राजनीति

    Showing ५११-५२० of ७८० items.
  • निर्वाचन आचारसंहितामा समेटिएका तीन नयाँ विषय

    विराटचोकः निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ । आचारसंहिता माघको पहिलो साताबाट लागू गर्ने तयारी आयोगको छ ।स्वीकृत भएको आचारसंहिता आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको आयोगले आचारसंहितामा तीन वटा नयाँ विषय समेटिएको छ ।निर्वाचन आयोगले एआईको दुरूपयोगलाई आचारसंहिताको दायरामा ल्याएको छ । सामाजिक सञ्जालको प्रयोगसम्बन्धी व्यवस्थामा एआई दुरूपयोगलाई समेटिएको हो । आयोगले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालको दायरा फराकिलो पारिएको उल्लेख छ ।त्यस्तै, निर्वाचन सामग्री प्रयोगमा हरित सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । अर्थात् प्लास्टिकजन्य सामग्री प्रयोग

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २७३ पटक पढिएको
  • समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक, देखिएनन् बालेन

    इटहरी । प्रतिनिधि सभा चुनावका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक सूचीलाई अन्तिमरुप दिन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा हालै रास्वपामा समाहित भएका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह भने उपस्थित भएका छैनन्। रास्वपा  सभापति रवि लामिछाने र मेयर शाहबीच आइतबार एकताको सहमति भएको थियो। जस अनुसार रवि सभापति हुने र बालेन आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवार तथा संसदीय दलको नेता हुने सहमति बनेको छ। बालेनलाई रविपछिको वरीयता दिने समेत समझदारी भएको थियो। तर, एकतापछिको पहिलो केन्द्रीय समि

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २५२ पटक पढिएको
  • रबि, बालेन र कुलमानबीच आइतबार मध्यरातसम्मको प्रयास विफल, आज बिहान पनि वार्ता हुँदै

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म भएको एकता वार्ता विफल भएको छ । आज बिहान अन्तिम प्रयास हुने बताइएको छ ।निर्वाचन आयोगमा समानुपातिक उम्मेद्वारको बन्दसूची पेश गर्ने आज अन्तिम दिन भएकाले मिलनको अन्तिम प्रयास हुने बताइएको छ । यसअघि भएका छलफलमा प्रगति नभएपछि आइतबार बिहान रवि र बालेनबीच एकताको सात बुँदे सम्झौता भएको थियो ।सो सम्झौतापछि जेनजी युवा अगुवाहरुले कुलमानसँग पनि मिल्न दबाब सिर्जना गरेपछि उनीसँगको छलफलले आइतबार पनि निरन्तरता पाएको थियो । तर पार्टीमा कुलमानलाई कुन पद दि

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २६८ पटक पढिएको
  • सामाजिक अभियन्ता आशिका तामाङ प्रत्यक्षबाट चुनाव लड्ने

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी निर्वाचनमा समानुपातिकर्फतबाट उम्मेद्वार बन्न गरेको प्रस्ताव अस्वीकार गर्दै प्रत्यक्षतर्फबाट चुनाव लड्ने बताएकी छिन् ।हिजो साँझ बालेनसँग छलफल गर्नुअघि तामाङले आफ्नो सामाजिक सञ्जालमार्फत एउटा पोल बनाएर आफू प्रत्यक्षमा निर्वाचनमा जाँदा हुन्छ कि समानुपातिकबाट उम्मेद्वार बन्ने भनेर मत मागेकी थिइन् । सो क्रममा ९२ प्रतिशतले प्रत्यक्ष निर्वाचन लड्न सुझाव दिएका थिए ।सोही पोलको मतलाई आधार मान्दै आफू समानुपातिकमा होइन प्रत्यक्षतर्फबाट निर्वाचन लड्ने भनेर बालेनलाई जानकारी गरा

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २४१ पटक पढिएको
  • एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिश

    विराटनगरः नेकपा एमाले मोरङले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेद्वारका लागि २९ जनाको नाम सिफारिश गरी केन्द्रमा पठाएको छ ।एमाले स्रोतका अनुसार समानुपातिकको खुलातर्फ एमालेका निवर्तमान उपाध्यक्ष गुरु बराल, मोरङ जिल्ला कमिटीका पूर्वअध्यक्ष नरेश पोखरेल, बाबुराम कार्की र हरि घिमिरेको नाम सिफारिश गरिएको छ ।महिलातर्फ उर्लाबारी नगरपालिकाकी पूर्व उपप्रमुख लक्ष्मी भण्डारीका साथै सरस्वती खरेल, विमला घिमिरे र अञ्जु उपाध्यायको नाम सिफारिश गरिएको छ । आदिवासी ÷जनजातितर्फ ज्ञानेश्वर राजवंशी, भुवनसिंह राई, भूराज राई र इर्जालाल राजवंशीको नाम सिफारिश भएको छ ।जनजाति\आदिवासी महिलातर्फ धना

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २६५ पटक पढिएको
  • रवि–बालेन सहमतिपछि शंकर पोखरेलकाे प्रतिक्रिया : ‘भदौ २३–२४ षड्यन्त्रको दोस्रो चरण सुरु’

    इटहरी । आगामी निर्वाचनमा एक भएर लड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’बीच सहमति भएपछि नेपालको राजनीतिमा तरंग छाएको छ। यस विषयमा अहिलेसम्म खासगरी नेकपा एमालेका नेताहरूले टिकाटिप्पणी गरिरहेका छन्। यस क्रममा एमालेका महासचिव शंकर पोखरेलले त ‘भदौ २३ र २४ गतेका विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक क्रमशः सार्वजनिक हुँदै गएको’ र ‘षड्यन्त्रको दोस्रो चरण सुरु भएको’ आरोप लगाएका छन्।यद्यपि उनले प्रत्यक्ष रूपमा प्रसंग उल्लेख गरेका छैनन्। ‘भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवा

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २०३ पटक पढिएको
  • रवि–बालेन सहमति हुँदा बिच्किए कुलमान , दिए यस्ताे प्रतिक्रीया

    इटहरी । शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच आगामी निर्वाचनमा मिलेर जाने सम्भावना खोज्न छलफल सुरु भयो । छलफलमा प्रवेश गरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ।छलफल सुरुमा बालेन र कुलमानबीच थियो । रवि पनि थपिएपछि त्रिपक्षीय भयो । आइतबार बिहान उज्यालो हुँदा नहुँदै रवि र बालेनबीच सहमति भयो, कुलमान बाहिरिए ।यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र देश विकास पार्टी अघि सारेका बालेनबीच पटक– पटक छलफल हुँदै आएको र सहमतिनजिक पुगेका समाचारसमेत आइरहेका थिए । कुलमान र रविबीच भने खासै छलफल भएको थिएन ।तर, अन्ततः रवि र बालेन

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २०२ पटक पढिएको
  • प्रभु साह र सर्वेन्द्र खनालको पार्टीसहित डेढ दर्जन दलबीच सहकार्य, समन्वयको जिम्मा ऋषि धमलालाई

    इटहरी । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालसहित करिब डेढ दर्जन दल र अभियानबीच सहकार्यका लागि पहल सुरु भएको छ ।शनिबार काठमाडौंमा भएको एक भेलाले आगामी फागुन २१ गतेको निर्वाचनमा मिलेर जाने सहमति गर्दै ती दलहरूबीच समन्वय गर्ने जिम्मा पत्रकार ऋषि धमलालाई दिएको छ ।जेन–जी आन्दोलनपछि जन्मिएका र केही पूराना दलबीच पनि चुनावमा सहकार्य गर्नेबारे छलफल भएको छ । उनीहरूले सकेसम्म समानुपातिकतर्फ नै सबैलाई समेटेर जानेगरि सहमति गरेका हुन् ।प्रत्यक्षतर्फ तालमेल गर्ने छलफलमा सहभागी विभिन्न डेढ दर्जनभन्दा बढि दलका नेताहरुबीच समझदारी बनेको छ । सबै दलला

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २०८ पटक पढिएको
  • कलाकार निश्चल बस्नेतलगायतका व्यक्ति रवि–बालेन सम्झौताका साक्षी

    काठमाडौंः रातभरको छलफलपछि लामो समयदेखि प्रयास हुँदै आएको रास्वपा र बालेन शाहबीचको एकता सम्भव भएको छ । उनीहरुबीच आज बिहान ४ बजे सात बुँदे सम्झौता भएको छ । सम्झौतामा लेखिएअनुसार भावी प्रधानमन्त्रीको रुपमा बालेनलाई अघि सारिने भएको छ ।हस्ताक्षर कार्यक्रममा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरु स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह लगायत सहभागी थिए । यसैगरी कुमार बेन, सुदीप ढकाल, जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेत लगायत सहभागी थिए ।सम्झौता पत्रमा हस्ताक्षरपछि रवि र बालेनले अंगालो हालेका थिए । त्यसपछि अन्य सहभागीहरुले सामूहिक फोटो खिचाएका थिए ।बालेनसँगको सम्झौतापछि रास

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २४२ पटक पढिएको
  • केके छन् रवि र बालेनबीच भएको ७ बुँदे सहमतिका बुँदा

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयरबीच हिजो शनिबार बेलुकादेखि भएको छलफल आज बिहान ४ बजे सकिएको छ । रातभर भएको छलफलपछि ७ बुँदे सहमतिपत्रमा दुवै जनाले हस्ताक्षर गरेका छन् ।सहमतिमा केन्द्रीय समिति लगायतका विषय उल्लेख नभए पनि बालेन साहका तर्फबाट केन्द्रीय सदस्थ थपेर निर्वाचन आयोगमा अद्यावधिक गर्ने समझदारी भएको छ ।पार्टीको संगठनात्मक संरचनालाई फराकिलो बनाउने र त्यसमा युवा अभियानकर्मी एवं अनुभवी विज्ञलाई समायोजन गर्ने सहमतिमा उल्लेख छ । साथै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने जनाइएको छ ।यस्तो छ सहमतिपत्रराष्ट्र

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २३० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल