इटहरी । सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा कटौती गरेपछि अब उनको सुरक्षाको जिम्मा पूर्वसैनिक, पूर्वप्रहरी सङ्गठन र एमाले निकट राष्ट्रिय युवा संघ नेपालले लिने भएका छन्।सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था पुनरावलोकन गर्ने क्रममा पूर्व प्रधानमन्त्री ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या घटाएपछि एमालेले यस्तो कदम चालेको हो।

पूर्व सैनिक र पूर्व प्रहरी सङ्गठनका अनुभवी सुरक्षाकर्मीहरूले सुरक्षा घेरामा रहने र युवा संघ नेपालका सदस्यहरूले यसमा आवश्यक सहयोग गर्ने गरी तयारी गरिएको जनाइएको छ। हाल ओली भक्तपुरको गुन्डु तथा प्रचण्ड ललितपुरको हात्तीवन बस्दै आएका छन् । 

यता पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी कटौती गरेपछि पूर्वलाडाकुले सुरक्षा दिन थालेको छ ।वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सुरक्षामा पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएका हुन् ।