खेलकुद

    Showing ४३१-४४० of ५७५ items.
  • ग्रीनवूड मार्सेलीमा अनुबन्ध

    एजेन्सी । मासन ग्रीनवूड फ्रेन्च क्लब मार्सेलीमा अनुबन्ध भएका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्डले मार्सेलीसँग २०२९ सम्मका लागि सम्झौता गरेका हुन् । ग्रीनवूडलाई मार्सेलीले ३० मिलियन युरोमा किनेको बताइएको छ ।२२ बर्षीय ग्रीनवुड यौन दुर्व्यबहारको आरोपमा पक्राउ परेकोमा अदालतले सफाई दिएपछि फुटबलमा फर्किएका थिए । तर म्यानचेस्टर युनाइटेडका फ्यानहरुले उनको विरोध गरेपछि उनलाई गत सिजन लोनमा स्पेनिस क्लब गेटाफेबाट खेलेका थिए ।  गेटाफेमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ३६ खेलमा १० गोल समेत गरेका थिए ।

    • प्रकाशित मितिः साउन ३, २०८१
    • २३६ पटक पढिएको
  • ताप्लेजुङमा भदौं ३ गतेदेखि गोल्डकप , बिजेता हुने समुहलाई ३ लाख नगद पुरस्कार

    ताप्लेजुङ । ताप्लेजुङकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई तीन लाख ११ हजार एक सय ११ र उपविजेतालाई  एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।

    • प्रकाशित मितिः साउन ३, २०८१
    • २७६ पटक पढिएको
  • नेपाललाई आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

    इटहरी ।  आइसीसीले नेपालसहित ६ देशलाई आइसीसी डेभलपमेन्ट अवार्ड २०२३ प्रदान गरेको छ । आइसीसीका एशोसियट देशमध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ । ग्लोबल आइसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस, युएई र स्कटल्याण्ड रहेका छन् । जसमा मेक्सिकोले आइसीसी डेभलपमेन्ट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ भने ओमानले १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ । त्यस्तै नेदरल्याण्डसले आइसीसी एशोसियटस मेम्बर म्यान्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ भने युएईले आइसीसी एशोसियटस मेम्बर वोमन्स परफरमेन्स अफ द

    • प्रकाशित मितिः साउन २, २०८१
    • १६६ पटक पढिएको
  • सिरिजको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हरायो

    काठमाडौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट टिमलाई २ रनले पराजित गरेको छ । जारी टी–२० सिरिजको अन्तिम खेलमा नेपालले श्रीलंकाको टिमलाई २ रनले पराजित गरेको हो । नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै ११० रन मात्र बनाएपछि नेपाल २ रनले विजयी भएको हो ।अन्तिम खेलमा नेपाल विजयी भएपनि सिरिज भने श्रीलंकाको डेभलपमेन्ट टिमले २–१ ले जितेको छ । नेपालली महिला टिमले अब जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कप खेल्ने छ ।भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग

    • प्रकाशित मितिः साउन १, २०८१
    • २५७ पटक पढिएको
  • स्पेनले चौंथो पटक जित्यो युरोकप उपाधि

    एजेन्सी । स्पेनले युरोकप–२०२४ को उपाधि जितेको छ । बर्लिनमा गए राति भएको फाइनलमा इङ्ल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो ।दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिएको थियो । खेलको ४७ औ मिनेटमा स्पेनका लागि निको विलियम्सले गोल गरेका थिए । ७३ औं मिनेटमा इङ्ल्याण्डले बराबरी गोल गर्‍यो । मैदान प्रवेश गरेको तीन मिनेटमै कोल पालमरले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।तर, ८६ औं मिनेटमा स्पेनले विजयी गोल गर्‍यो । मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जीत दिलाए । स्पेनले सन् २०१२ पछि उपाधि उचालेको हो । स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो ।स्पेनको यो

    • प्रकाशित मितिः असार ३१, २०८१
    • २१३ पटक पढिएको
  • यामल बने युरोकप–२०२४ को उत्कृष्ट युवा खेलाडी

