खेलकुद

    Showing ३२१-३३० of ५७५ items.
  • एभरेष्ट बोर्डिङ स्कुल बुद्धिचाल च्याम्पियन

    पथरीशनिश्चरे – नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगरसमितिको आयोजनामा सम्पन्न ‘प्रथम अन्तर स्कुल टिम बुद्धिचाल प्रतियोगिता—२०८१’ मा एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुलले उपाधि जितेको छ।९ राउण्डको खेलमा एभरेष्टका सेम्रिल राई, आयुस लिम्बू र सिद्धान्त कन्दङ्वाको टोलीले १७ अंक जोड्दै च्याम्पियन बने। मोरङ मेरिगोल्ड १४ अंकसहित दोस्रो, जबकि बाल जागरण विद्या मन्दिर १३ अंकसहित तेस्रो स्थानमा रहे। प्रतियोगितामा नगरका १० विद्यालयको सहभागिता रहेको थियो। उत्कृष्ट खेलाडीका रूपमा आयुस लिम्बू, सिद्धान्त कन्दङ्वा र कृष्टि राई पुरस्कृत भए। आयोजकका अनुसार प्रतियोगिता प्रत्येक वर्ष निरन्तर गरिनेछ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ७२५ पटक पढिएको
  • पीएम कप : कोशीमाथि आर्मीको शानदार जित, दासले हाने शतक

    इटहरी ।  जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित हासिल गरेको छ । शनिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीले दिएको २३१ रनको लक्ष्य पछाएको आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।आर्मीका लागि तृतराज दासले ११२ रनको शतकीय पारी खेलेका थिए । यस पीएम कपमा बनेको यो दोस्रो शतक हो । यस अघि सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले गण्डकी प्रदेशविरुद्धको खेलमा १२१ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै आर्मीका लागि बसिर अहमदले अविजित ६१ रन बनाएका थिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट

    • प्रकाशित मितिः चैत २, २०८१
    • ६२२ पटक पढिएको
  • वुमन्स डे कप : समूह चरणको अन्तिम खेलमा नेपाल आज हङकङसँग भिड्दै

    काठमाडाैं । युगाण्डामा जारी चार देशीय महिला टी–२० सिरिजमा आज (शुक्रबार) समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।आजको लागि नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहेका छन् ।हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइस

    • प्रकाशित मितिः चैत १, २०८१
    • ६९७ पटक पढिएको
  • ‘वुमेन्स डे महिला टि–२० आई सिरिज’ : नेपालको पहिलो जित, घरेलु टोली युगाण्डा पराजित

    इटहरी । ‘वुमेन्स डे महिला टि–२० आई सिरिज’ अन्तर्गत नेपालले घरेलु टोली युगाण्डामाथि जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । टोलीका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन बनाइन् । स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रनको योगदान दिइन् । नेपालका लागि पुजा महतोले ३ विकेट लिँदा कप्तान इन्दु बर्माले २ विकेट हात पारिन् ।७६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ५८६ पटक पढिएको
  • विराट गोल्डकप: आज त्रिभुवन आर्मी क्लब र मोरङ एफए भिड्दै

    विराटनगर -  विराटनगरमा जारी ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक मोरङ एफएबीच प्रतिस्पर्धा हुँदैछ। सहिद रंगशालामा साँझ ६:३० बजे खेल सुरु हुनेछ।मोरङ एफएले सोमबार सम्पन्न उद्घाटन खेलमा भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। घरेलु मैदानमा आज विभागीय टोली आर्मीको सामना गर्नुपर्ने भएकाले मोरङका समर्थकहरू उत्साहित देखिएका छन्।दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। मंगलबार राति सम्पन्न खेलमा भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध पा

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ४९९ पटक पढिएको
  • विराट गोल्डकपमा कोलकाता लाई पराजित गर्दै मोरङ को संघर्षपूर्ण संघर्षपूर्ण जित

    मोरङ - विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ ले संघर्षपूर्ण जित निकालेको छ। भारतको साउर्थन समिति फुटबल क्लब, कोलकाता लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङ अन्तिम आठमा प्रवेश गरेको हो।रोमाञ्चक खेलको सम्पूर्ण विवरणखेलको ११औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, चार मिनेटमै कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल फर्काए। ३८औं मिनेटमा कोलकाताका अनिमेसले हेडर गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।मोरङ पहिलो हाफमा पछि परे पनि अतिरिक्त १२औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ६४५ पटक पढिएको
  • रमपम विराट गोल्डकप २०८१ : विराटनगरमा फाल्गुन १९ गतेदेखि सुरु हुँदै

    विराटनगर – विराटनगरको साथ फुटबलको विकास" भन्ने नाराका साथ रमपम विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१ को नवौं संस्करण विराटनगरको शहीद रंगशालामा फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना गरिने भएको छ। आयोजक समितिले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएको छ।१० टिमको प्रतिस्पर्धाप्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने छन्, जसमा भारतका २ टिम तथा नेपालका विभागीय टिमहरू सहित ८ टिम सहभागी हुनेछन्। खेल तालिका सार्वजनिक भइसकेको छ।१ करोड ३५ लाख खर्चको अनुमानप्रतियोगिता सम्पन्न गर्न रु. १ करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ। यस प्रतियोगितालाई सफल बनाउन कोशी प्रदेश सरक

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ६४८ पटक पढिएको
  • युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा

    इटहरी । युगाण्डामा आउँदो साताबाट सुरू हुने महिला टी–२० आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा गरिएको छ । टोलीमा सना प्रवीण र रिया शर्मा पहिलो पटक परेका छन् । उनीहरूले यू–१९ विश्वकप खेलेका थिए ।मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एशोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी–२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३–३ खेलको शृंखला खेलेको थियो । नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै शृंखला खेलेको थियो भने हङकङसँग पनि खेलिसकेको छ । ना

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ३४६ पटक पढिएको
  • भद्रपुर झापा गोल्डकप : झापा–११ र भुटानको डागा युनाइटेड भिड्दै

    झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रङ्गशालामा आज अपराह्न हुँदैछ । प्रतियोगितामा झापा–११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा–११ सँगको भेट पक्का गरेको होे । यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ ।

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ३२१ पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र म्यानमार एक खेल अघि नै फाइनलमा

    इटहरी ।नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन् ।अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । लेबनानलाई १–० गोल अन्तरले हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको हो । जितसँगै नेपाल चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।नेपालका लागि सावित्रा भण्डारी (साम्भा) ले खेलको ४२औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तान विरुद्ध पनि १–० कै साँघुरो जित

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ३९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल