङका सभापति तथा पूर्व मन्त्री डिगबहादुर लिम्बू कोशी प्रदेश सभापतिको आकाङ्क्षासहित आन्तरिक दौडधुपमा क्रियाशील हुन थालेका छन् । लिम्बू शेखर कोइराला पक्षधर नेताका रूपमा चिनिन्छन् । लिम्बूले आगामी प्रदेश अधिवेशनमा कोशी प्रदेश सभापतिका लागि प्रतिस्पर्धा गर्ने तयारीसहित शेखर कोइरालालाई पार्टी सभापति बनाउनुपर्ने धारणा राख्न थालेका छन् । प्रतिनिधि छनोट प्रक्रिया सकिएपछि पार्टीको कोशी प्रदेश सभापतिका लागि औपचारिक रूपमा प्रतिस्पर्धामा उत्रने उनले सङ्केत गरेका हुन् । लामो समयदेखि सङ्गठन निर्माणमा सक्रिय, अनुभवी नेता तथा पूर्व मन्त
काठमाडौंः नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् ।निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् ।केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।एमालेको एघारौं महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतबापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सो आदेश दिएको हो ।