काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१ बाट सिफारिश गरिएको छ ।

क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिश गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । सो क्षेत्रबाट समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्लको नाम सिफारिश भएको बताइएको छ ।

नेपाली कांग्रेसले मोरङको क्षेत्र नम्बर ३ बाट डा. सुनिल शर्मा र मोरङ क्षेत्र नम्बर ६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिश गरेको छ ।