लहानः सुनसरीमा आइतबार राति भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शनका क्रममा भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

प्रशासनले अहिले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।