    एजेन्सी । स्पेनका खेलाडी लामिन यामलले युरोकप–२०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । स्पेनलाई चौंथो पटक युरोकपको उपाधि जिताउन उच्चकोटीको प्रदर्शन गरेका १७ वर्षीय युवा खेलाडी यामलले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।युरो २०२४ मा उनले एक गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए । यस संस्करणको युरोमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत हुन् । उनले प्रतियोगिताभर कूल ५०७ मिनेट खेलेका थिए । जसमा उनले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरेका थिए ।यामलले सेमिफाइनलमा फ्रान्सविरुद्ध उत्कृष्ट गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा उनले स्पेनका लागि बराबरी गोल गर्दै खेलमा फर्काएक

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ४०१ पटक पढिएको
  • फ्रान्समाथि पुनरागमन जित, स्पेन युरो कपको फाइनलमा

    एजेन्सी । फ्रान्समाथि पुनरागमन जित निकाल्दै स्पेन युरो कप-२०२४ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति म्युनिखमा भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ गाेल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि उपाधि नजिक पुगेको हो। पहिलो हाफको नवौँ मिनेटमा फ्रान्सले सुरुवाती अग्रता बनाएको थियो। केलियन एमबाप्पेको क्रसमा रान्डाल कोले मुआनीको गोलमा फ्रान्सले अग्रता बनाएको थियो। तर खेलको २१औं मिनेटमा लामिन यमालको गोलमा स्पेन खेलमा फर्किएको थियो। जारी युरो कपमा उच्च प्रर्दशन गरिरहेका यामालले बक्स बाहिरबाट गरेको शसक्त प्रहारले पोष्टको जाली चुकेको थियो। त्यसको चार मिनेटपछि नै स्पेनले अग्रता द

    • प्रकाशित मितिः असार २६, २०८१
    • २८६ पटक पढिएको
  • आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन सेमिफाइनलमा

    एजेन्सी । आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन युरो-२०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो ।खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए । ५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता स्पेनले बचाउन सकेन। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लेभरकुजनका मिडिफिल्डर फ्लोरियन विर्ट्जले  निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त

    • प्रकाशित मितिः असार २२, २०८१
    • ३८४ पटक पढिएको
  • रोनाल्डोको सपना चकनाचुर, पोर्चुगल पेनाल्टी सुटआउटमा पराजित

     एजेन्सी । आयोजक जर्मनी युरोकप २०२४ बाट शुक्रबार बाहिरिएको छ । स्पेनले अन्तिम आठको खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । अब अन्तिम चारमा स्पेनको सामना फ्रान्ससँग हुनेछ । फ्रान्सले अर्को अन्तिम आठको खेलमा पोर्चुगललाई टाइब्रेकरमा ५–३ ले हरायो ।स्टुटगार्टमा भएको खेलमा स्पेनका लागि मिखेल मेरिनाले अतिरिक्त समयको अन्त्यतिर निर्णायक गोल गरे । गोलरहित बराबरीपछि डानी ओल्मोले ५१ औं मिनेटमा गोल गर्दै  अग्रता दिलाए । तर ८९ औं मिनेटमा जर्मनीका लागि जासुआ किमिचले जर्मनीका लागि बराबरी गोल गरे । यससँगै खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि एक मिनेटको खेल बाँकी

    • प्रकाशित मितिः असार २२, २०८१
    • २२५ पटक पढिएको
  • युरोकप : क्वार्टर फाइनलका खेल आजबाट, जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै

    एजेन्सी । जारी युरोकपमा आज (शुक्रबार) देखि क्वार्टर फाइनलका खेलहरु सुरु हुँदैछन् । आज क्वार्टर फाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुँदैछ ।स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वार्टर फाइनलमा पुगेको हो । त्यसैगरी, जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो । यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै, ९ खेल ब

    • प्रकाशित मितिः असार २१, २०८१
    • २६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल