खेलकुद

    Showing ३३१-३४० of ५७५ items.
  • अन्तर्राष्ट्रिय महिला फुटबल : साम्बाको गोलमा पहिलो हाफमा लेबनानविरुद्ध नेपाललाई अग्रता

    इटहरी । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बिहीबार नेपाल र लेबनानबीच खेल चलिरहेको छ । फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को गोलमा पहिलो हाफमा लेबनानविरुद्ध नेपालले अग्रता बनाएको छ।त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० को अग्रता बनाएको हो । खेलको ४२ औं मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो । विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेवनानले क्लियर गरे पनि त्यसकै रिवाउण्डमा साम्बाको प्रहर लेवनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको हो ।खेलको आठौं मिनेटमा क्रिष्टी मलौफको प्रहार नेपालकी गोलरक्षक एञ्जिाल तुम्बो सुब्बाले

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ३७३ पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट, नेपाल किर्गिजस्तानसँग भिड्दै

    इटहरी । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आज (सोमबार) बाट काठमाडौंमा सुरू हुँदैछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजबाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।आज हुने दुई वटा खेलमध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन् भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले किर्गिजस्तानसँग भिडनेछ, जुन खेल साँझ ५ः३० बजेवाट सुरू हुनेछ।फिफा वरीयतामा किर्गिजस्तान नेपालभन्दा तल छ । हाल किर्गिजस्तानको फिफा वरीयता १२८औं स्थान छ ।किर्गिजस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिजस्तानमै भएको नादेज

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ३९० पटक पढिएको
  • पथरी शनिश्चरे भेट्रान्स फुटबलको उपाधि वडा नं १ लाई

    पथरी - पथरी शनिश्चरेमा सम्पन्न भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ ले जितेको छ। फाइनलमा वडा नं. १ ले वडा नं. ४ लाई ५-४ गोलले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो। प्रतियोगिता देवीगञ्ज फुटबल क्लबको आयोजनामा पञ्चायत माविको खेलमैदानमा सम्पन्न भएको थियो। खेलमा दीपक राईले २ गोल गर्दै टिमलाई जित दिलाए। म्यान अफ द म्याच वडा नं. ४ का रोजिन शिवाकोटी घोषित भए। विजेता तथा उपविजेता टिमलाई नगर प्रमुख मोहन प्रसाद तुम्बापोले नगदसहित ट्रफी प्रदान गरे।

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४९८ पटक पढिएको
  • पथरी शनिश्चरेमा खेलमैदान स्तरोन्नति सम्बन्धी सर्वपक्षीय भेला सम्पन्न

    पथरी - पथरी शनिश्चरे नगरपालिका-१ जाँते मोडस्थित खेलमैदानमा प्याराफिट निर्माणसम्बन्धी सर्वपक्षीय भेला सम्पन्न भएको छ। नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भेलाले खेलमैदान स्तरोन्नति आवश्यक रहेको निष्कर्ष निकाल्दै वन तथा वातावरणीय क्षेत्रमा असर नपर्ने गरी योजना कार्यान्वयन अघि बढाउने सहमति जुटाएको छ। नगरपालिकाले आ.व. २०८१/८२ मा प्याराफिट निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। भेलामा उपप्रमुख देविमाया काफ्ले, पूर्वनगर प्रमुख दिलीपकुमार राई, विभिन्न दलका प्रतिनिधि, खेलाडी, सञ्चारकर्मी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ४०३ पटक पढिएको
  • अर्जुन ट्रफी टी–२० सेमिफाइनलमा न्यु होराइजन बुटवल

    काठमाडौ - सीवाईसी अत्तरियासँग ७८ रनले पराजित भए पनि न्यु होराइजन बुटवल अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न खेलमा अत्तरियाले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रनको बलियो योगफल खडा गर्यो। जवाफमा बुटवलले ८ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो। अब पहिलो सेमिफाइनलमा बुटवलले फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग प्रतिस्पर्धा गर्नेछ, भने दोस्रो सेमिफाइनलमा अत्तरिया र डीसीए धनगढी भिड्नेछन्। प्रतियोगिताको फाइनल माघ २८ गते हुनेछ। विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ।

    • प्रकाशित मितिः माघ २५, २०८१
    • ४२७ पटक पढिएको
  • नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई विदा

    काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ। दुई वर्षे कार्यकाल पूरा गरेका देसाईलाई क्यानले टिमको सफलतामा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएको छ।

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ४८२ पटक पढिएको
  • इटहरीमा दोस्रो एसीयन सुटिङबल च्याम्पियनसिप सुरु, नेपालसहित चार देशको प्रतिस्पर्धा

    इटहरी- सुनसरीको इटहरीमा दोस्रो एसीयन सुटिङबल च्याम्पियनसिप २०२५ भव्य रूपमा सुरु भएको छ। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका खेलाडीहरू पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्। कोशी प्रदेशका मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गर्दै यस्ता प्रतियोगिताले खेलकुद प्रवर्द्धन र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने बताए। नेपालका ४५ खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छन्। प्रतियोगिताले नेपालमा सुटिङबलको विकास र खेल पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ४७३ पटक पढिएको
  • च्याम्पियन्स लिगमा आज १८ खेल, लिभरपुल शीर्षस्थानमा

    एजेन्सी -युरोपेली च्याम्पियन्स लिगमा आज राति १८ खेल हुँदैछन्।लिभरपुल २१ अङ्कसहित शीर्षस्थानमा छ, जबकि बार्सिलोना, आर्सनल, रियल मड्रिड, पीएसजीजस्ता टोली नकआउट चरणका लागि संघर्षरत छन्। सबै खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरू हुनेछन्।

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ५०२ पटक पढिएको
  • बार्सिलोनाको रोमाञ्चक जित: बेनफिका विरुद्ध ५-४ गोलको थ्रिलर

    सुनसरी - बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको रोमाञ्चक खेलमा बेनफिका विरुद्ध ५-४ को उत्कृष्ट जित दर्ता गरेको छ। पहिलो हाफमा बेनफिकाले ३-१ को अग्रता लिए पनि बार्सिलोनाले दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।खेलको सुरुमा नै बेनफिकाले आक्रामक खेल देखाउँदै दुई गोल गर्दै बार्सिलोनालाई दबाबमा राखेको थियो। पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले एक गोल फर्काए पनि बेनफिकाले अर्को गोल थप्दै ३-१ को अग्रता बनायो।दोस्रो हाफमा बार्सिलोनाले आफ्नो शैलीमा फर्किँदै लगातार दुई गोल गर्दै खेल बराबरीमा ल्यायो। खेलको अन्त्यतिर दुवै टोलीले थप गोल गर्दै स्कोरलाई ४-४ मा पुर्‍याए। तर ९०+४ मिने

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ४४६ पटक पढिएको
  • सन्दीप लामिछाने एक खेलका लागि निलम्बित, क्यानले स्पष्टीकरण माग्यो

    इटहरी - जय ट्रफीका क्रममा अम्पायरबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि कारवाही गरिएको छ। क्यानले नियम उल्लंघन भएको भन्दै उनलाई एक खेलका लागि निलम्बित गरेको छ।सन्दीपले क्यानले आयोजना गर्ने आगामी प्रतियोगिताको कुनै एक खेल खेल्न पाउने छैनन्। साथै, उनले उक्त घटनाबारे स्पष्टिकरण दिनुपर्नेछ।

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ४९७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल