इटहरी ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए।उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको हो ।रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले भट्टराईसँग उम्मेदवारी फिर्ता लिन आग्रहका गरेका हुन् ।रास्वपाले यो क्षेत्रका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि पनि
इटहरी । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक आज (शुक्रबार) पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्दै छ। गत पुस ३० गते गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य आज पहिलोपटक आफ्नो पार्टी कार्यालय 'बीपी स्मृति भवन'मा प्रवेश गर्ने भएका हुन्। वैधानिकता विवादका कारण यसअघि पार्टी कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नै ओगटिरहेको थियो। थापा सभापति भइसकेपछि तथा माघ २ गते निर्वाचन आयोगले आधिकारिकता दिइसकेपछि पनि देउवा पक्षले माघ ३ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक त्य
इटहरी । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ। सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।पार्टी कार्यालयका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी गराएका छन् । बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि सभापति थापाले सर्लाही-४ मा उम्मेदवारी दर्ता गराएका छन्।गत पुस ३० गते विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृ
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटवार्ता गर्दैछन्। झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि ओली दबाबमा परेका छन्। जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचोकको नमूना कृषि खेतीको सभाहलमा ओलीको कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ। अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले बताए। वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मुड, विकासको अवस
इटहरी । गगन थापा नेतृत्वमा नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्ने भएको छ।गत पुस २७–३० मा काठमाडौँको भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यमितिको बैठक शुक्रबार पहिलोपटक आफ्नै कार्यालयमा बस्ने भएको हो। नवनिर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलोपटक माघ १ गते कुपण्डोलको म्यासेममा बसेको थियो भने माघ २ गते निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएपछि दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको थियो।त्यसपछि शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
इटहरी । प्रतिनिधि सभाको निर्वाचनमा उज्यालो नेपाल पार्टी (उनेपा)ले १२० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। बुधबार बिहानसम्म विभिन्न क्षेत्रबाट उम्मेदवारको विवरण आएको उनेपाका नेता जितराम लामाले बताए। अझै केही क्षेत्रको विवरण आउन बाँकी रहेको लामाको भनाइ छ। उनेपाका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ-३ बाट उम्मेदवार बनेका छन्। उपाध्यक्ष जितराम लामा भक्तपुर-२ बाट उम्मेदवार बनेका छन्।देशका सबै प्रदेशलाई समेटेर उनेपाले उम्मेदवारी दिएको छ। झापा-१ नरेश लावती उम्मेदवार बनेका छन् भने कञ्चनपुर-३ मा भीम कुमालले उम्मेदवारी दिएका छन्। समानुपातिकमा भने उनेपाले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवार दिए
इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । दलको उम्मेदवारी हेर्दा महिला उम्मेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ । यहाँबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।यसमा महिलाको सङ्ख्या शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि मुख्य दलहरूले नै महिला उम्मेदवार सहभागी नगराएका हुन् ।आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुराना र नयाँ दलले मनोनयन दर्ता गरा
इटहरी । आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा रास्वपाबाट १६ जना महिला परेका छन् । एक सय ४८ जना पुरुष उम्मेदवार बनेका छन् ।वैकल्पिक शक्तिका रुपमा उदाएको पार्टीको उम्मेदवार सूचीमा जम्मा ९.७५ प्रतिशत मात्रै महिला प्रतिनिधिले उम्मेदवारी पाए । जुन समतामूलक प्रतिनिधित्वका लागि संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिताको हक अनुरूप छैन । १६५ निर्वाचन क्षेत्रमा महिला र पुरुष गरी जम्मा ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएकोमा जम्मा ३९५ जना महिला उम्मेदवार छन् । जसमा १६० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm.com’ डोमेन लाइभ गरेको छ । यस अघि काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा ‘balenformayor.com’ डोमेन लाइभ गरेको थियो भने अहिले प्रतिनिधिसभाको निर्वाचनमा भाग लिँदै गर्दा प्रधानमन्त्री बन्नका लागि डोमेन लाइभ गरेको पाइएको हो ।डोमेन लाइभ गर्नुले प्रधानमन्त्री बन्ने तयारी गरेको बुझिएको छ । तर नेकपा (एमाले)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापाबाट प्रतिस्पर्धा गरेका शाहले यस अघि कार्यकारी प्रधानमन्त्री बन्ने जस्ता अभिव्यक्ति दिएका थिए । त
इटहरी ।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ। ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन्।विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन दर्ता भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा ओर्लिँदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री संघीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन्।पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्व