राजनीति

    Showing ७४१-७५० of ७८० items.
  • प्रधानमन्त्री प्रचण्ड बेइजिङमा

    बेइजिङ  । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लग

    • प्रकाशित मितिः असोज ७, २०८०
    • १९९ पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौँ ।  आज प्रतिनिधिसभा बैठक बस्दै छ ।  दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ । संसद् सचिव

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १६२ पटक पढिएको
  • कोशीका मुख्यमन्त्री थापाले आज शपथ लिँदै

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ९आज० पद तथा गोपनीयताको शपथ लिँदै छन् । मुख्यमन्त्री थापाले आज बिहान साढे १० बजे  शपथ लिन लागेका हुन् । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।   

    • प्रकाशित मितिः साउन १७, २०८०
    • १४६ पटक पढिएको
  • कोशी प्रदेशबारे बाबुराम भट्टराईको प्रतिक्रिया–मध्यावधिमा जानु उपयुक्त

    काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन् । ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन्,। सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरेपछि गत शुक्रवार सर्वोच्च अदाल

    • प्रकाशित मितिः साउन १४, २०८०
    • १४७ पटक पढिएको
  • हिक्मत कार्कीले आज पुन मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै

    विराटनगर । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेपछि हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको  रूपमा पुन कार्यभार सम्हाल्दै छन् । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुंगले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुत्ती गरेपछि कार्की निवर्तमान भएका थिए । तर सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्त असंवैधानिक भन्दै नियुत्ती बदर गरेपछि अर्को सरकार गठन नभए सम्मका लागि कार्की काम चलाऊ सरकारको मुख्यमन्त्री भएका हुन । 

    • प्रकाशित मितिः साउन १२, २०८०
    • १३२ पटक पढिएको
  • सुन तस्करी प्रकरणबारे एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजे बस्ने तय भएको हो । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका हुन् । आज प्रतिनिधिसभा बैठक पनि बस्दै छ । त्यसअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । संसद भवन बानेश्वरमा बस्ने बैठकले तस्करीको सुन प्रकरणबारे धारणा बनाउँन बैठक बोलाइएको एक नेताले बताए । प्रतिनिधि सभाको बैठक आजै दिउँसो १ बजे बोलाइएको छ ।  

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १२९ पटक पढिएको
  • नेपाली कांग्रेसका सभापति देउवा सुनसरी आउने

    सुनसरी ।  नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेर बहादुर देउवा साउन ६ गते सुनसरी आउने भएको छन् । सभापति शेर बहदुर देउवाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुने भएको हो । .पी कोइराला ४१ औँ स्मृति दिवसको अवसरमा सुनसरी कांग्रेसले जिल्ला सम्मेलन गर्न लागेको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए  । पाटी सभापति शेर बहादुर देउवाले महामानव वि।पी कोइरालाको इनरुवा ९ बबियामा रहेको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम सुनसरी कांग्रेसले तय गरेको छ । सभापति देउवाले सोही दिन जिल्लास्थित कार्यकर्ता हरुसँग भेटघाट गर्ने कार्यक्रमसमेत

    • प्रकाशित मितिः साउन ५, २०८०
    • २१८ पटक पढिएको
  • आज राष्ट्रियसभा बैठक बस्दै

    काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक  बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् । साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख  छ । 

    • प्रकाशित मितिः साउन ४, २०८०
    • १२७ पटक पढिएको
  • आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीक

    • प्रकाशित मितिः साउन २, २०८०
    • ११२ पटक पढिएको
  • प्रतिनिधिसभाको अर्को बैठक साउन १० गते

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ । साउन १० गते बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।आजको बैठकमा अनुचित लेनदेन मिटर ब्याजसम्बन्धी विधेयक “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” सर्वसम्मतिले पारित भएको छ । यस्तै केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रथिनिधि सभामा पेश भएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० प्रस्तुत भएको छ ।

    • प्रकाशित मितिः साउन १, २०८०
    • ११७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल