राजनीति

    Showing ४९१-५०० of ८५८ items.
  • सरकार र दुर्गा प्रसाईंबीच हिजो भएको सम्झौताको यस्तो छ पूर्णपाठ

    काठमाडौंः सरकार तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच हिजो १२ बुँदे सम्झौता भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रसाईंबीच १२ बुँदामा हस्ताक्षर भएको हो ।यस्तो छ सम्झौताको पूर्णपाठःराष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे माग र सवालहरूका विषयमा नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद प्रसाईंबीच सम्पन्न

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २२१ पटक पढिएको
  • यी हुन् आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिनुका कारणहरू

    काठमाडौंः निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ ।आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।आधारहरू:१. ४० प्रतिशत प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था,२. विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि,३. विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नरहेको ।दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको हो ।

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २६४ पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    इटहरी । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा सुरक्षा बढाइएको छ। यसअघि शेरबहादुर देउवा पक्षले तरुण दस्ता खटाएर नियन्त्रणमा राखेको कार्यालयमा अहिले प्रहरी सुरक्षा बढाइएको हो। शुक्रबार साँझदेखि पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ता छैनन्। यसअघि गए राति पनि देउवा पक्षका कार्यकर्ता बास बसेका थिए। तर निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएपछि प्रहरीले पार्टी कार्यालयमा सुरक्षा बढाउँदै कार्यकर्ता खालि गराएको हो।‘अब जसले आधिकारिकता पायो, उसैको हुने होला कार्यालय। हामीले त्यही अनुसार सहजीकरण गर्ने हो। सुरक्षाको वातावरण बनाउने हो। अरु राजनीतिक विष

    • प्रकाशित मितिः माघ २, २०८२
    • २३८ पटक पढिएको
  • नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता , यी हुन मुख्य तीन आधार

    इटहरी । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ ।आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।ती आधारहरू हुन् :१. ४० प्रतिशतले महाध

    • प्रकाशित मितिः माघ २, २०८२
    • २३९ पटक पढिएको
  • कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

    इटहरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका नेता कार्यकर्ताको योगदान चाहिने बताएका छन्।  निर्वाचन आयोगबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले मान्यता पाएपछि उपसभापति शर्माले फेसबुकमार्फत यस्तो बताएका हुन्।‘विशेष महाधिवेशनको विपक्षमा भएका जिल्ला र प्रदेशका सभापतिहरुले पार्टी एकताबद्ध बनाउन केन्द्रमा रहेका नेताहरुमाथि हस्तक्षेप बढाउनुपर्छ । केही साथीहरुले पहिले नै हस्तक्षेप गरिसक्नुभयो । अब तपाईहरु लाग्नुपर्छ । पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ,’  उनले भने।शुक्रबार विशेष महाधिवेशनबाट निर

    • प्रकाशित मितिः माघ २, २०८२
    • १८८ पटक पढिएको
  • देउवा पक्षले आयोगमा बुझायो ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको कागजात

    इटहरी । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको कागजात निर्वाचन आयोगमा बुझाएको छ। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको दुई दिनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगमा ८८५ प्रतिनिधिको हस्ताक्षर फिर्ताको प्रमाण बुझाएको हो।थापा नेतृत्वको कांग्रेसले बिहीबार आधिकारिताको दाबी गर्दै आयोगमा निवेदन दिएको थियो। शुक्रबार कार्यवाहक सभापति खड्काले कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्यसँगै भ्रातृ संगठनसहितको दलबलका सहित आयोग पुगेर हस्ताक्षर फिर्ता लिएको कागजात बुझाएका हुन्। खड्

    • प्रकाशित मितिः माघ २, २०८२
    • १६५ पटक पढिएको
  • राजु पाण्डेले दिए राजीनामा, गगनको क्षेत्रबाट चुनाव लड्ने तयारी

    इटहरी । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको उनले जानकारी दिए ।पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राजीनामा बुझाएपछि भने, ‘मैले राजीनामा दिइसकेको छु ।’पाण्डे काठमाडौँबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । उनले मेयर बालेन शाह जुन पार्टीमा हुनुहुन्छ, सोही पार्टीबाट चुनाव लड्ने बताएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पाण्डे काठमाडौँ-४ बाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ।काठमाडौँ क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा निरन्तर निर्वाचित हुँदै आएका छन् । मे

    • प्रकाशित मितिः माघ २, २०८२
    • २५३ पटक पढिएको
  • कांग्रेस विद्रोहको परकम्प: गगन-विश्वले नयाँ कार्यसमिति बनाएपछि देउवा पक्ष मुख खोल्दै

    इटहरी । नेपाली कांग्रेसबाट गगन थापा समूहले विशेष महाधिवेशन सम्पन्न गरी अधिकारिकता दाबी गरेपछि शेरबहादुर देउवा पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन मार्फत नयाँ कार्यसमिति घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्न लागेका हुन्।पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, आज दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ। उक्त सम्मेलनमा देउवा समूहले पछिल्लो विकसित घटनाक्रम र आगामी कदमबारे स्पष्ट पार्ने बुझिएको छ।के

    • प्रकाशित मितिः माघ २, २०८२
    • २५८ पटक पढिएको
  • कांग्रेस देउवा पक्षले दिउँसो पत्रकार सम्मेलन गर्दै

    इटहरी । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिउँसो २ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको हो ।सम्मेलनमा आन्तरिक किचलो र विशेष महाधिवेशनको बारेमा देउवा पक्षको धारणा राख्ने जनाएको छ । उता महाधिवेशनबाटै नेतृत्व चयन भएको दाबी गर्दै सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगमा अद्यावधिक गर्न भन्दै बिहीबार निवेदन दिइसकिएको छ ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • १८० पटक पढिएको
  • १० हजार रुपैयाँ तिर्दा निर्वाचन आयोगले देशभरको मतदाता नामावली दिने, प्रदेशको मात्रै लिन ५ हजार रुपैयाँ तिर्नुपर्ने

    काठमाडौंः निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा १० हजार रुपैयाँ दिएर देशभरको मतदाता विवरण उपलब्ध गराउने भएको छ । प्रदेशको मात्रै लिनेलाइ ५ हजार र जिल्ला वा निर्वाचन क्षेत्रको मात्रै नामावली लिन ३ हजार रुपैयाँ तिर्नुपर्नेछ ।आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा विवरण उपलब्ध गराइने व्यवस्था गरिएको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा अथवा हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ ।निर्वा

    • प्रकाशित मितिः माघ २, २०८२
    • १७४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल