राजनीति

    Showing ५०१-५१० of ८५८ items.
  • रविविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

    इटहरी । महान्यायाधिवक्ता कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन स्वीकृति दिएको छ ।यो निर्णयपछि कास्की, रुपन्देही, काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले सम्बन्धित अभियोग फिर्ता लिनेछन् । ती अदालतमा दायर अभियोगपत्र संशोधन गरिनेछ।महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सहकारी ठगीको मुद्दा भने यथावत् रहने स्पष्ट पारिन्। उनले भनिन्, ‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने गरी मात्रै आरोप पत्र संशोधन गर्ने स्वीकृत दिइएको हो ।’बरालले बुधबार चारवटा जिल्

    • प्रकाशित मितिः माघ १, २०८२
    • २६७ पटक पढिएको
  • यो हो गगन-विश्व नेतृत्वकाे नयाँ नेपाली कांग्रेस हाँक्ने टिम ( सुचि सहित )

    इटहरी । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ। विशेष महाधिवेशन पक्षका नेताहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको निर्णय संस्थापन पक्षले गरेपछि पार्टी विभाजित भएको हो।काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले महामन्त्री गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । उपसभापतिमा फरमुल्लाह मन्सुरलाई चयन गरेको छ। अर्का उपसभापति महामन्त्री शर्मालाई बस्न सभापति थापाले अनुरोध गरीरहेका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ ।हेर्नुस सुची १ सभ

    • प्रकाशित मितिः माघ १, २०८२
    • १८० पटक पढिएको
  • कांग्रेसको कलह, अब निर्वाचन आयोग र अदालततिर : कानुनले के भन्छ ?

    इटहरी । प्रतिनिधिसभा निर्वाचनको मुखमा नेपाली कांग्रेस विभाजन भएको छ। विशेष महाधिवेशन पक्षका नेताहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको निर्णय संस्थापन पक्षले गरेपछि पार्टी विभाजित भएको हो।योसँगै अब कांग्रेसको कलह निर्वाचन आयोग र अदालततिर जाने निश्चित छ ।आधिकारिकताको दाबी गर्दै नेपाली कांग्रेसको दुवै पक्षले निर्वाचन आयोगलाई पत्राचार गरेको छ। संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भएको भनेर पत्र लेखेको छ, विशेष महाधिवेशन पक्षधरले बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएकाले आफूहरू आधिकारिक भएको दाबी गरेको छ।राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ९ को दफा ४३ मा वि

    • प्रकाशित मितिः माघ १, २०८२
    • २६२ पटक पढिएको
  • कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

    काठमाडौंः पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पुस ३० गते सर्वसम्मत रुपमा गगन थापालाई पार्टी सभापति चयन गरेको छ ।पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा पक्षसंगको विवादका बीच विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको हो । केन्द्रीय कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।त्यस्तै, सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदयशम्शेर जबरा, मधेसीतर्फ मुक्ताकुमारी या

    • प्रकाशित मितिः माघ १, २०८२
    • १६२ पटक पढिएको
  • गगन-विश्वले कब्जा गर्ने डरले देउवा पक्षका डेढसय कार्यकर्ता पार्टी कार्यालयमै सुते

    इटहरी । नेपाली कांग्रेस औपचारिक विभाजनको नजिक छ। राजनीतिक रुपमा विभाजन भइसके पनि कानुनी रुपमा केही प्रक्रिया बाँकी छ। शेरबहादुर देउवा र गगन थापाको नेतृत्वमा कांग्रेस छुट्टा छुट्टै समूहमा विभाजन भएसँगै पार्टी कार्यालय, रुख चुनाव चिह्न र चारतारे झण्डाको विवाद सुरु भएको छ।अहिले दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। कांग्रेस मुख्यालय सानेपामा मंगलबार रातिदेखि नै शेरबहादुर देउवा पक्षका कार्यकर्ताले अड्डा जमाएका छन्।गगन थापा समूहले पार्टी कार्यालय कब्जा गर्ने डरले मंगलबार राति डेढसय कार्यकर्ता पार्टी कार्यालयमै सुतेको सुरक्षा स्रोतले जानकारी दिएको छ। ‘हिजो राति डेढसयजति कार्यकर्ता पार्टी कार्य

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २०६ पटक पढिएको
  • विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन

    इटहरी । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो।  नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको बताए। अन्य पदाधिकारी टुंगो लगाउन गगन थापा र पदाधिकारीका उम्मेदवारबीच छलफल भइरहेको छ।निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो। जसमा महामन्त्रीका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका हुन्। कांग्रेसमा दुई महामन्त्री रहने व्यवस्था छ। कांग्रेसको १४औँ महाधिव

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • १९८ पटक पढिएको
  • भृकुटीमण्डपमा कानुन व्यवसायीको तर्क: पुरानो कार्यसमिति विघटन भइसक्यो, कारबाही गर्न सक्दैन

    इटहरी । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति विघटन भइसकेकाले यसले गरेको कारबाही वैधानिक नहुने कानुन व्यवसायीले तर्क गरेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशनले पुस २७ गते नै उक्त समिति विघटन गरिसकेकाले यो समितिले अब कारबाही गर्न नसक्ने उनीहरूको तर्क छ। विशेष महाधिवशनस्थल भृकुटीमण्डपको मिडिया सेन्टरमा कुरा गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पुरानो समिति विघटन भइसकेको जानकारी निर्वाचन आयोगमा पुगिसकेकाले आयोगले त्यही अनुसार अध्यावधिक गर्नु पर्ने बताए। विशेष महाधिवेशनले विधान संशोधन गरिसकेको र अब सोही अनुसार नयाँ कार्यसमिति

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २७२ पटक पढिएको
  • हामी आधिकारिक कांग्रेस हो, रुख र चारतारे झण्डा हामीसँग छ : गगन थापा

    इटहरी । कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाएको भन्दै आफूहरू आधिकारिक भएको बताएका छन् । देउवा समूहको केन्द्रीय समितिले गगन थापा र महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्कासन गरेलगत्तै थापाले यस्तो बताएका हुन् ।थापाले भने, ‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर गएका थिए। अब अल्मलिनुपर्ने अवस्था छैन। विशेष महाधिवेशनको मनोनयनको काम सकियो, नामावलीहरू सार्वजनिक हुँदैछ। संवादका प्रयास भए पनि सफल भएन।’कांग्रेसको आधिकारिकता सम्बन्धमा उनले थपे, ‘यहा

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २८१ पटक पढिएको
  • यी हुन् गगन र विश्वप्रकाशलाई कारबाही गर्नुका ४ आधारहरू

    इटहरी । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी विधान र अनुशासन उल्लङ्घन गरेको भन्दै ३ नेतालाई कारबाही गरिएको जानकारी दिएका छन्।विश्वकर्माका अनुसार, मुलुक विषम परिस्थितिमा र महाधिवेशनको संघारमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरले विधान विपरीत गतिविधि गरेको ठहर बैठकले गरेको हो।कारबाहीका मुख्य आधार यस प्रकार छन्१. समानान्तर अभ्यास : केन्द्रीय कार्यसमितिको सहमति बिना काठमाडौँमा विशेष कार्यक्रम र भेला आयोजना गरी विधानको गलत व्याख्या गरेको।२. अनधिकृत महाधिवेशन घोषणा : मिति २०८२/०९/२९ मा ‘विशेष

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • १९७ पटक पढिएको
  • राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

    काठमाडौंः कम्मरको अपरेशन गरेर उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको आज दिउँसो निधन भएको छ ।सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए । हाल ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्दै आएका बोहराले वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक जीवन सुरु गरेका थिए ।भीमदत्त पन्त र वि.पी. कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गरेका बोहराले पाँच वर्ष जेल जीवन बिताएका थिए । कञ्चनपुर कांग्रेसको संस्थापक नेता बोहोरा २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएका थिए ।२०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउ

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २४० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल